कोशी प्रदेश
झापामा २ सय बेडको कोरोना अस्पताल सञ्चालन हुने
विराटनगरः प्रदेश नं. १ मा सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला झापामा २ सय बेडको अस्पताल बन्ने भएको छ । भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा अस्पताल सञ्चालन हुने भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभालाई सोमबार सम्बोधन गर्दै झापामा आइसोलेसन बेड थपेर कोरोना उपचार केन्द्र संचालन गर्ने जानकारी गराएका हुन् । झापामा २ सय बेडको अस्पताल सञ्चालन गर्ने सरकारको तयारी छ ।
तर, कोरोना अस्पताल नागरिक सरोकार समाजले मेचीले अस्पताल सञ्चालनमा आपत्ति जनाउँदै विरोध गरेको थियो । डब्लुएचओको मापदण्डअनुरुप अस्पतालको निर्माण गर्न आग्रह गरिएको बताउँदै समाजका संयोजक भक्त खवासले झापामा अधिक संक्रमित देखिएकाले अब विरोध गर्नुभन्दा पनि सुरक्षित तरिकाले अस्पताल सञ्चालन होस् भन्ने हाम्रो चाहना राखेको बताए । मेची अस्पतालको साटो अलग्गै भवनमा कोरोना अस्पताल बनाए आपत्ति नहुने उनको भनाइ छ ।
संक्रमण फैलिन नहुने र अस्पतालमा आउने विपन्न परिवार सेवाबाट वञ्चित गर्न नहुने आफूहरुको ठहर भएको खवासले बताए । जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण समितिले सर्वपक्षीय छलफलबाटै मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र र जनस्वास्थ्य कार्यालयको तालीम भवनमा पीसीआर परीक्षणको प्रयोगशाला बनाउन निर्णय गरिसकेको छ ।
प्रदेश सांसद श्रीप्रसाद मैनालीले पनि संक्रमितको संख्या बढेसँगै विशेष सेवासहितको उपचार सेवा र परीक्षणको लागि झापामै पीसीआर ल्याब सञ्चालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरेका थिए ।
स्थानीयसँग छलफल नै नगरी एकलौटी ढंगले निर्णय भएको भन्दै स्थानीयले पनि विरोध गरेका थिए । भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारततेन्दुकुमार मल्लिक कोरोना अस्पताल झापावासीका लागि आवश्यक रहेको बताउँछन् । झापाको वस्तुस्थिति बुझ्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार झापा गएका थिए ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login