स्थानीय तह
बिहीबारदेखि इटहरीमा लकडाउन खुकुलो बनाइने
तस्बिरः विकिपिडिया
इटहरीः भोलि बिहीबारदेखि इटहरी उपमहानगरमा लकडाउनलाई खुकुलो बनाई जनजीवनलाई पनि सामान्य बनाउँदै लाने निर्णय भएको छ ।
बुधबार बिहान नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक संस्था र अन्य केही व्यवसायबाहेक अन्य व्यापार र व्यवसाय बिहान १० बजेसम्म खुला गर्ने निर्णय गरिएको हो । लकडाउनको अवधि लामो हुँदै जाँदा व्यवसाय ठप्प भएको हुँदा दैनिक जनजीवन कष्टकर बनको भन्दै जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासन सहभागी भएको बैठकले यस्तो निर्णय गरेको हो ।
सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, खाद्यवस्तु बिक्री गर्ने व्यावसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फन पार्कलगायतका सार्वजनिक स्थलहरु बन्द रहने भएका छन् । रंगशाला, खेलकुद स्थल, फुटसल, शारीरिक सुगठन गर्ने स्थल जिमखाना, फिटनेस सेन्टर, डान्स सेन्टर, सैलुन र ब्युटी पार्लरहरु, होटल, बार, रेष्टुरेण्टहरु बन्द हुने भएका छन् ।
सार्वजनिक जमघट, धार्मिक स्थलहरु, मन्दिर, गुम्बा, मस्जिद, चर्च गुरुद्वारालगायतमा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्न नपाइने भएको छ । स्थानीय प्रशासनबाट पास पाएका बाहेकका सबै प्रकारका यात्रुवाहक सवारी साधन पनि सञ्चालन गर्न नपाइने भएको छ ।
Facebook Comment
Banner
स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिमहलको प्राङ्गण विराटचोकमा वृहत् खुल्ला रक्तदान कार्यक्रम भएको हाे ।
सञ्चालन : केपी घिमिरे
सभापति : दीपक गुरुङ (स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक)
प्रमुख अतिथि : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल
विशिष्ट अतिथि : समाजसेवी ललितबहादुर श्रेष्ठ
विशिष्ट अतिथि : साहित्यकार पुरन राई
विशिष्ट अतिथिहरू क्रमशः नेपाल बडी बिल्डिङ सङ्घका निर्णायक कबिरभगत श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री कुन्ती गुरुङ,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू: मनोज सुवेदी, रिक्की थापामगर, गोविन्द बिशङ्खे,विशाल पौडेल
अतिथिहरू क्रमश: सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घ अध्यक्ष नारायण कार्की, सुन्दरहरैँचा कला साहित्य विकास समिति अध्यक्ष छवि वैरागी घिमिरे, युवा अग्रज समाजसेवी रञ्जन ओझा, मिराजजंग थापा,खगेन्द्र रिजाल, बलु विष्ट, पत्रकार खेमचन्द्र अधिकारी (शिखरबास अनलाइन), कृष्णचन्द्र सुवेदी ( पूर्वी अनलाइन) लगायत खेल र फिटनेस क्षेत्रका करिब ३ दर्जन बढी अतिथिको सहभागिता रहेको थियो।
स्वागत मन्तव्य : जिम सञ्चालक कृष्ण दाहाल।
कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गरेका थिए।
विराटचोक ,मोरङ
Banner
अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय
अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय
कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो।
रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन्। अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए।
Banner
आज – १४ बैशाख २०८१ शुक्रवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अनावश्यक वादविवाद बढ्न सक्छ । पारिवारिक जीवन सामान्य रहनेछ । विद्यार्थीले पढाईमा अलिक बढी ध्यान दिनुपर्ने समय छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login