सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले गरेका मुख्य मुख्य निर्णयहरू प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराएका हुन् । उनका अनुसार, भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको छ ।
जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरि नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको हो ।
बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
त्यस्तै, बैठकले नेपालका हिमनदी बेसिन क्षेत्रमा हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणमार्फत जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।













Pingback: कोरोना संक्रमित भेटिएपछि सुन्दरहरैंचाको विज्ञप्तिः भ्रम नफैलाउनुहोस् - निष्पक्षखबर
Pingback: गोठगाउँमा कोभिड अस्पताल शुरु भयोः मन्त्रालय, भएको छैनः नगरपालिका, धेरै बोल्दिनँः अस्पताल - निष्
Pingback: सुन्दरहरैंचाका संक्रमित यसरी आइपुगेका थिए क्वारेन्टाइनसम्म - निष्पक्षखबर
Pingback: सुन्दरहरैंचामा एकै परिवारका ४ जना कोरोना संक्रमित - निष्पक्षखबर