कोशी प्रदेश
गोठगाउँमा कोभिड अस्पताल शुरु भयोः मन्त्रालय, भएको छैनः नगरपालिका, धेरै बोल्दिनँः अस्पताल
विराटचोकः मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा बनाइएको क्वारेन्टाइनलाई कोभिड अस्पताल बनाइएको छ । तर कोभिड अस्पताल बनाउने निर्णय गर्दा भने समन्वय नभएको पाइएको छ ।
केही सञ्चारमाध्यममा गोठगाउँमा कोभिड अस्पताल सञ्चालन भएको समाचार प्रकाशन र प्रशारण भएपछि यस बारेमा बुझ्दा सम्बन्धित निकायको फरकफरक धारणा पाइएको छ ।
शुरु भइसक्योः सामाजिक विकास मन्त्रालय
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गोठगाउँमा कोभिड अस्पताल शुरु भइसकेको जनाएको छ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको सचिवालयले भने बिहीबार साँझदेखि अस्पताल शुरु भएको बताएको छ ।
‘हिजो साँझबाट त्यहाँ (गोठगाउँमा) सेवा आरम्भ भएको छ,’ घिमिरेका स्वकीय सचिव तिलक बस्नेतले फोन सम्पर्कमा भने, ‘त्यहाँ आवश्यक पर्ने सामग्री मन्त्रालयले पठाइरहेको छ ।’ उनका अनुसार पूर्वाञ्चल विश्वविद्यालयकै जनशक्तिले तत्कालका लागि काम गर्नेछ । उनीहरुलाई आवश्यक तालीम दिने काम पनि आज शुक्रबार हुने उनले बताए ।
गोठगाउँको आइसोलेसनमा १३ जना संक्रमित
बस्नेतका अनुसार गोठगाउँको आइसोलेसनमा १३ जना कोरोना संक्रमित छन् । सुनसरीका ७ जना, झापाका ५ जना र मोरङका १ जनाको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । तत्कालका लागि पूर्वाञ्चल विश्वविद्यालयमा भएको ४५ जनाको जनशक्तिले काम गर्ने र जनशक्ति अभाव भएमा मन्त्रालयले थप जनशक्ति परिचालन गर्ने भएको छ ।
बस्नेतका अनुसार अस्पतालसँग यससम्बन्धी सम्झौता भएको छ । त्यसै अनुसार समग्र व्यवस्थापनको काम हुने गरी सम्झौता भएको उनले जनाए । यसअघि क्वारेन्टाइन बनाइएको भवनलाई नै आइसोलेसन बनाइएको हो । आइसोलेसनमा बसेका सबैको परीक्षण गर्दा नेगेटिभ नतिजा आएकाले उनीहरुलाई घर पठाएर क्वारेन्टाइनलाई आइसोलेसन बनाइएको उनले जानकारी दिए ।
कोभिड अस्पताल सञ्चालन भएको छैनः नगरपालिका
कोभिड अस्पताल सञ्चालन भएको बारेमा भने सुन्दरहरैंचा नगरपालिकालाई जानकारी छैन । नगरप्रमुख, नगरप्रमुखका निजी सचिव र जनस्वास्थ्य शाखा प्रमुखले गोठगाउँमा अस्पताल शुरु भइनसकेको तर शुरु हुने प्रक्रियामा रहेको बताए ।
‘हामीले मुख्यमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइसकेका छौँ । अनुरोध गरिसकेका छौँ । हिजो फेरि सर्वदलीय बैठक बसेर चाँडोभन्दा चाँडो अस्पताल सुचारु गर्ने भनेर निर्णय गरेका छौँ’, मेयर शिवप्रसाद ढकालले भने, ‘पत्र मुख्यमन्त्रीको कार्यालय गइसकेको छ । छिटै कार्यान्वयन गर्ला भन्ने विश्वास छ ।’
झापाका ७ जना संक्रमित पनि ल्याइएको छ भनेर आफूले सुनेको तर त्यसबारेमा बुझ्न बाँकी रहेको उनले बताए ।
यस बारेमा धेरै बोल्दिनँः अस्पताल निर्देशक
अस्पतालमा सेवा शुरु हुने क्रममा रहेको तर आवश्यक सामग्री केही नभएकाले आफू यसबारेमा केही भन्न नसक्ने पूर्वाञ्चल विश्वविद्यालयका अस्पताल निर्देशक विपेश आचार्यले बताए ।
‘हामीसँग पर्याप्त स्वास्थ्य सामग्री छैन,’ आचार्यले भने, ‘अब अफिस गएपछि छलफल हुन्छ सेवा कसरी सञ्चालन गर्ने भन्ने बारेमा । हामीले भनेजस्तो आवश्यक सामग्री मन्त्रालयबाट केही पाइएको छैन ।’

कोरोना संक्रमित भेटिएपछि सुन्दरहरैंचाको विज्ञप्तिः भ्रम नफैलाउनुहोस्
सुन्दरहरैंचाका युवा पनि कोरोना संक्रमित, उनी भारतबाट आएका थिए
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: सुन्दरहरैंचाका संक्रमित यसरी आइपुगेका थिए क्वारेन्टाइनसम्म - निष्पक्षखबर