Connect with us
Advertisement

रोल्पामा पहिलो पटक संक्रमण, २१३ जना संक्रमित थपिए, संक्रमितको संख्या ३४४८

Published

on

विराटचोकः आज थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज रोल्पामा पहिलो पटक संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ जना पुगेको प्रवक्ता डा. देवकोटाले बताए । संक्रमितमध्ये ३ हजार २ सय १२ पुरुष र २ सय ३६ जना महिला छन् ।

आज संक्रमित थप हुनेमा झापाको अर्जुनधाराका २, सुनसरीको इनरुवाका २, मोरङको रतुवामाईका २, विराटनगरकी १ जना महिला, धादिङका १ जना पुरुष, रौतहटका १ जना पुरुष, धनुषाका १ जना र सिरहाका २ जनालगायत छन् । ४ जना महिलासहित २ सय १३ जना संक्रमित थपिएका हुन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – ०८ आषाढ २०८१ शनिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । ठेक्कापट्टा तथा घर जग्गाको कारोबार सफल हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज समय मध्यम खालको रहनेछ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्य सबल रहने छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमाइलो यात्राको सम्भावना पनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ, साथै शेयर बजारले साथ दिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन पनि लाग्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन पनि सक्नेछ, अतः सचेत रहनु होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । ज्ञान र अध्यात्मको भावना बढ्नेछ, तर शेयर बजारको लगानी लाभदायक नहोला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यप्रति सजग रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा पनि हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

सुन्दरहरैंचाको सार्वजनिक सुनुवाईमा नगरवासीको न्यून उपस्थिति, अधिकांश कुर्सी खाली

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आज विराटचोकमा गरेको नगरस्तरीय सार्वजनिक सुनुवाईमा नागरिकको न्यून उपस्थिति न्युन थियो ।अधिकांश कुर्शिहरु खालि देखिन्थे

काठमाडौंको टेक मिडिया हाउस प्रालिको सहजीकरणमा भएको सुनुवाइ कार्यक्रम अन्तर्गत हिजो वडा नम्बर ३, ४, ५ र ६ को सार्वजनिक सुनुवाई भएकोमा आज वडा नम्बर ८, ९, १० र १२ को सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाईमा नगरवासीको उल्लेख्य सहभागिता हुनुपर्ने भए पनि हिजोको सार्वजनिक सुनुवाइमा न्यून उपस्थिति थियो । आजको सुनुवाईमा अधिकांश कुर्सी खाली नै थिए । जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी र सुरक्षा कर्मिसहित आजको सुनुवाइमा ४० जना जतिको उपस्थिति थियो । उपस्थित सर्वसाधारणमध्ये ९ जनाले आफ्ना जिज्ञासा राखेका थिए ।

नगरपालिकाको सार्वजनिक सुनुवाईमा मुख्य रुपमा जनप्रतिनिधि उत्तरदाताको रुपमा सहभागी हुन्छन् । सबैभन्दा बढी जनसंख्या भएको वडा नम्बर १० का जनप्रतिनिधिको उपस्थिति नै थिएन। सोही वडाबाट विजयी कार्यपालिका सदस्य बबिता खापुङ उत्तरदाताको रुपमा नभएर प्रश्नकर्ताको दीर्घामा बस्नुभएको थियो । आफूले जवाफ दिनुपर्ने जिज्ञासा नसोधिएपछि वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ पनि कार्यक्रम नसकिई हिँड्नुभएको थियो ।

Continue Reading

Banner

युरोकप फुटबलमा स्पेनसँग इटाली पराजित, इङ्ल्यान्ड र डेनमार्कको खेल बराबरी

Published

on

युरोकप फुटबलमा स्पेनले इटालीलाई हराएको छ। गएराति भएको समूह ‘बी’ को खेलमा स्पेनले इटालीलाई १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीको २ खेलमा ३ अङ्क मात्र भएको छ ।

यस्तै युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग अङ्क बाँडेको छ । फ्रांकफर्ट एरिनामा गएराति भएको खेलमा इङ्ल्यान्डले डेनमार्कसँग १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो । पहिलो खेलमा सर्बियालाई १–० ले हराएको इङ्ल्यान्डले डेनमार्कसँग भने बराबरी खेलेको हो ।

योसँगै इङ्ल्यान्डको २ खेलमा ४ अङ्क भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अङ्क नै छ भने सर्बियाको १ अङ्क छ । यसअघि हिजै भएको खेलमा सर्बिया र स्लोभेनियाले १–१ को बराबरी खेलेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक