Connect with us
Advertisement

नक्कली मृत्युदर्ता गरी जग्गा पास गर्ने र गराउनेविरुद्ध मुद्दा

Published

on

विराटचोकः नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाई १ कठ्ठा जग्गा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लेटाङ २ मोरङका हरिप्रसाद चम्लागाईँको मृत्युपछि उनकी जेठी पत्नी रेनुका चम्लागाईँले आफ्नो बसोबास नै नभएको ठाउँ झापाको तत्कालीन कोहबरा गाविसमा मृत्यु दर्ता गराई पतिका नामको १ कठ्ठा जग्गा आफ्नो नाममा पास गराएकी थिइन् । २०६४ साल साउन २१ गते हरिप्रसादको मृत्यु भएको थियो । त्यसपछि हरिप्रसादकी जेठी श्रीमत रेनुका र कान्छी श्रीमती हुमादेवी दुवैको संयुक्त दस्तखतमा लेटाङमा हरिप्रसादको मृत्यु दर्ता भएको थियो ।
पछि रेनुकाले कोहबरा गाविसका तत्कालीन सचिव रामप्रसाद न्यौपानेसँगको मिलेमतोमा कोहबरा गाविसमा नक्कली मृत्यु दर्ता गरी दमकको १ कठ्ठा जग्गा आफ्नो नाममा पारेकी थिइन् । सो घटनामा संलग्न रहेको आरोपमा ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियारका अनुसार मृतककी जेठी पत्नी रेनुका, तत्कालीन कोहबरा गाविसका सचिव न्यौपाने, दमक नगरपालिकाका वडा सचिव मोहनप्रसाद ओली र दमक नगरपालिकाका कार्यालय सहयोगी दलबहादुर खत्रीविरुद्ध मुद्दा दायर भएको हो ।
त्यस्तै, सर्जिमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक – १ का स्थानीय महानन्द सापकोटा, राजेन्द्र भन्ने गिरिराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रमेश भन्ने रोमनाथ दाहाल, लक्ष्मीप्रसाद बस्ताकोटी, टंकप्रसाद बजगाईँ र बालकृष्ण न्यौपानेमाथि आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
हेर्नुहोस् अख्तियारको विज्ञप्तिको पूर्ण पाठः
प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२७ गते।
————————————————————-
मोरङ्ग जिल्ला, लेटाङ्ग गा.वि.स. वडा नं. २ घर भएका स्व. हरि प्रसाद चम्लागाईको दुई श्रीमतीहरुमध्ये जेठी रेनुका चम्लागाई र कान्छी हुमादेवी चम्लागाई भएकोमा हरि प्रसाद चम्लागाईको मिति २०६४।०४।२१ मा मृत्यु भएपछि दुवै सौताको संयुक्त दस्तखतमा लेटाङ्ग, मोरङमा मृत्यु दर्ता गराएकोमा जेठी सौता रेनुका चम्लागाईले पुनः जिल्ला झापा, कोहबरा गा.वि.स.का सचिव राम प्रसाद न्यौपानेसँग मिलेमतो गरी नक्कली मृत्यु दर्ता र बसाईसराई बनाई हरि प्रसाद चम्लागाईको नाममा दर्ता रहेको दमक नगरपालिका वडा नं. १ को कि.नं. १८४२३ को क्षेत्रफल ०-१-० जग्गा एकलौटी रुपमा आफ्नो नाममा नामसारी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले देहायबमोजिम भ्रष्टाचारजन्य कसुर गरेकाले देहायबमोजिम सजाय हुन मागदावी लिइएको छ ।
क. कोहबरा गा.वि.स. झापाका तत्कालीन गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले मोरङ जिल्ला लेटाङ गा.वि.स. हाल लेटाङ भोगटेनी नगरपालिका वडा नं. २ बस्ने स्व. हरि प्रसाद चम्लागाईको जेठी श्रीमती रेनुका चम्लागाईसँग मिलेमतो गरी योजनावद्ध रुपमा बदनियतपूर्वक मृत्युदर्ता प्रमाणपत्र र बसाइँसराई प्रमाणपत्र जारी गरी गलत लिखत तयार गरेको पुष्टि हुन आएको देखिंदा निज गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर भएको हुँदा सोही दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
ख. रेनुका चम्लागाईले आफूले लाभ लिने मनसाय राखी दुई ठाउँबाट मृत्युदर्ता गराउने, कोहबरा गा.वि.स.मा बसोबास नै नभएकोमा त्यहाँबाट बसाइँसराई प्रमाणपत्र जारी गर्न र उक्त प्रमाणपत्रहरु दमक नगरपालिका तथा मालपोत कार्यालयमासमेत निजले पेश गरेको देखिंदा बदनियतपूर्वक गलत लिखत तयार गर्न लगार्इ लाभ लिइसकेकाले निज रेनुका चम्लागार्इँले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को कसुरको मतियारको कसुर गरेको देखिएकाले निजलाई सोही ऐनको दफा २२ को प्रतिवन्धनात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐन को दफा ९ को बमोजिम कसुर गर्ने व्यक्ति सरह नै सजाय हुन मागदाबी लिइएको छ ।
ग. दमक नगरपालिकाका तत्कालीन वडासचिव मोहनप्रसाद ओलीले सर्जमिन मुचुल्का गर्न फिल्डमा नगइ कार्यालयमै बसेर रोहबरमा हस्ताक्षर गरेको कुरा निजले बयान गर्दा स्वीकार गरेको हुँदा उक्त सर्जमिन मुचुल्कामा गलत व्यहोरा उल्लेख हुँदा आफ्नो सामुन्ने सर्जमिन नै नगरिएकोमा रोहबरमा बदनियतपूर्वक दस्तखत गरी पेश गरेको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज मोहनप्रसाद ओलीलाई सोही दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
घ. दमक नगरपालिकाका तत्कालीन कार्यालय सहयोगी दल बहादुर खत्रीले रोहबरमा बस्ने वडासचिव समेत फिल्डमा नगएकोमा एक्लै फिल्डमा गई गलत व्यहोराको सर्जमिन गरेकोमा काम तामेल गर्नेमा दस्तखत गरी गलत प्रतिवेदन दिन सहयोग पुर्‍याएको पुष्टि हुन आएको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुरको मतियारको कसुर गरेको देखिंदा निज दल बहादुर खत्रीलार्इ सोही ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
ङ. सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक नगरपालिका वडा नं. १ बस्ने स्थानीय वासीहरु महानन्द सापकोटा,  राजेन्द्र भन्ने गिरीराज  श्रेष्ठ,  चिन्तामणी बुढाथोकी,  रमेश भन्ने रोमनाथ दाहाल,  लक्ष्मी प्रसाद वस्ताकोटी,  टंक प्रसाद बजगाई, बालकृष्ण न्यौपानेसमेत जना ७ ले सर्जमिन मुचुल्कामा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभए नगरेका कुरा लेखाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा निजहरु जम्मा ७ जनालाई सोही दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक