Connect with us
Advertisement

नक्कली मृत्युदर्ता गरी जग्गा पास गर्ने र गराउनेविरुद्ध मुद्दा

Published

on

विराटचोकः नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाई १ कठ्ठा जग्गा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लेटाङ २ मोरङका हरिप्रसाद चम्लागाईँको मृत्युपछि उनकी जेठी पत्नी रेनुका चम्लागाईँले आफ्नो बसोबास नै नभएको ठाउँ झापाको तत्कालीन कोहबरा गाविसमा मृत्यु दर्ता गराई पतिका नामको १ कठ्ठा जग्गा आफ्नो नाममा पास गराएकी थिइन् । २०६४ साल साउन २१ गते हरिप्रसादको मृत्यु भएको थियो । त्यसपछि हरिप्रसादकी जेठी श्रीमत रेनुका र कान्छी श्रीमती हुमादेवी दुवैको संयुक्त दस्तखतमा लेटाङमा हरिप्रसादको मृत्यु दर्ता भएको थियो ।
पछि रेनुकाले कोहबरा गाविसका तत्कालीन सचिव रामप्रसाद न्यौपानेसँगको मिलेमतोमा कोहबरा गाविसमा नक्कली मृत्यु दर्ता गरी दमकको १ कठ्ठा जग्गा आफ्नो नाममा पारेकी थिइन् । सो घटनामा संलग्न रहेको आरोपमा ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियारका अनुसार मृतककी जेठी पत्नी रेनुका, तत्कालीन कोहबरा गाविसका सचिव न्यौपाने, दमक नगरपालिकाका वडा सचिव मोहनप्रसाद ओली र दमक नगरपालिकाका कार्यालय सहयोगी दलबहादुर खत्रीविरुद्ध मुद्दा दायर भएको हो ।
त्यस्तै, सर्जिमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक – १ का स्थानीय महानन्द सापकोटा, राजेन्द्र भन्ने गिरिराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रमेश भन्ने रोमनाथ दाहाल, लक्ष्मीप्रसाद बस्ताकोटी, टंकप्रसाद बजगाईँ र बालकृष्ण न्यौपानेमाथि आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
हेर्नुहोस् अख्तियारको विज्ञप्तिको पूर्ण पाठः
प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२७ गते।
————————————————————-
मोरङ्ग जिल्ला, लेटाङ्ग गा.वि.स. वडा नं. २ घर भएका स्व. हरि प्रसाद चम्लागाईको दुई श्रीमतीहरुमध्ये जेठी रेनुका चम्लागाई र कान्छी हुमादेवी चम्लागाई भएकोमा हरि प्रसाद चम्लागाईको मिति २०६४।०४।२१ मा मृत्यु भएपछि दुवै सौताको संयुक्त दस्तखतमा लेटाङ्ग, मोरङमा मृत्यु दर्ता गराएकोमा जेठी सौता रेनुका चम्लागाईले पुनः जिल्ला झापा, कोहबरा गा.वि.स.का सचिव राम प्रसाद न्यौपानेसँग मिलेमतो गरी नक्कली मृत्यु दर्ता र बसाईसराई बनाई हरि प्रसाद चम्लागाईको नाममा दर्ता रहेको दमक नगरपालिका वडा नं. १ को कि.नं. १८४२३ को क्षेत्रफल ०-१-० जग्गा एकलौटी रुपमा आफ्नो नाममा नामसारी गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले देहायबमोजिम भ्रष्टाचारजन्य कसुर गरेकाले देहायबमोजिम सजाय हुन मागदावी लिइएको छ ।
क. कोहबरा गा.वि.स. झापाका तत्कालीन गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले मोरङ जिल्ला लेटाङ गा.वि.स. हाल लेटाङ भोगटेनी नगरपालिका वडा नं. २ बस्ने स्व. हरि प्रसाद चम्लागाईको जेठी श्रीमती रेनुका चम्लागाईसँग मिलेमतो गरी योजनावद्ध रुपमा बदनियतपूर्वक मृत्युदर्ता प्रमाणपत्र र बसाइँसराई प्रमाणपत्र जारी गरी गलत लिखत तयार गरेको पुष्टि हुन आएको देखिंदा निज गा.वि.स. सचिव रामप्रसाद न्यौपानेले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर भएको हुँदा सोही दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
ख. रेनुका चम्लागाईले आफूले लाभ लिने मनसाय राखी दुई ठाउँबाट मृत्युदर्ता गराउने, कोहबरा गा.वि.स.मा बसोबास नै नभएकोमा त्यहाँबाट बसाइँसराई प्रमाणपत्र जारी गर्न र उक्त प्रमाणपत्रहरु दमक नगरपालिका तथा मालपोत कार्यालयमासमेत निजले पेश गरेको देखिंदा बदनियतपूर्वक गलत लिखत तयार गर्न लगार्इ लाभ लिइसकेकाले निज रेनुका चम्लागार्इँले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को कसुरको मतियारको कसुर गरेको देखिएकाले निजलाई सोही ऐनको दफा २२ को प्रतिवन्धनात्मक वाक्यांशमा उल्लेख भएबमोजिम सोही ऐन को दफा ९ को बमोजिम कसुर गर्ने व्यक्ति सरह नै सजाय हुन मागदाबी लिइएको छ ।
ग. दमक नगरपालिकाका तत्कालीन वडासचिव मोहनप्रसाद ओलीले सर्जमिन मुचुल्का गर्न फिल्डमा नगइ कार्यालयमै बसेर रोहबरमा हस्ताक्षर गरेको कुरा निजले बयान गर्दा स्वीकार गरेको हुँदा उक्त सर्जमिन मुचुल्कामा गलत व्यहोरा उल्लेख हुँदा आफ्नो सामुन्ने सर्जमिन नै नगरिएकोमा रोहबरमा बदनियतपूर्वक दस्तखत गरी पेश गरेको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज मोहनप्रसाद ओलीलाई सोही दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
घ. दमक नगरपालिकाका तत्कालीन कार्यालय सहयोगी दल बहादुर खत्रीले रोहबरमा बस्ने वडासचिव समेत फिल्डमा नगएकोमा एक्लै फिल्डमा गई गलत व्यहोराको सर्जमिन गरेकोमा काम तामेल गर्नेमा दस्तखत गरी गलत प्रतिवेदन दिन सहयोग पुर्‍याएको पुष्टि हुन आएको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुरको मतियारको कसुर गरेको देखिंदा निज दल बहादुर खत्रीलार्इ सोही ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
ङ. सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक नगरपालिका वडा नं. १ बस्ने स्थानीय वासीहरु महानन्द सापकोटा,  राजेन्द्र भन्ने गिरीराज  श्रेष्ठ,  चिन्तामणी बुढाथोकी,  रमेश भन्ने रोमनाथ दाहाल,  लक्ष्मी प्रसाद वस्ताकोटी,  टंक प्रसाद बजगाई, बालकृष्ण न्यौपानेसमेत जना ७ ले सर्जमिन मुचुल्कामा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभए नगरेका कुरा लेखाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा निजहरु जम्मा ७ जनालाई सोही दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक