शिक्षा / स्वास्थ्य
सुकुनाको भर्चुअल कक्षाः शुरुमा प्रभावकारी, पछि कम चासो
विराटचोकः लकडाउनको समय लम्बिँदै जाँदा मोरङको सुन्दरहरैंचामा रहेको सुकुना माध्यमिक विद्यालयले जुम एपमार्फत् भर्चुअल कक्षा शुरु गरेको थियो । सो कक्षा शुरुमा प्रभावकारी भए पनि बिस्तारै कम प्रभावकारी देखिएको विद्यालयले जनाएको छ ।
बैशाखको अन्तिम साता सुकुनाले जुम्स एपमार्फत् कक्षा १० का विद्यार्थीका लागि भर्चुअल कक्षा शुरु गरेको थियो । विद्यालयले प्रत्येक दिन फरकफरक विषयको ४० मिनेटका दरले कक्षा सञ्चालन गर्ने गरेको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीका अनुसार शुरुका २ हप्ता विद्यार्थीको राम्रै सहभागिता थियो । १० कक्षामा प्राविधिक, नेपाली माध्यम र अंग्रेजी माध्यममा गरी ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत भए पनि भर्चुअल कक्षामा ६० जनाको हाराहारीमा विद्यार्थी सहभागी हुने गरेका थिए । हाल २५ जना हाराहारीमा विद्यार्थी सहभागी हुने गरेको उनले जानकारी दिए ।
कक्षा १० का विद्यार्थीका लागि भर्चुअल कक्षा सञ्चालन गर्दा राम्रै सहभागिता देखिएपछि कक्षा ११ र १२ का विद्यार्थीका लागि पनि कक्षा शुरु गरिएको थियो । अहिले १० कक्षाका विद्यार्थीमा भन्दा ११ र १२ कक्षाका विद्यार्थीमा बढी उत्साह देखिएको उनले बताए ।
पहुँचको कमी, पट्यारलाग्दो शिक्षण विधि
विद्यार्थीको आकर्षण कम हुनुमा विद्यार्थीले रमाइलो अनुभव गर्न नपाएको हुन सक्ने गिरीको अनुमान छ । ‘कतिपय अभिभावकसँग इन्टरनेट चल्ने मोबाइल नहुने र कतिपयको घरमा इन्टरनेटको सुविधा नहुने आदि कारणले सबै विद्यार्थी सहभागी हुन सकेका थिएनन्’, फोन सम्पर्कमा गिरीले भने, ‘शुरुमा नयाँ पद्धति भएकाले विद्यार्थी आकर्षित भए पनि आफूले प्रश्न सोध्न नमिल्ने अनि ४० मिनेटसम्म शिक्षकको भनाइमात्रै सुन्नुपर्ने हुनाले विद्यार्थीमा आकर्षण कम भएको हुन सक्छ ।’
विद्यार्थीलाई प्रश्न सोध्ने मौका दिँदा एकै पटक धेरै जनाले सोध्दा आवाज नबुझिने हुनाले प्रश्न सोध्न नमिल्ने गरी पढाउने गरिएको उनको भनाइ छ । विद्यार्थीलाई शिक्षणमा सहज होस् भनेर गरिएको सो शिक्षण सिकाइको शुल्क भने नलिइने गिरीले बताए ।
Facebook Comment
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
Banner
आज विश्वकर्मा मनाइँदै
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login