शिक्षा / स्वास्थ्य
सुकुनाको भर्चुअल कक्षाः शुरुमा प्रभावकारी, पछि कम चासो
विराटचोकः लकडाउनको समय लम्बिँदै जाँदा मोरङको सुन्दरहरैंचामा रहेको सुकुना माध्यमिक विद्यालयले जुम एपमार्फत् भर्चुअल कक्षा शुरु गरेको थियो । सो कक्षा शुरुमा प्रभावकारी भए पनि बिस्तारै कम प्रभावकारी देखिएको विद्यालयले जनाएको छ ।
बैशाखको अन्तिम साता सुकुनाले जुम्स एपमार्फत् कक्षा १० का विद्यार्थीका लागि भर्चुअल कक्षा शुरु गरेको थियो । विद्यालयले प्रत्येक दिन फरकफरक विषयको ४० मिनेटका दरले कक्षा सञ्चालन गर्ने गरेको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीका अनुसार शुरुका २ हप्ता विद्यार्थीको राम्रै सहभागिता थियो । १० कक्षामा प्राविधिक, नेपाली माध्यम र अंग्रेजी माध्यममा गरी ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत भए पनि भर्चुअल कक्षामा ६० जनाको हाराहारीमा विद्यार्थी सहभागी हुने गरेका थिए । हाल २५ जना हाराहारीमा विद्यार्थी सहभागी हुने गरेको उनले जानकारी दिए ।
कक्षा १० का विद्यार्थीका लागि भर्चुअल कक्षा सञ्चालन गर्दा राम्रै सहभागिता देखिएपछि कक्षा ११ र १२ का विद्यार्थीका लागि पनि कक्षा शुरु गरिएको थियो । अहिले १० कक्षाका विद्यार्थीमा भन्दा ११ र १२ कक्षाका विद्यार्थीमा बढी उत्साह देखिएको उनले बताए ।
पहुँचको कमी, पट्यारलाग्दो शिक्षण विधि
विद्यार्थीको आकर्षण कम हुनुमा विद्यार्थीले रमाइलो अनुभव गर्न नपाएको हुन सक्ने गिरीको अनुमान छ । ‘कतिपय अभिभावकसँग इन्टरनेट चल्ने मोबाइल नहुने र कतिपयको घरमा इन्टरनेटको सुविधा नहुने आदि कारणले सबै विद्यार्थी सहभागी हुन सकेका थिएनन्’, फोन सम्पर्कमा गिरीले भने, ‘शुरुमा नयाँ पद्धति भएकाले विद्यार्थी आकर्षित भए पनि आफूले प्रश्न सोध्न नमिल्ने अनि ४० मिनेटसम्म शिक्षकको भनाइमात्रै सुन्नुपर्ने हुनाले विद्यार्थीमा आकर्षण कम भएको हुन सक्छ ।’
विद्यार्थीलाई प्रश्न सोध्ने मौका दिँदा एकै पटक धेरै जनाले सोध्दा आवाज नबुझिने हुनाले प्रश्न सोध्न नमिल्ने गरी पढाउने गरिएको उनको भनाइ छ । विद्यार्थीलाई शिक्षणमा सहज होस् भनेर गरिएको सो शिक्षण सिकाइको शुल्क भने नलिइने गिरीले बताए ।
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login