शेयर
गत साता नेप्सेमा ४ अङ्कको वृद्धि
विराटचोकः गत साता नेप्से परिसूचक ३ दशमलव ९८ अङ्क बढेर १ हजार १ सय ३५ दशमलव ९५ अङ्कमा पुगेको छ । ४ अङ्कले नेप्से बढ्दा लगानीकर्ताको सम्पत्ति पनि ४ अर्ब १४ करोड ३३ लाख रुपैयाँले बढेको छ ।
साताभरमा १ सय ८७ कम्पनीको १ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको ५८ लाख २८ हजार कित्ता शेयर २५ हजार ४ सय ८१ पटक कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
गत साता एनएमबि बैंकको ३ हजार ८० पटकको कारोबार हुँदा ३ अर्ब ३५ करोड ४७ लाख रुपैयाँ बराबरको ८ लाख ९४ हजार ३ सय ८० कित्ता शेयर किनबेच भएको छ । प्रभु बैंकको १ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बराबरको तथा हिमालयन डिष्टिलरीको ९७ करोड ७८ लाख ८२ हजार बराबरको शेयर किनबेच भएको छ ।
Facebook Comment
Banner
दोहोरो अंकले घट्यो नेप्से, कारोबार ८ अर्बमाथि
नेपाल स्टक बजारमा गिरावट आउने क्रम मंगलबार पनि जारी रह्यो। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ८ अंक घटेकोमा मंगलबार थप २०.७५ अंकले घट्दै २६४२.१५ बिन्दुमा झरेको छ। अघिल्लो दिन २६६२.१० अंकमा रहेको सूचक कारोबार अवधिभर नकारात्मक देखिएको थियो।
मंगलबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेका छन्। यस दिन २१४ कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
गिरावटबीच केही कम्पनीको सेयर मूल्य भने उल्लेख्य बढेको छ। सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब ९ प्रतिशतले उकालो लागेको नेप्सेले जनाएको छ।
समूहगत परिसूचकतर्फ पनि अधिकांश सूचक घटेका छन्। बैंकिङ ६.१७, विकास बैंक ६७.३५, वित्त ५२.३४, होटल ८६.७५, जलविद्युत् ५८.१४, लगानी ०.५०, जीवन बीमा ९९.४७, लघुवित्त २४.४४, निर्जीवन बीमा ८२.३४, अन्य १३.४७, उत्पादनमूलक ६७.२६ र होटल समूह ३१.६३ अंकले घटेका छन्। सामूहिक लगानी कोष र व्यापार समूह भने क्रमशः ०.१० र ८.३७ अंकले बढेका छन्।
कारोबार रकम भने ८ अर्बभन्दा माथि पुगेको छ। मंगलबार ३५४ कम्पनीका ८३ हजार ७५ कारोबारबाट २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८ अर्ब ३६ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ।
अघिल्लो दिन सोमबार ३३५ कम्पनीका ८० हजार ५५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको थियो। कारोबार रकमको तुलनामा मंगलबार थोरै वृद्धि भए पनि बजार सूचक भने दोहोरो अंकले घटेको छ।
Banner
९ अंकको वृद्धि संगै सेयर बजार बन्द, कारोबार रकम ११ अर्ब नाघ्यो
साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से झण्डै ९ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ८.९७ अंकले बढ्दै २ हजार ६७१.०७ अंकमा उक्लिएको हो ।
अघिल्ला चार दिनहरुमा प्रायः सबै दिन ऋणात्मक भएको शेयरबजारमा आज अन्तिम कारोबार दिन भने केही सुधार देखिएको हो ।
उसो त आज कारोबार समेत बढेर ११ अर्ब १० करोड २५ लाख रुपैयाँमाथि उक्लिएको नेप्सेले जनाएको छ । अघिल्लो दिन झिनो अंकले नेप्से बढेकोमा ८ अर्ब ६९ करोड २२ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
अन्तिम कारोबार दिन होटल तथा पर्यटन, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।
आज १३९ कम्पनीको शेयर मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । उच्च कारोबार हुनेमा आज न्यादी ग्रुप पावर कम्पनी र एसवाई प्यान नेपाल शीर्ष स्थानमा छन् । न्यादी पावरको ७० करोड ५३ लाख रुपैयाँमाथिको शेयर कारोबार हुँदा एसवाई प्यानलको ४३ करोड ४२ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
Banner
नेप्से सूचक स्थिर, कारोबार रकममा सामान्य वृद्धि
बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक लगभग स्थिर रहेको छ। कारोबारको सुरुवातमा केही बढेको बजार अन्त्यमा ०.०४ अंकले घट्दै २६६२.१४ बाट २६६२.१० बिन्दुमा पुगेको हो।
यसअघि आइतबार १०.२४ अंक, सोमबार २६.०५ अंक र मंगलबार १०.२५ अंकले घटेको नेप्से बुधबार भने झिनो गिरावटमै सीमित भयो। सूचक स्थिरजस्तै रहे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ।
बुधबार १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको बढेको छ। १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन। धेरै कम्पनीको मूल्य घटेकै कारण समग्र सूचकमा सुधार आउन सकेन।
समूहगत सूचकमध्ये वित्त ६.३५, होटल ४७.०७, जीवन बीमा २९.३१, उत्पादनमूलक ४२.५५, लघुवित्त ३.३३, सामूहिक लगानी कोष ०.०७, अन्य ५.७६ र व्यापार समूह ८.७७ अंकले घटेका छन्। यद्यपि बैंकिङ १.४९, विकास बैंक १०.१२, जलविद्युत् १६.७५, लगानी ०.०७ र निर्जीवन बीमा ९.६५ अंकले बढेका छन्।
बुधबार ३२९ कम्पनीका ८२ हजार ४५० कारोबारमार्फत २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ। यो रकम मंगलबारको तुलनामा बढी हो। मंगलबार ३२४ कम्पनीका ८९ हजार ८३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको थियो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login