Connect with us
Advertisement

सडकमा युवाको आक्रोशभित्र लुकेको मनोविज्ञान

Published

on

एक जना सामाजिक अभियानमा रुचि राख्ने युवाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन्, ‘सरकारलाई दबाब दिनुपर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन । सडकमा जानुपर्छ कोको तयार हुनुहुन्छ ?’

लामो लकडाउनबाट निराश, छट्पटीमा परेका र घरभित्रै बस्न बाध्य किशोरकिशोरी तथा युवायुवतीलाई घरबाट बाहिर निस्कने, आफ्नो नैराश्यता र असन्तुष्टि पोख्ने, युवा स्वभावअनुसार क्रान्तिकारीपन देखाउने, सामाजिक कार्य गरेको पनि देखिने र रमाइलो पनि हुने जस्ता कुराले उत्प्रेरित गर्यो । कोरोनाको संक्रमणलाई समेत भुलेर धेरै युवा सडकमा आउन राजी भए । सोसियल मेडियाको पहुँचमा भएका युवामाझ यो सन्देश फैलिन समय लागेन ।

पहिलो पटक उनीहरुले बालुवाटार अगाडि सरकारका सामु आफ्नो असन्तुष्टि पोखे । त्यस कार्यक्रमले चर्चा पायो । निराश जनताले उनीहरुको कार्यको समर्थन गरे । सरकारको विरोध र टीकाटिप्पणी बढेर गयो । यसले उनीहरुलाई थप हौसला मिल्यो । यसैको सिको गर्दै देशका अन्य भागमा पनि विरोध भए ।

अर्को पटकको विरोधमा त सामाजिक दूरीको पनि ख्याल नगरी ठूलो भीड सडकमा आयो । कोरोनाको संक्रमण फैलिएला कि भन्ने भय पनि बढ्यो ।

संसारभरि नै सरकार र जनताबीच हक र अधिकारका विषयलाइ लिएर सधैँजसो टसल परिरहेको हुन्छ । राज्यले सामान्य अवस्थामा त जनतालाई सन्तुष्ट बनाउन सकेको हुँदैन । विपत्तिको अवस्थामा त झन् कठिनै हुन्छ ।

अहिले धेरैलाई बेरोजगार हुने चिन्ताले सताएको छ । मानिसले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । यस्तो अवस्थामा मानिसमा चिडचिडाहट, रिस, उत्तेजना, आक्रोश, राज्य र सरकारप्रति असन्तुष्टि, विरोधी भावना बढेर जान्छ । व्यक्तिले कहिलेकाहीँ उद्दण्ड व्यवहार देखाउने, हल्ला फैलाउने, अरुको बहकावमा लाग्ने, अरूलाई दोष दिने, एकअर्कालाई आरोपप्रत्यारोप गर्ने जस्ता व्यवहार पनि देखाउन सक्छ ।
यस्ता व्यवहार देखाएर आफ्नो डर, त्रास, नैराश्यता छोप्ने प्रयासमा लाग्छ । यस्तो विषम परिस्थितिमा मान्छेको निर्णय लिने क्षमता पनि कमजोर भएको हुन्छ । के गर्ने के नगर्ने सोच्नै सकिरहेको हुँदैन ।

विपत् र दुःखको अवस्थामा नै मान्छेले अरुबेला भन्दा बढी माया र सहानुभूति खोज्ने गर्दछ । जनताले राज्यबाट पनि अझ बढी साथ सहयोगको आशा गर्दछ । अप्ठ्यारो अवस्था र अभावमा जनता चाँडो भड्किन्छन् । उनीहरुलाई भड्काउन सजिलो हुन्छ । उनीहरुको भावनामाथि खेल्नेहरुका लागि त ठूलो अवसर नै हुन्छ ।

संकटको बेलाको मानिसको मनोविज्ञानलाई बुझेर राज्य पनि संयमित हुनु जरुरी हुन्छ । आफ्नो तर्फबाट सक्दो जनताको मागलाई सम्बोधन गर्ने पहल गर्नुपर्छ । जनतालाई आश्वस्त गराउन सक्नुपर्छ । भविष्यप्रति ढुक्क र आशावादी बनाउने काम राज्यले गर्नुपर्छ ।

अहिले विश्व नै कोरोनाको संक्रमणले ठूलो मारमा परेको छ । कतिपय विषयमा हाम्रो समस्यहरु अझै ठूलो हुन सक्छ । सरकारले गरेका थुप्रै काममा हाम्रो विमति होला । हामी असन्तुष्ट हुन सक्छाँै । सरकारका पनि आफ्नै खालका कमीकमजोरी र बाध्यता होलान् । यी सबैका बाबजुद पनि अहिलेको परिस्थितिलाई राजनीतिकरण गरिनु हुँदैन । सरकारका कमजोरीहरुलाई केलाएर मात्र बस्नु हुँदैन । साथ र सहयोग पनि गर्नुपर्छ । विपत्तिसँग सबै मिलेर सामाना गर्ने हो भने मात्र सफल भइन्छ ।

कतिपय अवस्थामा विरोधले मात्र समस्याको समाधान नहुन सक्छ । विरोधको शैली र समय पनि अनुकूल हुनुपर्छ । अहिलेको अवस्थामा सडकमा राखिएका मागहरुलाई सबैले स्वीकारेका छन् । भोको मान्छेको आगामी मीठो व्यञ्जनको कुरा गर्दा कसको मुख नरसाउला र ? तर कोरोनाको संक्रमण तीव्र रुपमा बढिरहेका बेला गरिएको विरोध प्रदर्शनको तरिका र समयलाई भने उपयुक्त मान्न सकिँदैन ।

स्वतस्फूर्त भएका भनिएका यस्ता आन्दोलनहरू सही दिशानिर्देश नपाउँदा खतरनाक पनि हुन सक्छन् । नैतिक जिम्मेवारी कसले लिने भन्ने द्विविधा हुन्छ । नेतृत्वबिनाको जमात हुनाले चाँडै भड्किन सक्ने खतरा पनि त्यत्ति नै हुन्छ । यसमा जोसुकैले सजिलोसँग घुसपैठ गर्न सक्ने ठाउँ पाउँछन् । युवाहरुको अस्तिको आन्दोलनमा पनि घुसपैठ भएको उनीहरुले बताएका छन् । घुसपैठले नै पछिल्लो पटकको विरोध अमर्यादित भएको देखिन्छ ।

भीडको मनोविज्ञान फरक हुन्छ । भीडको आँखा हुँदैन । भीडले विवेक गुमाउन सक्छ । भनिन्छ नि ‘भीडभाडमा जीउ जोगाउनू, अनिकालमा बीउ जोगाउनू ।’ भीडले ज्यान दिन पनि सक्छ । ज्यान लिन पनि सक्छ । पश्चिम रुकुमको दुःखद घटनामा ६ जना किशोरहरुको ज्यान गयो । यो सबै भीडकै मनोविज्ञानको परिणाम हो । अहिले विभिन्न ठाउँहरुमा स्वतस्फूर्त रुपमा गरिएको भनिएका विरोधका कार्यक्रमले पछि गएर कस्तो रुप लिन्छ कसैलाई थाहा छैन । यस्ता अपरिपक्व र योजनाविहीन विरोध कार्यक्रमले पछि गएर दुःखद मोड नलेला भन्न सकिँदैन । यसमा सबै सचेत हुन जरुरी देखिन्छ ।

रुकुम घटनामा पनि कतिपय केटाहरु साथीको साथीमार्फत् बेहुली लिन सघाउने भन्दै एकआपसमा चिनजान समेत नभइकन लहैलहैमा लागेर गएको पाइयो । अहिलेको विरोध प्रदर्शनलाई हेर्दा पनि किशोर किशोरीमा उत्ताउलोपन छ भन्ने उनीहरुले लेखेको नारामा देखिन्छ । धेरै जना लहैलहैमा लागेर आएको हुन सक्छ । उनीहरुले बोकेको प्लेकार्डमा पनि लेखिएछ, ‘म त राम्री केटी हेर्न आ’को ।’

भीडले के बुझ्छ, के गर्छ थाहा हुँदैन। रुकुमको घटनामा पनि त्यति धेरै गाउँले छोटो समयमा कसरी आए ? पूर्व योजना पो थियो कि भन्ने आशंका पनि गरिँदै आएको देखिन्छ । तर भीड जम्मा हुन समय नलाग्न सक्छ । अस्तिको विरोध प्रदर्शनमा पनि यति धेरै जम्मा होला भन्ने कुरा स्वयम् प्रदर्शनको आह्वान गर्नेहरुले पनि अनुमान गरेका थिएनन् । यसलाई देखेर उनीहरु आफैँ चकित परिरहेका छन् ।

तर, अप्रत्यक्ष रुपमा केही पार्टीले सघाइरहेको स्पष्ट देखिन्छ । जुन कुराको ज्ञान उनीहरुलाई नहुन पनि सक्छ । विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमा राजनीतिको ज्ञान कमै देखिन्छ । नेता र राजनीतिक दलहरुलाई भीडको लोभ लाग्छ । प्रदर्शनमा ठूलो मास देखेपछि जनताको आवाज भन्दै केही दलहरुले विज्ञप्ती निकालेर नै समर्थन गरे । प्रदर्शनको नेतृत्व गरेका कतिपय युवाहरुलाई आफ्नो पार्टीमा आउनका लागि निम्ता पनि पठाउन भ्याइसके । जुन कुरा स्वयम् युवाहरुले बताइसकेका छन् । पार्टीहरु यस आन्दोलनलाई आफ्नो बनाउन खोजिरहेका पनि छन् । तर अहिले समय उचित नदेखेर चुप लाग्न बाध्य भएका छन् ।

कोरोना महामारीको बेला खुलेरै पार्टीको झण्डा बोकेर सडकमा आउँदा नैतिक रुपमा पनि अप्ठ्यारो पर्ने, जनतामा पनि नकारात्मक सन्देश जाने भएकाले उनीहरु चुप लाग्न बाध्य भएका हुन् । अन्यथा यसले पार्टीगत रुप लिइसकेको हुने थियो । तर पनि यस परिस्थिति विपरीतको विरोधलाई देखाएर सरकारको आलोचना गर्न छोडेका छैनन् ।

अहिलेको अप्ठ्यारो अवस्थामा सबैले आफूलाई सम्हाल्नु, संयमित हुनु, मिलेर समस्याको समाधान खोज्नु उपयुक्त हुन्छ । अरुलाई भड्काउने, अर्काको भावनामाथि खेलबाड गर्ने कार्यले कसैको हित हुँदैन ।

(लेखक मनोविद् हुन् । मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)

Continue Reading

Facebook Comment

1 Comment

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading

Banner

रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।

त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा

Published

on

जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।

पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।

‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’

ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।

हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।

सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक