Connect with us
Advertisement

सुन्दरहरैंचाको वडा नम्बर १२ मा कृषि आधुनिकीकरण तालीम शुरु, आधुनिक कृषिमा जोड दिनुपर्ने वडाध्यक्षको भनाइ

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा कृषि आधुनिकीकरण कार्यक्रम शुरु भएको छ । १२ नम्बर वडा कार्यालयको आयोजनामा सोमबारबाट शुरु भएको तालीम ३ दिनसम्म सञ्चालन हुने छ । तालीमको उद्घाटन कार्यक्रममा बोल्दै वडा सचिव अनिल पोख्रेलले कृषियोग्य जमिन पछिल्ला दिनमा प्लटिङका कारण सीमित बन्दै गएको अवस्थामा समयानुसार कौसी खेतीतर्फ नागरिकहरु अकर्षित भएकाले यो तालीमले थप ऊर्जा मिल्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले यस्ता धेरै तालीम वडामा सञ्चालन भइरहेको बताए । तालीममा सिकेको ज्ञानको उपयोग गरी समाजमा भएका अन्य व्यक्तिलाई समेत तालीम दिने गरी ज्ञान हासिल गर्नुपर्ने उनको भनाइ थियो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी भइरहेकाले वडाभित्र रहेका सबै क्षेत्रका नागरिकले आगामी वर्ष कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने सल्लाह सुझाव दिन पनि उनले आग्रह गरे ।

वडाध्यक्ष ढकालले परम्परागत कृषिभन्दा आधुनिक खेतीमा जोड दिनुपर्ने बताए । मल, बीउ कसरी प्रयोग गर्ने भन्ने ज्ञानमा कमी भएकाले उत्पादन अपेक्षाअनुसार नहुने भन्दै यस्ता तालीमबाट सक्षम कृषक बन्ने गरी ज्ञान सिक्नुपर्ने उनले बताए ।

तालीमको सहजीकरण सुन्दरहरैंचा नगरपालिकाको कृषि शाखाका प्रविधिक सुदीप भण्डारीले गर्ने भएका छन् । कार्यक्रमको अध्यक्षता सहयोगी संस्था गुडलक एजुकेशन ट्रेनिङ सेन्टर इटहरीका प्रबन्धक वसन्त रेग्मीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य गणेश फुयालले गरेका थिए भने कार्यक्रम सञ्चालन सो सेन्टरका सञ्चालक रेवती निरौलाले गरेका थिए । तालीममा २० जना किसान सहभागी छन् ।

तालीममा फौजी कीरा र सलह कीराको बारेमा आवश्यक ज्ञान दिनुका साथै ती कीराको प्रकोप कम गर्नेसम्बन्धी ज्ञान दिइने भएको छ । मौसमी र बेमौसमी खेती, कौसी खेती, नर्सरी व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण हुने बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक