Connect with us
Advertisement

यी ३१ जिल्लामा थपिए ४ सय ५१ जना कोरोना संक्रमित

Published

on

विराटचोकः नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमित आज फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न ३१ जिल्लामा कोरोना संक्रमित थपिएका हुन् । देशका ७३ जिल्लामा संक्रमण फैलिएको छ ।

मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै संक्रमित रौतहट जिल्लामा १ सय २ जना भेटिएका छन् । त्यस्तै, मोरङमा २२, झापामा १ र सुनसरीमा ३ जना गरी प्रदेश नम्बर १ मा २६ जना संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार दैलेखमा ९३, दाङमा ४३, महोत्तरीमा ३०, सर्लाहीमा २३, सुर्खेतमा १९, पाल्पामा १०, बर्दियामा १६, पर्सामा १०, गुल्मीमा ९ र रुपन्देहीमा १२ जनामा कोरोना पुष्टि भएको छ ।

उता, चितवन, ललितपुर, बारा र कपिलवस्तुमा १\१ जना, रोल्पा, सिरहा, धनुषा, डोटी र काठमाडौंमा ४\४ जना तथा धादिङमा ९ जनामा कोरोना पुष्टि भएको छ । तनहुँ र बाँकेमा ५\५ जनामा तथा अछाममा ३, कैलालीमा ३, प्युठानमा ३, नुवाकोटमा ३ र अर्घाखाँचीमा ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज ३५ जना महिला र ४ सय १६ जना पुरुष गरी ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

४५१ जना थपिए कोरोना संक्रमित

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

युरोकप २०२४ को क्वाटरफाइनलमा स्पेन र जर्मनको महाभिडन्त आज, कस्ले मार्ला बाजि ?

Published

on

जर्मनीमा जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।

युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।

Continue Reading

Banner

भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो

Published

on

भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ।

नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।

Continue Reading

Banner

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित

Published

on

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक