शिक्षा / स्वास्थ्य
क्वारेन्टिनमा बस्नेको संख्या घट्दै, यस्तो छ नेपालमा कोरोना संक्रमणको साप्ताहिक अवस्था (साप्ताहिक तथ्याङ्क ४)
![](https://nispakshyakhabar.com/wp-content/uploads/2020/06/corona-sankraman-saptahik-bibaran-nepal.jpg)
विराटचोकः नेपालमा कोरोना संक्रमणको दर बढ्दै गए पनि भारतबाट आएर क्वारेन्टिनमा बस्नेको संख्या भने घट्दै गएको पाइएको छ । यो तथ्यलाई हेर्दा भारतबाट आउनेको संख्या घट्दै गएकाले र समुदायमा संक्रमण नफैलिएकाले भारतबाट वा अन्य देशबाट थप मानिस नभित्रिएमा कोरोना संक्रमण न्यून हुँदै जाने अनुमान गर्न सकिन्छ ।
गत साता कोरोना संक्रमितको संख्या उच्च दरले बढ्दै गएर ५ हजार ७ सय ६० बाट पुगे ८ हजार ६ सय ५ जना पुगे पनि क्वारेन्टिनमा बस्नेको संख्या भने घटिरहेको छ । समुदायमा संक्रमण नफैलिएको भए यसले कोरोना संक्रमण न्यून गर्न सक्ने देखिन्छ । सरकारले पीसीआर परीक्षणको दर पनि बढाउँदै लगेको देखिन्छ ।
आइतबार १ लाख ४३ हजार ६ सय ४१ जना क्वारेन्टिनमा रहेकोमा शनिबार क्वारेन्टिनमा बस्नेको संख्या घटेर १ लाख २ हजार २ सय ४५ जना रहेको छ ।
औसतमा दिनहुँ ५ हजार हाराहारीमा पीसीआर परीक्षण भएको देखिन्छ । आइतबार १ लाख ३३ हजार ३ सय ७७ नमूनाको पीसीआर परीक्षण भएको थियो । शनिबार सो संख्या १ लाख ६९ हजार १ सय ६५ पुगेको छ ।
एक सातामा नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु, संक्रमितको संख्या दोब्बर (साप्ताहिक तथ्याङ्क २)
Facebook Comment
Banner
विजयीहरुलाई पुरस्कार वितरण र साँस्कृतिक कार्यक्रम गरेर समापन गरियो २०२४ को नोवेल फिस्टा
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/448694126_833581442134825_4925992384528460892_n.jpg)
Banner
युरोकप २०२४ को क्वाटरफाइनलमा स्पेन र जर्मनको महाभिडन्त आज, कस्ले मार्ला बाजि ?
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/449985420_1150734656410310_7643280269404394977_n.jpg)
जर्मनीमा जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।
त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।
Banner
भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/Zika_virus-57cbc9dc40a0a1.56695516_0BJgb7bXpG_m6rmwd652d.jpg)
भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login