कोशी प्रदेश
इटहरीले ल्यायो आ.ब. ०७७÷७८ का लागि १ अर्व ७८ करोडको बजेट
विराटचोकः सुनसरीको इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि १ अर्व ७८ करोडको वजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको उपमहानगरको सातौ नगरसभामा उपप्रमुख लक्ष्मी गौतमले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
नगरसभामा संविधानसभाका सभासद रेवती रमण भण्डारी,प्रदेशसभा सदस्यहरु सर्वध्वज साँवा र लिलम वस्नेतले शुभकामना ब्यक्त गरेका थिए । १ अर्व ७८ करोड कुल विनियोजन मध्ये चालु तर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ १ अर्व ४ करोड ७५ लाख र वित्तीय ब्यवस्था तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । वजेटमा स्वास्थ्य,कृषि,रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ ।
आगामी आर्थिक बर्ष इटहरीको २५बर्षे योजना सहितको विस्तृत गुरु योजना निर्माण गरिने भएको छ । इटहरीमा इन्जिनियरिङ अध्यन गराउने सामुदायिक क्याम्पस स्थापना गर्ने कार्यको सुरुवात गरिने भएको छ । इटहरी अस्पतालको सुधार र स्तरोन्नतीका लागि प्रदेश सरकार र इटहरी उपमहानगरले उल्लेख रकमखर्च गरिने भएको छ । अहिले त्यहाँ ३३ कोठे नयाँअस्पताल भवन निर्माण सुरु भइसकेको छ । ५० बर्षमाथिका जेष्ठ नागरिकको मुटु सुगर लगायतका रोगको निशुल्क परीक्षण गरिने छ । ७५ वर्ष माथिका जेष्ठ नागरिकको सवै प्रकारका रोगको परीक्षण गरिने भएको छ ।
१ हजार विपन्न परिवारको निशूल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । इटहरीलाई कृषिमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम संचालन गरिने जनाइएको छ । इटहरीलार्इ वाँझो जमिनमुक्त क्षेत्र घोषणा गरिने भएको छ । घरेलु ग्रामनिर्माणका लागि १ करोड वजेट विनियोजन गरिएको छ । वहुजातीय संग्राहलय निर्माणकार्यको थालनी गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ । आगामी वर्षमा वहुवर्षे ११ वटा योजना सम्पन्न गरिने छ । ती योजना सम्पन्न हुदाँ ३० किलोमिटर ग्रामिण वाटो कालोपत्रे हुने छन ।
इटहरीमा निर्माण सुरु गरिएको सुरक्षित आवास गृह सेफ हाउस निर्माण सम्पन्न गरिने छ । उपमेयर सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिइएको छ । इटहरी अस्पताल र उपमहानगर क्षेत्रभित्रका वर्थिड सेन्टरमा प्रसुती गराउने महिलाका लागि थप १ हजार रकम प्रदान गरिने कार्यलाई निरन्तरता दिइएको छ । मेयर कप फुटवल प्रतियोगिता र विद्यालय स्तरीय ओलम्पिक खेलकुद प्रतियोगिता गरिने भएको छ । विदेशवाट फर्किएका युवालाई नयाँ रोजगारीका लागि युवा स्वरोजगार कार्यक्रम संचालन गरिने छ । मुसहर वस्ति विकास कार्यक्रमलाई निरन्तरता दिइने छ । यो कार्यक्रममार्फत यस बर्ष ९ घर निर्माण सम्पन्नहुन लागेका छन । अति विपन्न मुसहर परिवारलाई ती घर हस्तान्तरण गरिने भएको छ ।
देशमै नौलो स्मार्ट पार्किड निर्माणका लागि पाँच करोड रकम विनियोजन गरिएको छ । इटहरी चौकमा पृथ्वी आकारको स्मारक निर्माण गरिने छ । इटहरी ९ वीपी चौकमा वीपी कोइरालाको र इटहरी १६ लविपुरमा मदन भण्डारीको शालिग निर्माण गरिने भएको छ ।
सुन्दरहरैंचाले आ.व. ०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख बजेट ल्यायो
Facebook Comment
Banner
सूर्यकुण्ड हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुला
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
Banner
टी–२० शृङ्खलामा अस्ट्रेलियामाथि पाकिस्तानको ऐतिहासिक जीत
अस्ट्रेलियासँगको टी–२० शृङ्खला पाकिस्तानले जितेको छ । पाकिस्तानले लगातार दोश्रो खेलमा अस्ट्रेलियालाई ९० रनले हराउँदै ३ खेलको टी–२० शृङ्खला जितेको हो ।
यो पाकिस्तानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५ ओभर ४ बलमा १ सय ८ रनमा अलआउट भयो । अस्ट्रेलियाका क्यामरुन ग्रीनले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका अब्रार अहमद र शादाब खान समान ३ विकेट लिए । त्यसअघि लाहोरमा गएराति टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।
पाकिस्तानका सलमान आगाले ७६ र उस्मान खानले ५३ रन बनाए । यो जीतसँगै पाकिस्तानले थुप्रै कीर्तिमान समेत बनाएको छ । पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग बनाएको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१८ मा जिम्बाब्वेमा भएको त्रिकोणात्मक शृङ्खलाको लिग खेलमा पाकिस्तानले १ सय ९४ रन बनाएको थियो ।
साथै पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग सबैभन्दा बढी अन्तरले जितेको खेल पनि बनेको छ । यसअघि सन् २०१८ मा युएईमा भएको टी–२० मा पाकिस्तानले ६६ रनले जितेको थियो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रिय खेलको इतिहासमा पहिलो पटक पाकिस्तानका स्पिन बलहरुले सबै १० विकेट लिएका छन् । यी दुई देशबीचको तेश्रो तथा अन्तिम टी–२० खेल लाहोरमै आज नेपालीसमयअनुसार दिउँसो पौने ५ बजे शुरू हुनेछ ।
Banner
डिजेल र मट्टितेलको मूल्य बढ्यो
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ बढाएको छ भने हवाई इन्धनको घटाएको छ । डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर तीन रूपैयाँ बढेको हो ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटेको छ । अब चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३६ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ३८ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर १ सय ३९ रूपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ सय २८ रूपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर काठमाण्डौमा अमेरिकी डलर ९ सय ६६, पोखरामा ७ सय ४५ र भैरहवामा ७ सय ३३ तोकिएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login