कोशी प्रदेश
बेलबारीको बजेट १ अर्व १३ करोड ५६ लाख
विराटचोक ः मोरङकाे बेलबारी नगरपालिकाले आर्थीक बर्ष ०७७÷०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट बिनियोजन गरेका छन । छैटौ नगर अधिबेशन बाट नगरपालिकाले कुल बजेटको चालु कार्यक्रम र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैया र पुजिगत खर्चतर्फ ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैया बिनियोजन गरेको छ ।
नगर अधिबेशनले नगरका गौरवका केहि आयोजनाहरुलाई निरन्तरता दिएको छ भने केहि नयाँ थप गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
निम्न योजनाहरुलाई नगरपालिकाले गौरवका आयोजनाका रुपमा लिएको छ ।
गरिवसँग नगरपालिकालाई निरन्तरता दिदै विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुजिको अभावमा जिविको पार्जन गर्न कठिन भएका ब्याक्तिवा समुहरुलाई उद्यमशिलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार रुपैया बिनियोजन गरीएको छ ।
कोरोनाका कारण बैदेशिक रोजगारीबाट फर्केका ब्याबसायिक सिप र क्षमता भएर पनि ब्याबसायिक उद्यममा नलागेका स्थानिय युवाहरुलाई आफनै भुभिमा परिश्रम र सहकार्य गराउदै युवाहरुलाई स्वरोजगार बनाउनका लागि १ करोड रकम बिनियोजन गरीएको छ ।
बायेर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख बिनियोजन गरेको छ भने नगरपालिकाले ३ महिना भन्दा बढि समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाध्य सुरक्षा विपत सहजताका लागि १ करोडको छुटै ब्यबस्था गरेको छ । एक वडा एक उत्पादन साहकार तुल्याउन प्रत्येक वडाले न्यूनतम ५ लाख रुपैया र वडाले नै फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन २ लाख रुपैयाको बजेटको नगरशभा वाट छुटञयाइएको छ ।
कृषिलाई आधुनिकरण र ब्याबसायिकरण गर्न प्रोत्सान गर्दै नमुना कृषि फर्म संचालन गर्ने, चाक्लाबन्दि खेतिगर्ने, बाझो जग्गा राख्न नपाइने समेत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । पशु स्वास्थ्य लाई प्रभावकारी बनाउनका लागि २२ जनालााई पशु प्राविधिक बनाउने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
नगरपालिकाले आफनो गौरवकै आयोजनाका रुपमा लिभ्रा कम्पनिसँगको सहकार्यमा फोहोरमैला ब्यबस्थापन, २४ करोडको लागतमा बेलबारी कम्पेल्कस, रैझार पुल ,अमना सिसौलि परियोजना, बेलबारी बहुमुखि क्याम्पस, रमिते पर्यटकिय क्षेत्र,उज्यालो बेलबारी कार्यक्रम, धनपालगढि, नगरपालिकाको भवन, सौर्य उर्जा कार्यक्रमलाई लिएको छ ।
समुह तथा सहकारी सँगको सहकार्यमा फलफुलका विरुवा उत्पादन गर्न नर्सरी स्थपना गर्ने नगरशभामा प्रस्तुत भएको निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । निति तथा कार्यक्रममा टिस्युकल्चर ल्यावको स्थपना गरी स्वस्थ बिरुवा उत्पादन गर्ने समेत उल्लेख गरीएको छ ।
स्थानिय मौलिक खानाका प्रजातिहरुलाई उत्पादन प्रबर्धन तथा बजारीकरण र ब्रान्डिङ गर्न पहल गर्ने उल्लेख गरीएको छ । फुल खेतिलाई समेत प्राथामिक्ता दिइएको छ । औपचारीक तथा अनौपचारीक कार्यक्रममा फुलको प्रयोग गर्दै आयातित खदा तथा मालालाई बिस्थापित गर्ने जनाइएको छ ।
सस्कृति तथा पर्यटन तर्फ
धनपालगढि, रमिते, अमना शिशौलि लाई पर्यटिक क्षेत्रको रुपमा विकास गर्न निरन्तारता दिएको छ भने बेलबारी प्रज्ञा प्रतिष्ठान गठन तथा संचालन गरी कला सस्कृति संरक्ष्ण तथा प्रबर्धनमा जोड दिने भएको छ । ।
सामाजिक बिकास तर्फ (शिक्षा)
स्थानिय भाषाको संरक्षण र उत्थान गर्न आदिवासि जनजातिलाई सम्मान गर्दै धिमाल,थारु,चौधरी,राजबशिं,खवास लगायततका अन्य जातिको स्थानिय भाषामा अध्यापन गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । प्रथमजाति, दलित,आदिवासि जनजाति,तथा विपन्न बर्गलाई शिक्षामा पहुच पुर्याउनका लागि छात्रबृतिको ब्यबस्थापन गर्ने , सुन्दर र हरित बेलबारीको अबधारणा सहित हरित बिद्यालय निर्माणका लागि एक बिद्यार्थी एक विरुवा अभियान संचालन गरीने ,सामुदायिक बिद्यालयमा अध्यनरत उत्पिडित असाहय सिमानत्कृत आर्थीक अबस्था कमजोर भएका अलप्सख्यक तथा जेहेृन्दार बिद्यार्थीलाई छात्रबृत्ति कोषको ब्यबस्थापन गर्दै दलित, मुसर,डोम,चमार,मुसलमान,आदि जातिका गरिव बिद्यार्थीहरुलाई गरिवसँग नगरपालिका कार्यक्रममा आबद्ध गराइने निति तथा कायक्रममा उल्लेख गरीएको छ । आगामि बर्षको अन्तसम्मा पुर्ण साक्षर नगरपालिका घोष्णा गर्ने ।
बाल बिकास केन्द्रमा शिक्षण गराउने बालशिक्षिकाहरुलाई शिक्षणमा उत्प्रेरीत गर्न पोसाक भत्तालाई निरन्तरता दिदै खाजा भत्ताको समेत ब्यबस्थापन गरी बिद्यालय कर्मचारीहरुलाई पोसाक भत्ताको ब्यबस्थापन गर्ने ।समुह सुरपरिबेक्षण तथा बिेशषज्ञ बाट २ महनिामा १ पटक बिद्यालय र शिक्षाको कक्षाको अबलोकन गर्ने नगरशभामा जनाइएको छ । एउटा छुटै स्थानिय पाठ्यक्रमको निर्माण गरी आगामि शैक्षिक सत्रदेखी लागुगरीने समेत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
युवा तथा खेलकुद
खेल क्षेत्रलाई आकर्षीत गर्न वडा नगर स्तरीय मेयरकप फुटवललाई निरन्तरता दिदै वडास्तरीय उपमेयरकप संचालन गर्दै एक वडा एक आकर्षक खेल मैदानको नितिअनुरुप हरेक वडालाई खेलकुद जोन तोकिने नगरशभामा बताइएको छ । नगरस्तरीय राष्ट्रिय मापदन्डको रगशाला निर्माण गर्ने कार्यलाई जोड दिदै ाहिला हरुलाई आत्मसुरक्षा गर्न र आत्मविश्वास बढाउन कक्षा ८ देखी १२ सम्म छाज्ञाहरुलाई खेलकुदका माध्यमवाट किसोरी आत्म सुरक्षा कार्यक्रम लागुगरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । युवा बैदेशिक मानसिक्ता पलायनका लागि १ वडा १० युवा एक उद्यम कार्यक्रम संचालन गर्न अवश्यक प्रकृर्या तथा कानुनि आधार तयार गर्ने समेत जनाइएको छ ।
जनस्वास्थ्य
कोभिड १९ को रोकथाम नियन्त्रणका लागि नगरपालिकाले स्थानिय राजनैतिक दल निजि क्षेत्र सुरक्षा निकाय उद्योग वाणिज्यसंघ लगायत अन्य सरोकारवालाहरु लगायत प्रदेश र सघिय सरकारसँग समन्बय गरी सवै प्रकारका उपयुक्त उपायाहरु अबलब्न गर्दै होल्डीङ एरियालाई समेत ब्यबस्थित बनाइने उल्लेख गरीएको छ ।प्रथामिक्ताका आधारमा स्वास्थ्य विमा कार्यक्रमलाई समेत हेरीको छ । स्वास्थ्य विमाका लागि प्रत्येक वडामा ५ लाखका दरले बजेट समेत बिनियाजन गरीएको नगर प्रमुख सुवेदीले बताउनु भयो । ११ वटै वडामा आफनै भवन बाट स्वास्थ्य सेवा प्रदान गर्ने समेत नगरपालिकाले लक्ष्य लिएको छ केहि वडाहरुमा समेत स्वास्थ्य संस्थाको भवनहरु बनिरहेका छन ।
१५ शैयाको अस्पताल स्वास्थ्यमा सुधारका लागि नेपाल सरकारको निति अनुरुप नगर क्षेत्रमा एक अस्पताल निर्माणका लागि चालु अब देखीनै सघिय सरकार सँग गरीदै आएको पहल नतिजामा पुर्याउन बिशेष पहल गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
सबै स्वास्थ्य चौकि बाट आधारभत ल्याव संचालनमा ल्याई एउटा आधुुनिक ल्याव समेत स्थपना गर्दै नगर क्षेत्रको वर्थीङ सेन्टरमा सुत्केरीहुने महलिाहरुको लागि शिशु स्याहार भत्ता बापत प्रति सुत्केरी ५ हजार उपल्बध गराइने नगरशभामा ल्याइएको निति तथा तथा कायक्रममा उल्लेख छ ।
नगरपालिका क्षेत्रभित्र असाह्य वा बेबारीसे ब्यात्तिको मृत्यु भएमा निजको दाहाँसंकार नगरपालिकाले गर्ने तथा शब बहान समेत यसै आव बाट संचालनमा लाइने भएको छ । सर्पदश उपचार केन्द्र स्थपना गरी संचालन गर्दै नगरपालिका स्तरीय फिजियो थेरापि सेन्टर स्थपना गरीने जनाइएको छ ।
५ प्रकृतिका विरामीलाई दिदै आएको सुविधालाई निरन्तरता नगरपालिकाले दिएको छ ।
शहरीपुर्वधार बिकास भवन तथा अवाश
बिपन्नलाई छानो जस्तापाता कार्यक्रमलाई प्राथमिक्ता दिएको छ ।सार्वजनिक यातायातको ब्यबस्थापनका लागि बसपार्क निर्माण कार्यलाई प्राथमिक्ता दिइ सुरवात गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । सडक करिडोर (रिङरोड) निर्माण कार्यको सम्भाब्ता अध्यन गर्ने कार्यकको थालनि गर्दै नगरपालिकाको स्वामित्तोमा रहेका जग्गाहरुमा आन्तरीक आयबृद्धिका लागि ब्यापारीक कम्पलेक्स निर्माण गर्ने कार्यलाई थालनि गरीने उल्लेख गरीएको छ । प्रदेस सरकार सँग साझेदारी गरी शित भन्डार तथा आधुनिक बधशाला निर्माण गरीने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । नगर क्षेत्रभित्रका सार्वजनिक स्थान चौकहरुमा खानेपानि धाराहरु तथा सार्वजनिक शौचालयहरु निर्माण जनाइएको छ ।
मुल सडक, वडा कार्यालय जोडने तथा वाक्लो आवतजावत जोडने सडकहरुको स्तरउन्नती साथै ग्रामणि कृषि सडक सुधार कार्यक्रमलाई निरन्तरता दिइने समेत उल्लेख गरीएको छ ।
खानेपानि उर्जा ब्यबस्थापन
नगरपालिकाले उज्यालो बेलबारी संचालन गरी घरधुरी सर्वेक्षणका आधारमा अतिबिपन्न परिवारलाई अध्यारोमुत्त बनाउने निति लिएको छ । ठुला प्रकृतिका सिचाइका पुर्वधार बिकास,डिपबोरीङ,स्यालो ट्युवेल जस्ता पुर्वधार विकासका लागि संघ र प्रदेश सरकार सँग समन्य गर्ने समेत नगरशभामा पेश गरीएको निति तथा कार्यक्रममा उल्लेख छ ।
२१ वटा सिमसारका रुपमा चिनिएको बेलबारीले नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न ताल पोखरी र सिमसार क्षेत्रहरुको संरक्षण गरी त्यसलाई पर्यटकिय गन्तब्य स्थल बनाउने तथा ब्याबसायिकरुपमा प्रबर्धन समेत गर्ने निति नगरपालिकाले लिएको छ ।
बन बातावरण तथा बिपद ब्यबस्थापन
निजि क्षेत्रको सहकार्यमा सडकको दुवैतर्फ वातावरण संरक्षण,हरीयाली प्रबर्धन तथा नगरको सौन्दर्य कायम गर्न बृक्षारोपण कार्यक्रम मार्फत सफा र हराभरा सडक, स्वच्छ नगरअभियान संचालन गर्ने तथा पानिको स्रोत मुहान, पोखरी, तलाउ ऐतिहासिक सांस्कृतिक तथा धार्मीक सम्पदा एवंम जैविक बिबिधताको संरक्षण गर्ने समेत निति तथा कार्यक्रममा उल्लेख छ ।
आगलागिबाट हुने क्षती न्यूनिकरणका लागि प्रभावकारी दमकल सेवाको संचालन र ब्यबस्थापन गरीने तथा बिपद न्यूनिकरण र ब्यबस्थाका लागि सबेदनशिल रहेका चिस्याङ,लोहोन्द्रा केसलिया, बेताना, सिसौलि, किस्ती, दार्लोकना ,कयर खोला, गयल खोला लगायतका सवै खोला खोल्सीहरुमा तटबन्धन र वायोइन्जिनियरिङ प्रबिधिलाई जोड दिने जनाइएको छ ।
सुन्दरहरैंचाले आ.व. ०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख बजेट ल्यायो
Facebook Comment
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login