Connect with us
Advertisement

धनकुटामा स्वास्थ्य बीमा कार्यक्रम शुरु, स्वास्थ्य बीमा ५७ जिल्लामा

Published

on

विराटचोकः सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम धनकुटा जिल्लामा पनि शुरु भएको छ । बुधबार धनकुटामा यो कार्यक्रम शुरू भएसँगै ५७ ओटा जिल्लामा कार्यक्रम सञ्चालन भएको छ ।

साँगुरीगढी गाउँपालिकाको डाँडाबजार, धनकुटा नगरपालिका र हिले बजार गरी ३ स्थानमा कोभिड १९ लाई समेत मध्यनजर गरेर सामाजिक दूरी कायम गरी कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ, पाख्रीबास नगरपालिकाकी उपप्रमुख देवकला पौडेल, स्वास्थ्य बीमा बोर्ड प्रदेश १ का संयोजक तथा स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँका प्रशिक्षक लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता प्रदेश १ का संयोजक दुर्गाप्रसाद आचार्यले गरेका थिए । देशका सबै नागरिकलाई स्वास्थ्यमा सहज र सरल पहुँच पुर्याउने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२÷०७३ मा कैलाली जिल्लाबाट स्वास्थ्य बीमा शुरु गरेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आजदेखि फेरि हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना

Published

on

हिजो सफा रहेको मौसम आजदेखि फेरि बदली हुने भएको छ । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरु, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरु तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग लगायत  सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुनको योबेला दिउँसोपछि हावाहुरीसमेत चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । भोलि र पर्सि पनि धेरै ठाउँमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।

जलवायुविज्ञ उज्जवल उपाध्यायले भोलि बेलुकीदेखि पर्सि बिहानसम्म पहाडीमार्गमा यात्रा नगर्न, पूर्वाधार निर्माण तथा उच्चहिमाली भूभागमा पदयात्रा स्थगन गर्न सुझाव दिनुभएको छ ।

Continue Reading

Banner

ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Published

on

ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।

उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।

Continue Reading

Banner

समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने

Published

on

प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् ।  आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक