कोशी प्रदेश
संसद कोषबाट सञ्चालन भएका सुन्दरहरैंचाका योजनाको नेकपाद्वारा अनुगमन
विराटचोकः प्रदेश र संघीय सरकार संसद कोषबाट सञ्चालन भएका योजनाको शनिबार अनुगमन गरिएको छ । मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत सुन्दरहरैचा नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भइरहेका केही योजनाको नेकपाले अनुगमन गरेको हो । नेकपा जिल्ला कमिटी सचिवालय सदस्य नवराज चापागाईको संयोजकत्वमा अनुगमन गरिएको हो ।

प्रदेश सांसद राजकुमार ओझामार्फत् सांसद विकास कोषमार्फत् सञ्चालित योजनाहरुमध्ये वडा नम्बर १० मा नवोदय मार्गमा टायल बिछ्याउने कार्य, गैरीटोल हुँदै बासुकी ताल जाने बाटो एजिङ, हेभेन लिपात भवन निर्माण, मुनालचोक हुँदै संगम मार्ग जाने बाटोमा एजिङ, रिन्छेन छ्योलिङ बौद्ध गुम्बा निर्माणको अनुगमन गरिएको थियो ।

यसैगरी, संघीय संसद भानुभक्त ढकालमार्फत् संसद विकास कोषबाट सञ्चालित योजनाहरु हरैंचामोड उत्तर हुँदै वरपिपल चौक जाने बाटो कालोपत्रे, ६७ लाख, उपमन्यु धर्मशाला निर्माण, २० लाख, प्रदेश सरकार भौतिक पूर्वाधार विकास तर्फको भानुमार्ग देखि उत्तर सयपत्री मार्ग एजिङ ग्राभेल, ४९ लाख, गौरीशंकर मन्दिर सामुदायिक भवन, बाघझोडा–विश्वबिधालय जाने बाटो कालोपत्रेको अनुगमन गरिएको थियो । यस्तै, प्रदेश सरकार पर्यटन, मार्फत् ५० लाखमा निर्माण भइरहेको बासुकी रिचार्ज पोण्ड निर्माण, तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत सुकुना खोला तटबन्धन, प्रदेश सरकार सामाजिक मन्त्रालय तर्फको चण्डेश्वरी स्कुल, बाल निर्माण, आदिवासी जनजाति भवन, १० लाख, आरती सामुदायिक भवनलगायतका विकास योजनाहरुको अनुगमन गरिएको हो ।

वडा नम्बर ९ मा प्रदेश सांसद विकास कोषबाट सञ्चालित काली मन्दिर निर्माण तथा मर्मत, बुुधबारे–आइतबारे खण्ड कालोपत्रे, संघीय सांसद विकास कोषबाट जनता मा.वि. भवन निर्माण, तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत बुधबारे बजार टहरा निर्माण, र प्रदेश सरकार सिचाइँ डिभिजनद्वारा निर्माणाधीन खदम जुडी सिँचाइ योजनाको अनुगमन गरिएको हो ।
यसैगरी वडा नम्बर ११ मा प्रदेश सांसद विकास कोषमार्फत् सञ्चालित त्रिपुरेश्वर मन्दिर शौचालय निर्माण, प्रदेश सरकार मार्फत निर्माण भइरहेको जयनगर– कर्जुना ढल निर्माणको पनि १ अनुगमन गरिएको छ ।

अनगुमनपछि प्रदेशसभा सदस्य राजकुमार ओझाले सञ्चालन हँुदै गरेका कुनै योजनाको २० प्रतिशत भने कुनैको ८० प्रतिशतसम्म काम सम्पन्न भएको बताए । कतिपय योजनाहरु सञ्चालनको अन्त्यतर्फ आउँदा लकडाउन भएको र केही योजना शुरु हुनासाथ नै लकडाउन भएकाले काममा केही बाधा परे पनि समयमै काम सम्पन्न हुने सांसद ओझाले बताए । आगामी वर्षका लागि बजेट विनियोजन गरिएकाले थप योजनाहरु ल्याउने उनको भनाइ थियो ।
कोभिड १९ का कारण र बर्खा लागेकाले सम्पन्न हुन बाँकी योजना असोजपछि सञ्चालन गर्न प्रदेश सरकारसँग समन्वय गरिरहेको समेत ओझाले बताए ।
अनुगमन समितिका संयोजक चापागाईले सुन्दरहरैंचामा प्रदेश र संघले जनताका आवश्यकता र अपेक्षालाई पूरा गर्न सञ्चालन गरेका योजना महत्वपूर्ण भएको बताए । योजनाका सकारात्मक कुरालाई उजागर गर्दै बजारमा चलेका नकारात्मक हल्लालाई चिर्नका लागि अनुगमन गरिएको उनले बताए ।
अनुगमनमा सुन्दरहरैंचा नगरपालिका उपमेयर धनमाया तामाङ, नेकपा प्रदेश कमिटी सदस्य लक्ष्मी फुँयाल, राजकुमार कार्की, वडाअध्यक्ष राजेन्द्रबहादुर थापा, रोशनप्रसाद ढकाल, बिसनलाल चौधरी , नेकपा सुन्दरहरैचा सम्याेजक केदार गुरागाई, कार्यपालिका सदस्य तारा घिमिरे लगायत उपस्थित थिए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login