कोशी प्रदेश
संसद कोषबाट सञ्चालन भएका सुन्दरहरैंचाका योजनाको नेकपाद्वारा अनुगमन
विराटचोकः प्रदेश र संघीय सरकार संसद कोषबाट सञ्चालन भएका योजनाको शनिबार अनुगमन गरिएको छ । मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत सुन्दरहरैचा नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भइरहेका केही योजनाको नेकपाले अनुगमन गरेको हो । नेकपा जिल्ला कमिटी सचिवालय सदस्य नवराज चापागाईको संयोजकत्वमा अनुगमन गरिएको हो ।

प्रदेश सांसद राजकुमार ओझामार्फत् सांसद विकास कोषमार्फत् सञ्चालित योजनाहरुमध्ये वडा नम्बर १० मा नवोदय मार्गमा टायल बिछ्याउने कार्य, गैरीटोल हुँदै बासुकी ताल जाने बाटो एजिङ, हेभेन लिपात भवन निर्माण, मुनालचोक हुँदै संगम मार्ग जाने बाटोमा एजिङ, रिन्छेन छ्योलिङ बौद्ध गुम्बा निर्माणको अनुगमन गरिएको थियो ।

यसैगरी, संघीय संसद भानुभक्त ढकालमार्फत् संसद विकास कोषबाट सञ्चालित योजनाहरु हरैंचामोड उत्तर हुँदै वरपिपल चौक जाने बाटो कालोपत्रे, ६७ लाख, उपमन्यु धर्मशाला निर्माण, २० लाख, प्रदेश सरकार भौतिक पूर्वाधार विकास तर्फको भानुमार्ग देखि उत्तर सयपत्री मार्ग एजिङ ग्राभेल, ४९ लाख, गौरीशंकर मन्दिर सामुदायिक भवन, बाघझोडा–विश्वबिधालय जाने बाटो कालोपत्रेको अनुगमन गरिएको थियो । यस्तै, प्रदेश सरकार पर्यटन, मार्फत् ५० लाखमा निर्माण भइरहेको बासुकी रिचार्ज पोण्ड निर्माण, तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत सुकुना खोला तटबन्धन, प्रदेश सरकार सामाजिक मन्त्रालय तर्फको चण्डेश्वरी स्कुल, बाल निर्माण, आदिवासी जनजाति भवन, १० लाख, आरती सामुदायिक भवनलगायतका विकास योजनाहरुको अनुगमन गरिएको हो ।

वडा नम्बर ९ मा प्रदेश सांसद विकास कोषबाट सञ्चालित काली मन्दिर निर्माण तथा मर्मत, बुुधबारे–आइतबारे खण्ड कालोपत्रे, संघीय सांसद विकास कोषबाट जनता मा.वि. भवन निर्माण, तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत बुधबारे बजार टहरा निर्माण, र प्रदेश सरकार सिचाइँ डिभिजनद्वारा निर्माणाधीन खदम जुडी सिँचाइ योजनाको अनुगमन गरिएको हो ।
यसैगरी वडा नम्बर ११ मा प्रदेश सांसद विकास कोषमार्फत् सञ्चालित त्रिपुरेश्वर मन्दिर शौचालय निर्माण, प्रदेश सरकार मार्फत निर्माण भइरहेको जयनगर– कर्जुना ढल निर्माणको पनि १ अनुगमन गरिएको छ ।

अनगुमनपछि प्रदेशसभा सदस्य राजकुमार ओझाले सञ्चालन हँुदै गरेका कुनै योजनाको २० प्रतिशत भने कुनैको ८० प्रतिशतसम्म काम सम्पन्न भएको बताए । कतिपय योजनाहरु सञ्चालनको अन्त्यतर्फ आउँदा लकडाउन भएको र केही योजना शुरु हुनासाथ नै लकडाउन भएकाले काममा केही बाधा परे पनि समयमै काम सम्पन्न हुने सांसद ओझाले बताए । आगामी वर्षका लागि बजेट विनियोजन गरिएकाले थप योजनाहरु ल्याउने उनको भनाइ थियो ।
कोभिड १९ का कारण र बर्खा लागेकाले सम्पन्न हुन बाँकी योजना असोजपछि सञ्चालन गर्न प्रदेश सरकारसँग समन्वय गरिरहेको समेत ओझाले बताए ।
अनुगमन समितिका संयोजक चापागाईले सुन्दरहरैंचामा प्रदेश र संघले जनताका आवश्यकता र अपेक्षालाई पूरा गर्न सञ्चालन गरेका योजना महत्वपूर्ण भएको बताए । योजनाका सकारात्मक कुरालाई उजागर गर्दै बजारमा चलेका नकारात्मक हल्लालाई चिर्नका लागि अनुगमन गरिएको उनले बताए ।
अनुगमनमा सुन्दरहरैंचा नगरपालिका उपमेयर धनमाया तामाङ, नेकपा प्रदेश कमिटी सदस्य लक्ष्मी फुँयाल, राजकुमार कार्की, वडाअध्यक्ष राजेन्द्रबहादुर थापा, रोशनप्रसाद ढकाल, बिसनलाल चौधरी , नेकपा सुन्दरहरैचा सम्याेजक केदार गुरागाई, कार्यपालिका सदस्य तारा घिमिरे लगायत उपस्थित थिए ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login