विश्व
सार्कका कोरोना संक्रमितमध्ये ५ लाख ४६ हजार निको, ४ लाख ४६ हजारको उपचार हुँदै
![](https://nispakshyakhabar.com/wp-content/uploads/2020/05/Saarc-logo.jpg)
विराटचोकः दक्षिण एशियाली सार्क राष्ट्रमा कोरोना संक्रमितको संख्या १० लाख १८ हजार ५ सय ६८ जना पुगेको छ । तीमध्ये ५ लाख ४६ हजार ८ सय ६३ जना निको भएका छन् । ४ लाख ४६ हजार ५ सय २५ जनाको उपचार भइरहेको छ । उपताररत्मध्ये ११ हजार ७ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार आज असार १८ गते बिहान ७ बजेसम्ममा सार्कका राष्ट्रमा यस्तो छ कोरोना संक्रमणको अवस्थाः
Facebook Comment
Banner
युरोकप २०२४ को क्वाटरफाइनलमा स्पेन र जर्मनको महाभिडन्त आज, कस्ले मार्ला बाजि ?
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/449985420_1150734656410310_7643280269404394977_n.jpg)
जर्मनीमा जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।
त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।
Banner
भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/07/Zika_virus-57cbc9dc40a0a1.56695516_0BJgb7bXpG_m6rmwd652d.jpg)
भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।
Banner
रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login