समाचार
सभामुख र प्रमुख प्रतिपक्षीसँग सल्लाह नगरी संसद अधिवेशन अन्त्य हुँदै
काठमाडौंः सरकारले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी संसदको चालु अधिवेशन अन्त्य गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी संसद सचिवालयलाई गराएकी छिन् । संसद अधिवेशन अन्त्यका विषयमा सभामुख सापकोटासँग छलफल नै नभएको बताइएको छ ।
नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बेला सरकारले संसदको बिजनेस ख्याल नगरी अन्त्यको सिफारिश गरेको हो ।
मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता समेत गरेका थिए । संसद अधिवेशन वैशाख २६ गते शुरु भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि सल्लाह नगरी अधिवेशन अन्त्य भएकाले कांग्रेस पनि रुष्ट भएको छ ।
Facebook Comment
Banner
वराहक्षेत्र नगरपालिकाको स्थापना दिवसमा रक्तदान, १३९ पिन्ट रगत सङ्कलन
पालिकाको दशौं स्थापना दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
चक्रघट्टीस्थित नगरपालिकाको कार्यालय परिसरमा भएको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।
हिजो बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
Banner
आज पनि पानी पर्ने सम्भावना
काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हिजो बेलुकी र राति हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली र वर्षा भएको हो ।
आज पनि कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
Banner
झापामा रुखले किचेर किशोरीको मृत्यु
गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login