Connect with us
Advertisement
Advertisement

 सिद्धकुमाख गाउँपालिकाका वडाध्यक्षले पदबाट राजीनामा दिएर शुरु गरे शिक्षण पेशा

Published

on

सल्यानः कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको सिद्धकुमाख गाउँपालिकामा १ जना वडाध्यक्षले पदबाट राजीनामा दिएर प्रावि तहको स्थायी शिक्षक भएका छन् ।

वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहमा अध्यापन गर्न थालेका हुन् । गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको तर्फबाट निर्वाचित उनले प्राथमिक तहको खुला कोटामा मुस्ताङबाट नाम निकालेका थिए । उनी र तत्कालीन नेकपा एमालेका उम्मेद्वार देवेन्द्र रोकाले बराबर मत पाएपछि गोलाप्रथा हुँदा बुढामगर विजयी भएका थिए ।

यस विषयमा थप जानकारी लिन गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेसँग सम्पर्क गर्दा वडाध्यक्षमा अधिकार नभएको भन्दै उनले राजीनामा दिएको बताए । आगामी दिनमा राजनीतिमा नफर्किने बरु शैक्षिक गुणस्तर सुधार्न लाग्ने बुढामगरले बताएको चलाउनेले अध्यक्ष बताए ।

बुढामगरको फोन नम्बर ९८१२८१०३३२ मा सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

Continue Reading

Facebook Comment

21 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जाजरकोट भूकम्पमा परी १ सय ३३ जनाको मृत्यु

Published

on

सुर्खेतः जाजरकोटमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लगिएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

Continue Reading

Banner

नलगाढ नगरपालिकाकी उपप्रमुखसहित ६३ जनाको भूकम्पका कारण मृत्यु

Published

on

सुर्खेतः शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।

उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको पुष्टि भएको हो ।

उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।

Continue Reading

Banner

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प

Published

on

सुर्खेतः शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुस गरिएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको छ । भूकम्पपीडितको उद्दारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक