स्थानीय तह
प्रधानमन्त्री रोजगार अन्तर्गत इन्द्रपुर स्वास्थ्य चाैकी परिसरमा वृक्षरोपण
विराटचोकः प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुन्दरहरैंचा वडा नम्बर १२ ले वृक्षरोपण गरेको छ ।
इन्द्रपुर स्वास्थ्य चौकीको परिसरमा धुपी, समी, साइक्रस, आँप लगायत अन्य विभिन्न प्रजातिका ५५ वटा बिरुवाहरु रोपिएको छ । सोमबार वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । रोजगार कार्यक्रममा सहभागी हुन सो वडामा १७ जनाले फारम भरेका थिए ।
५ दिनसम्म काम गरेका उनीहरुले दैनिक ५ सय ५० रुपैँया प्राप्त गर्ने भएका छन् । वडा कार्यालयले कोभिड १९ को महामारीमा राहत पाउने परिवारलाई प्राथमिकताका साथ यो रोजगार कार्यक्रममा समावेश गरिएको वडा सचिव अनिल पोख्रेलले बताए ।

कार्यक्रममा वडाध्यक्ष ढकालले सो स्वास्थ्य संस्थामा वार्षिक ३८ हजार सेवाग्राहीहरु आउने र बिरामी भएर उपचार गराउन आउँदा पहिले फोहोर, झाडी भएकोले स्वास्थ्य संस्थालाई हराभरा स्वच्छ बनाउन यो कार्यक्रम गरिएको बताए । स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा विकास गर्न पहल भइरहेको उनको भनाइ थियो ।
स्वास्थ्य चौकीका प्रमुख लिलामणि दाहालले स्वास्थ्यजस्तो संवेदनशील ठाउँमा जस्तोसुकै बिरामी आए पनि सुन्दर रमणीय ठाउँ देखेर शान्त महसुस हुने बताए ।

नगरपालिकामा रोजगार कार्यक्रम वडा नं. ४, ६, ७, १० र १२ नम्बर वडामा सञ्चालन भएको थियो । वडा कार्यालय बाट सिफारिस भई रोजगार सेवा केन्द्रमा सूचीकृत भएका ८२ जना बेरोजगारहरुलाई रोजगारी प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक दिनेश घिमिरेले बताए ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रमहरुमा पर्याप्त संख्यामा थप रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनावद्ध ढंगले तिनीहरुको कार्यान्वयन गर्ने प्रबन्ध गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको उनले बताए ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login