Connect with us
Advertisement

सुन्दरहरैंचाको स्वागतयोग्य निर्णयः एक वडा, एक प्राविधिक (नामसहित)

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले एउटा स्वागतयोग्य काम गरेको छ । नगरपालिकाका कर्मचारीको आन्तरिक सरुवामा यस पटक भने प्राविधिकलाई समेत वडामा पठाउने निर्णय भएको छ । ‘एक प्राविधिक, एक वडा’को अवधारणाअनुसार सबै वडामा प्राविधिक खटाउने निर्णय भएको हो ।

यस विषयमा सुन्दरहरैंचा वडा नम्बर ३ का वडाध्यक्ष जीवनप्रसाद ढुंगानाले नगरले स्वागतयोग्य काम गरेको बताए । धेरै अघिबाट प्राविधिकसहितको सेवा दिन नगरवासीले गरेको आग्रह यसपटक पूरा भएको उनको भनाइ छ । निर्णय स्वागतयोग्य भएको र कार्यान्वयन भएपछि नगरवासीले निर्णयको स्वागत गर्ने उनले बताए ।

यस्तै वडा नम्बर ३ मा सबै महिला कर्मचारी मात्र पठाएकोमा भने उनले असन्तुष्टि व्यक्त गरे । सचिवदेखि कार्यालय सहायकसम्म महिला हँुदा दैनिक काम गर्न असहज हुने भएकाले यो विषयमा नगरले सोच्नुपर्ने ढुंगानाको भनाइ छ ।

नगरपालिकाले साउन ५ गते तोकेको जिम्मेवारीअनुसार वडा नम्बर १ मा सब इञ्जिनियर प्रदीप राईलाई खटाएको छ । वडा नम्बर २ मा खड्ग बस्नेत, वडा नम्बर ३ मा सूचित मगर, वडा नम्बर ४ मा श्रीनारायण तबदार, वडा नम्बर ५ मा इश्वरजंग कार्की र वडा नम्बर ६ मा कुमार बस्नेतलाई खटाइएको छ ।

त्यस्तै, वडा नम्बर ७ मा कुशलराज निरौला, वडा नम्बर ८ मा भरोसा खतिवडा, वडा नम्बर १० मा सुनिल तिम्सिना, वडा नम्बर ११ मा अम्बिका गुरागाई, वडा नम्बर १२ मा अ.सब इन्जिनियर रोशनी कार्कीलाई जिम्मेवारी दिइएको हो । वडा नम्बर९ मा भने कसैलाई पनि जिम्मेवारी तोकिएको छैन । मन्त्रालयबाट समायोजन भइसकेकाले केही दिनमै वडा नम्बर ९ मा भने प्राविधिक पठाइने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाईले जनताको सहजताका लागि वडामा प्राविधिक पठाइएको र योजनाका काम गर्न सहज हुने बताए । यसभन्दा अघि एक जना प्राविधिकलाई २÷३ वडाको जिम्मा दिइँदै आइएकोमा अहिले सबै वडामा पुग्ने प्राविधिक भएकाले ‘एक वडा एक प्राविधिक’को व्यवस्था गरिएको चापागाईंले बताए । यसले विकास निर्माण प्रक्रियामा धेरै सहज हुने उनको भनाइ छ ।

कर्मचारीको जिम्मेवारी पनि हेरफेर
योसँगै नगरपालिकाले अन्य कर्मचारीको समेत जिम्मेवारी हेरफेर गरेको छ । अब न्यायिक समिति, विपद व्यवस्थापन शाखा, फाहोरमैला व्यवस्थापन तथा नगर प्रहरी व्यवस्थापनको जिम्मा सिजन श्रेष्ठलाई दिइएको छ ।

यसैगरी सामाजिक शाखामा सानुबाबु राई, राजस्व उपशाखामा वासुदेव अधिकारी र तुलसा भट्टराई, प्रशासन शाखामा वासुदेव सुवेदी र अनिल पोख्रेल, बस्ती विकास तथा घरनक्सा उपशाखामा विजयराज श्रेष्ठ, जिन्सी सहायकमा नवराज पोख्रेल तथा योजना प्रशासन शाखामा तीर्थराज घिमिरेलाई जिम्मा दिइएको छ ।

सबै वडा सचिव परिवर्तन
यसैगरी सबै वडा सचिवसमेत परिर्वतन गरिएको छ । वडा नम्बर १ मा सन्तोष अधिकारी, वडा नम्बर २ मा तिलकप्रसाद ढकाल, वडा नम्बर ३ मा लक्ष्मी भट्टराई, वडा नम्बर ४ मा रुद्रबहादुर श्रेष्ठ, वडा नम्बर ५ मा इन्द्रकुमार राई, वडा नम्बर ६ मा सावित्री खड्का, वडा नम्बर ७ मा रामप्रसाद आचार्य, वडा नम्बर ८ मा गुणनिधि दाहाल, वडा नम्बर ९ मा फडिन्द्र भट्टराई, वडा नम्बर १० मा कृष्णबहादुर दाहाल, वडा नम्बर ११ मा रामप्रसाद रेग्मी र वडा नम्बर १२ मा निर्मला गौतमलाई वडा सचिवको जिम्मेवारी दिइएको छ ।

क्रमचारी-सरुवा

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक