Connect with us
Advertisement

भोलिदेखि सार्वजनिक यातायात चलाउन व्यवसायी र मजदुर सहमत

Published

on

विराटचोकः सरकारले यातायात व्यवसायी र मजदुरका माग सम्बोधन गरेको भन्दै भोलि साउन ८ गतेदेखि सार्वजनिक यातायात सुचारु गर्न व्यवसायी र मजदुर सहमत भएका छन् ।

यातायात श्रमिकहरुको सामुहिक कोरोना बीमाको लागि सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत प्रिमियम तिरिदिने भएका छन् । श्रमिकको मृत्यु कोरोनाका कारणले भएमा क्षतिपूर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न यातायात व्यवस्था विभाग मार्फत् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइने भएको छ । यातायात श्रमिकका लागि आवश्यक पर्ने मास्क, स्यानिटाइजर आदिको व्यवस्थापन भने यातायात व्यवसायीले नै गर्ने गरी निर्णय भएको छ ।

सरकारसँग सहमति भएपछि व्यवसायीले पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात चलाउन व्यवसायी सहमत भएको जनाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले संयुक्त विज्ञप्ति निकाली साउने ८ गतेदेखि सवारी साधन चल्ने जनाएका छन् ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठः

६ साउन २०७७
सयुक्त प्रेस विज्ञप्ती
आदरणीय पत्रकार मित्रहरु
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तिनवटा ट्रेड युनियनहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघको तर्फबाट तपाईहरुलाई हार्दिक स्वागत गर्दछौं । हाम्रा संयुक्त अभियानका सन्देशहरुलाई तपाईहरुको लोकप्रिय सञ्चार माध्यमबाट सम्प्रेषण गरी पुर्याउनु भएको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

कोभिड १९ को माहामारी नियन्त्रणका लागि भन्दै नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि सुरु गरेको लकडाउनको असर सर्वत्र छ । सबै भन्दा गम्भिर असर यातायात व्यवसायी र यातायात श्रमिकहरुलाई परेको छ । महामारीका कारण देशको अर्थतन्त्रको जग मानिएको यातायात क्षेत्र धरासायी बनेको छ । यातायात श्रमिकहरु र आश्रित परिवारमा आर्थिक संकट उत्पन्न भएको छ । यस्तो वेला महामारीबाट जोगिनु छ । लगानीको सुरक्षा गर्दै व्यवसायी र श्रमिकलाई राहतको अनुभूति समेत दिलाउनु छ । यही उदेश्यका साथ यातायात व्यवसायी र श्रमिकहरुको समस्याहरुको सम्बोधन गर्दै । उनीहरुको स्वास्थ्य र सुरक्षाका आधारभूत विषयहरुको व्यवस्था गर्दै काम गर्ने वातावरण बनाउन सरकारसंग आग्रह गरेका थियौं ।

महासंघ र तिनवटै ट्रेड युनियनहरुका अध्यक्षहरु रहेको चार सदस्यीय कार्यदल गठन गरेर व्यवसायी र श्रमिकहरुका आधारभूत समस्या सहितको १३ बुंदे ध्यानाकर्षण पत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको पत्रकार मित्रहरुमा जानकारी नै छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड), नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्ठराई तथा संसदको बिकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का लगायतका सरोकारवाला निकायहरुमा हाम्रा गम्भिर समस्याका विषयहरु बारे ध्यानाकर्षण गराएका थियौं ।

लकडाउन पछि सार्वजनिक सवारी साधन सञ्चालन विधि र प्रकृयाका बारेमा सरोकारवालाहरुसंग छलफल चलिरहेको र बिकास तथा प्रविधि समितिले यातायात व्यवसयाी र श्रमिकले उठाएका विषयहरु अत्यावश्यक रहेकाले तत्काल सम्बोधन गर्न सरकारलाई दिईसकेको अवस्थामा सरकारले २०७७ असार २६ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने अकस्मात निर्णय गरेपछि सर्वत्र अन्यौलता उत्पन्न गरायो । सार्वजनिक सवारी सञ्चालन विधि, श्रमिकहरुको स्वास्थ्य र सुरक्षा, यात्रुहरुको सुरक्षा बारे छलफल नै नगरी सवारी सञ्चालन गर्ने सरकारको निर्णयका कारण अन्यौलता कायमै रहेको अवस्थामा गठित कार्यदलको प्रयासमा वातावरणलाई सहज बनाउने काम भएको जानकारी गराउदछौं ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको २०७६ साल चैत्र देखिकै प्रयास र कार्यदल बनिसकेपछि ट्रेड युनियनहरुको समेत संयुक्त प्रयासमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा यातायात व्यवसयाी तथा स्वरोजगार श्रमिकहरुको समस्याहरुलाई सम्बोधन गरेको छ । हामीले निरन्तर उठाउदै आईरहेको बैंक किस्ताको पुनरतालिका र पुनरकर्जा जस्ता विषयहरु मौद्रिक नीतिमा समेटिएकाले नीतिको स्वागत गर्दछौ र यस अवसरमा सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । नीतिको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायी र स्वरोजगार श्रमिक मैत्री कार्यविधि आउनेछ भन्ने आशा गर्दछौं ।

आदरणीय पत्रकार मित्रहरु :
मिति २०७७ साल साउन ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत यातायात व्यवस्था विभाग र कार्यदलको बैठक सम्पन्न भएको छ । विभागमा महानिर्देशक गोगनवहादुर हमालको कार्यकक्षमा भएको छलफलले निम्न निर्णयहरु गरेको जानकारी गराउदछौं ।
निर्णयहरु :

१. यातायात श्रमिकहरुको समुह कोरोना बिमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धीत व्यवसायीले ५० प्रतिशत विमाङक रकम व्यहोर्ने गरी सम्पूर्ण श्रमिकहरुको बिमा गरिदिने ।

२. यातायात श्रमिकहरुको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपुर्ति उपलव्ध गराउने गरी सरकारको तर्फबाट कोषको स्थापना गर्न विभाग मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने ।

३. लकडाउन पछि सार्वजनिक सवारी साधन सञ्चालन गर्न सवारी तथा यातायात व्यवस्था ऐनमा व्यवस्था भएको छोटो, मध्यम र लामो दुरीमा सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागले पहल गर्ने ।

४. सार्वजनिक सवारी साधनमा काम गर्ने यातयात श्रमिकहरुलाई आवश्यक पर्ने (मास्क, पन्जा, स्यानीटाईजर, पीपीई) लगायतका स्वास्थ्य सामग्रीहरु सम्बन्धीत व्यवसायीहरुले व्यवस्था गर्ने ।

५. नेपाल सरकारको निर्णय बमोजिम सार्वजनिक सवारी साधन सञ्चालनका लागि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड र अन्य व्यवस्थापकिय तयारी गरी महासंघका सम्पूर्ण सदस्य कम्पनी, प्राली, व्यवसायी तथा स्वरोजगार श्रमिकहरुलाई आगामी साउन ८ गतेदेखि सेवा सञ्चालन गर्न अनुरोध गर्ने ।

पुनश्च :
क. कोभिड १९ लाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको भाडा दरमा साना, मझौला, ठुला सबै प्रकारका सार्वजनिक यात्रुवाहक सवारी साधन जोरविजोरका आधार सञ्चालन गर्न सबैलाई अनुरोध छ ।

ख. कोरोना बिमाका लागि श्रमिकहरुको विवरण तयार गर्न आवश्यक भएको हुंदा श्रमिकहरुको विवरण संघ संगठनको शिफारिसमा सम्बन्धीत कम्पनी प्रालीहरुले एक हप्ताभीत्र केन्द्रीय कार्यदलको कार्यालय नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा अनिवार्य रुपमा पठाउनु पर्ने छ ।
ग. सबै जिल्ला र प्रदेशहरुमा सोही बमोजिमको कार्यदल (केन्द्रीय कार्यदलको संरचना अनुसार) गठन गरी जानकारी केन्द्रीय कार्यदलमा विवरण पठाउन समेत अनुरोध छ ।

धन्यवाद :
यस अभियानमा हामीलाई सहयोग पु¥याउनु हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड), नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्ठराई, संसदको बिकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, अर्थ मन्त्रालयका सचिव शीशीर ढुङगाना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनवहादुर हमाल, राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ठ, राष्ट्र बैंकका निर्देशक पदम रेग्मी लगायतलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

साथै, हाम्रा समस्या समाधानका लागि सम्माननीय प्रधानमन्त्रीको कार्यालयलाई पत्राचार गरी हाम्रा अभियानमा एक्यवद्धता जनाउनुहुने अन्तराष्ट्रिय यातायात मजदुर महासंघ(आईटिएफ) बेलायतका महासचिव स्टेफेन कटनप्रति कार्यदलको तर्फबाट आभार व्यक्त गर्दछौं ।
हार्दिक धन्यवाद सहित

योगेन्द्रनाथ कर्माचार्य
अध्यक्ष
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

धर्मराज भण्डारी
अध्यक्ष
नेपाल यातायात मजदुर संघ

रामचन्द्र कार्की
अध्यक्ष
अखिल नेपाल यातायात मजदुर संघ

भीमज्वाला राई
अध्यक्ष
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि

Published

on

गत मंगलबार झापाकाे चारकाेसे क्षेत्रमा मृत भेटिएकाे हात्तीलाई तिन राउन्ड गाेली हानेर मारेकाे पुस्टी भएकाे छ ।   मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ, उहाँले भन्नुभयो । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उहाँले जनाउनु भएको छ ।

हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो । धेरै भित्र गोली पसेकाले झिक्न सकिएन, राईले भन्नभयो । कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन, उहाँले जानकारी दिनुभयो । हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।

Continue Reading

Banner

लिभरपुल युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरियो

Published

on

 युरोपा लिग फुटबलमा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ।

गएराति दोस्रो लेगमा एटलान्टालाई १–० ले हराए पनि लिभरपुलले सेमिफाइनलमा प्रवेश गर्न सकेन। लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे।

जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो। गएराति नै भएका अन्य खेलमा मार्से, रोमा र लेभरकुजनले पनि अन्तिम चारमा स्थान बनाए। मार्सेले बेनफिकालाई १–० ले हराएपछि २–२ को बराबरीमा रह्यो र टाइब्रेरमा ४–२ ले विजयी रह्यो।

रोमाले एसी मिलानलाई २–१ ले हराएर समग्रमा ३–१ को जित निकालयो। यस्तै लेभरकुजनले वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–१ को जित दर्ता गर्‍यो।

Continue Reading

Banner

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटियो

Published

on

सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए। शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक