अपराध
घुस लिँदालिँदै वडा अध्यक्ष पक्राउ
बिराटचोक : मोरङको जहदा गाउँपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग इटहरीको टोलीले आज पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ घुस बापतको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।
Facebook Comment
Banner
बालेन र रविलाई गाली गरेर भिडिओ बनाएका युट्युबर पक्राउ
सामाजिक सञ्जालमार्फत सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ निवासी सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन पोखरेललाई शुक्रबार नियन्त्रणमा लिइएको हो। उनले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भिडियो सामग्री सार्वजनिक गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतमाथि अपमानजनक शब्द प्रयोग गरेको आरोप छ।
प्रहरीका अनुसार पोखरेलले फेसबुक, इन्स्टाग्राम तथा युट्युब च्यानलमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गर्दै आएका थिए। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।
जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै साइबर अपराधसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
Banner
त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ
प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा सिन्धुलीका राजकुमार राई, सर्लाहीका सूर्य माझी, मकवानपुरका मंगलमान घलान, विश्व मोक्तान, अजय लामा, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेमकुमार मगर, खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, धनुषाका वीरेन्द्र झा र सिरहाका लडा मिया रहेका छन् । यस्तै, मोरङका पर्शुराम राई, धनुषाका रघुवीर साह, महोत्तरीका सरोजकुमार महतो, रामेछापका सन्तु तामाङ, बझाङका रामप्रसाद जोशी र विमलराज जोशी छन्। एसपी भट्टराईका अनुसार उनीहरुले विमानस्थल क्षेत्रमा यात्रुहरुलाई जबरजस्ती तान्ने, प्रलोभनमा पारी आफ्नो सम्पर्कको होटलमा लगिदिने, होटल तथा यात्रुबाट कमिसन लिने, यात्रुसँग अभद्र व्यवहार गर्ने गरेको आरोप छ ।
Banner
कानुन मन्त्रालयमा कार्यप्रवाह तीव्र बनाउन ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालनमा
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कार्यसम्पादनलाई छिटो, सुव्यवस्थित र पारदर्शी बनाउन विशेष संयन्त्रका रूपमा ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालनमा ल्याएको छ।
उक्त डेस्कले कुन फाइल कहाँ अड्किएको छ, अन्य मन्त्रालयबाट आएका पत्रहरूमा आवश्यक प्रक्रिया अघि बढेको छ वा छैन भन्ने विषयको अनुगमन गर्नेछ। यसका साथै आवश्यक कागजात नपुगेका वा मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेका विषयहरूलाई प्राथमिकताका आधारमा सम्बन्धित निकायमा फर्काउने वा थप विवरण माग गर्ने प्रक्रिया पनि सुनिश्चित गरिनेछ।
निर्धारित समय सीमाभित्र कार्य सम्पन्न हुन नसकेका अवस्थाबारे कारणसहित नियमित जानकारी संकलन र प्रस्तुत गर्ने जिम्मेवारी पनि यसै संयन्त्रलाई दिइएको छ।
सरकारले अघि सारेको शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयनमा सहजीकरण गर्ने भूमिका पनि ‘फास्ट ट्रयाक डेस्क’ ले निर्वाह गर्ने जनाइएको छ।
सरकारी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै निष्पक्ष, उत्तरदायी र सेवा-केन्द्रित बनाउने उद्देश्यअनुसार सुधार कार्यक्रम अघि बढाइएको हो। यस सन्दर्भमा निजामती कर्मचारीसहित सबै राष्ट्रसेवकले कुनै पनि राजनीतिक वा स्वार्थ समूहसँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धबिना आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने नीति अवलम्बन गरिएको छ।
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियनको प्रभाव अन्त्य गर्दै निर्णय प्रक्रिया र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यअनुरूप आवश्यक कानुनी प्रबन्ध गर्ने तयारीसमेत सरकारले अघि बढाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login