Connect with us
Advertisement

यस्तो अवस्थामा छन् सुन्दरहरैंचामा बन्दै गरेका सार्वजनिक शौचालय

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरलाई विकासको बगैंचा बनाउने उद्घोष गरी ‘सुन्दरहरैंचा, विकासको बगैंचा’ नारा नै तय गरेको छ ।

सुन्दरहरैंचामा स्वास्थ्यको क्षेत्रमा नमूना काम गर्ने भनी झण्डै २ वर्षअघि एउटा महाअभियान थालिएको छ । नगर क्षेत्रभित्र पूर्वपश्चिम राजमार्गमा ६ ओटा र विराटचोक– विराटनगर मार्गको हरैंचामा एउटा गरी ७ ओटा सार्वजनिक शौचालय बनाउने तयारी गरिएको थियो ।

शौचालय निर्माण महाअभियानअन्तर्गत सुन्दरहरैंचाको खोर्साने, विराटचोक, सलकपुर, गोठगाउँ, गछिया, बलिया र हरैँचामा शौचालय बन्ने भएका हुन् । यी ७ स्थानमध्ये हरैँचाबाहेक अरु सबै स्थान पूर्वपश्चिम राजमार्गमा पर्दछन् ।

यीमध्ये हाल ४ ओटा शौचालयमात्रै निर्माणाधीन अवस्थामा छन् । खोर्साने, विराटचोक, सलकपुर र हरैँचामा मात्रै शौचालय निर्माणाधीन अवस्थामा छन् ।

 

सार्वजनिक शौचालय निर्माण महाअभियान समितिका सहसंयोजक तथा कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंका अनुसार यी शौचालयमा आधुनिक पुस्तकालयसहितको सुविधा हुनेछ । अहिले बनिरहेका प्रत्येक शौचालय १ करोड हाराहारीको लागतमा बन्ने उनले बताए । चापागाईका अनुसार ७ ओटै शौचालय एउटै डिजाइनमा निर्माण हुनेछन् । सबै शौचालय निर्माण सम्पन्न गर्दा ९ करोड लाग्ने बताइएको छ .

युरोपेली मापदण्ड अनुसार निर्माण हुने यी शौचालयमध्ये सलकपुर र विराटचोकमा बनिरहेका शौचालय भने पुससम्ममा सञ्चालनमा आउने छन् । निर्माण भइरहेका शौचालय बनाइसक्नासाथ अन्य स्थानका शौचालय निर्माणको लागि पहल थालिने उनको भनाइ छ ।

अहिले बनिरहेका शौचालयको लागि सुन्दरहरैंचाका उद्योगी, व्यापारी र नगरपालिकाको सहयोग रहेको छ । त्यस्तै, विदेशमा बस्ने सुन्दरहरैंचावासीले पनि आर्थिक सहयोग गरेको चापागाईले जानकारी दिए ।

 

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक