Connect with us
Advertisement

बीपी प्रतिष्ठानभित्र लकडाउन, अत्यावश्क कामबाहेक आवास बाहिर जान नपाइने

Published

on

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फेरि लकडाउन गरिएको छ । प्रतिष्ठानमा कार्यरत डाक्टरका श्रीमान् र डिस्चार्ज भइसकेको बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन लकडाउन गरिएको बताइएको छ ।

प्रतिष्ठान रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीका अनुसार आवास क्षेत्रमा लकडाउन केन्द्रित गरिएको छ भने ओपिडी, वार्डलगायत अस्पताल क्षेत्रमा पनि कडाइ गरिएको छ । अस्पताल क्षेत्रमा गतिविधि धेरै भइरहेको हुनाले पनि लकडाउन गर्नुपरेको रेग्मीको भनाइ छ ।

आवास र छात्रवास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तिनका परिवारलगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान निर्देशन दिइएको छ । रजिष्ट्रार डा.रेग्मीका अनुसार अस्पतालमा उपचारको लागि आउने बिरामी तथा तिनका कुरुवाहरुलाई पनि कडाइ गरिने भएको छ ।

गेटबाट पनि प्रवेश गर्ने टेम्पो वा सफारीलाई टाइम कार्ड दिइने भएको छ । गेटभित्र प्रवेश गरेका सवारी १० मिनेटभित्र बाहिर निस्कनुपर्ने व्यवस्था गरिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आईपीएल क्रिकेटमा बेंगलुरुले गुजरातलाई ४ विकेटले हरायो

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई हराएको छ । गएराति भएको खेलमा बेंगलुरुले गुजरातलाई ४ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । बेंगलुरुका कप्तान फ्लाप डु प्लेसिसले सर्वाधिक ६४ रन बनाए ।

त्यसअघि टस हारेर पहिला व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका शाहरुख खानले ३७ रन बनाए । जितसँगै बेंगलुरु ११ खेलमा ४ मा जित र ७ मा हार व्यहोरेर  ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा उक्लेको छ । समान खेल र समान अङ्क रहेको गुजरात रनरेटका आधारमा नवौँ स्थानमा छ ।

आईपीएलमा आज दुई वटा खेल हुँदै छन् । पहिलो खेल पञ्जाब किंग्स र चेन्नई सुपर किंग्सबीच नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल हुनेछ । यस्तै दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकात्ता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ ।

Continue Reading

Banner

कोशीमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने, तराईमा हवाहुरीको सम्भावना

Published

on

आज कोशी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ वैशाख २४ गते (सोमवार)

दिउँसोːकोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

रातिː कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

Continue Reading

Banner

आज – २३ बैशाख २०८१ आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) उच्च महत्वकाङ्क्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्त बाट साथ र सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । शेयर बजारले पनि साथ नदेला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्मकर्ममा मन पनि लाग्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर पनि मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुनसक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक