Connect with us
Advertisement

प्रधानाध्यापकलाई नै थाहा छैन निर्माणाधीन भवनको बजेट

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाको एउटा विद्यालयको भवन निर्माण हुँदासम्म विद्यालयलाई सो भवन बनाउन कति रकममा ठेक्का लाग्यो भन्ने बारेमा थाहा छैन ।

वडा नम्बर ६ मा रहेको बुद्ध आधारभूत विद्यालयको हातामा निर्माण भइरहेको भवनका बारेमा जानकारी माग्दा सो विद्यालयका प्रधानाध्यापक पवन राईले आफूलाई तराई मधेश समृद्धि कार्यक्रम मार्फत् ४० लाख रुपैयाँ मात्र आएको थाहा भएको तर भवन बनाउन कतिमा ठेक्का लाग्यो भन्ने थाहा नभएको बताए । यसै विषयमा वडा नम्बर ६ का अध्यक्ष जीवनकुमार राईले ४४ लाखमा सम्झौता भएर काम भइरहेको बताए ।

भवन निर्माणको जिम्मा पाएको माँ ॐ विराट निर्माण सेवाका प्रमुख अमरदीप खड्कासँग सम्पर्क गर्दा उनले त चकित नै पारिदिए । उनले भने, ‘यो निर्माण कतिमा हुँदैछ भन्ने मलाई जानकारी छैन । निर्माण चाहिँ हुँदै थियो असार २५ गतेबाट निर्माण गर्दागर्दै साइटबाट हटेको अवस्था छ । हामीले काम गरेसम्मको रकम लिने हो । कति लियौँ त्यो पनि थाहा छैन ।’

नगरपालिकाले ६९ लाखको लागत अनुमान गरेर ठेक्का आह्वान गरेको जनाएको छ । प्रक्रियामा जाँदा ४१ लाख १४ हजार ३ सय ३३ रुपैयाँमा ठेक्का लागेको कुरा विद्यालय, वडाध्यक्ष र निर्माण सेवाका सञ्चालकलाई समेत पत्तो छैन । नगरपालिकाले असार २५ गतेसम्मको मूल्याङ्कनका आधारमा १६ लाख ९७ हजार ७ सय ३२ रुपैयाँ भुक्तानी गरिसकेको नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले बताए ।

तराई मधेस समृद्धि कार्यक्रमका लागि भदौमा बजेट आए पनि नगरपालिकाले भने चैत २० गते मात्र सम्झौता गरेर निर्माण सेवा कम्पनीले जेठ १६ गतेदेखि काम शुरु गरेको थियो ।

तीन कोठाको सो भवनमा हाल टाइबिमको काम सकेर इँटा जोड्न शुरु भएको छ । यो भवन निर्माणमा विद्यालयका शिक्षकले असन्तुष्टि जनाएका छन् । विद्यालयका शिक्षक युवराज आचार्यले विद्यालयले ४० लाखमा २ तले ६ कोठे भवन निर्माण गर्न नक्सा पेश गर्दासमेत नगपालिकाबाट ३ कोठाको मात्र निर्माणका लागि ठेक्का लगाएकोप्रति उनले गुनासो गरे ।

विद्यालयले भवन निर्माणमा लाग्ने लागतका बारेमा ठेकेदार र इञ्जिनियरलाई पटकपटक सोध्दासमेत किन रकम चाहियो, भवन चाहिएको होइन भन्ने जवाफ दिने गरेको शिक्षक आचार्यले बताए ।

गत आर्थिक वर्षमा तराई मधेस समृद्धि कार्यक्रममार्फत् सुन्दरहरैंचामा ५ करोड रकम विनियोजन भएको थियो । सो कार्यक्रममार्फत् आएको बजेटमा पछिल्लो समय निर्माण भएका संरचनाका बारेमा जनगुनासो आइरहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा

Published

on

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।

सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।

Continue Reading

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक