Connect with us
Advertisement

सरकारले निर्वाचन आयोगलाई प्रभावित पार्न खोज्यो : कांग्रेस

Published

on

९ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको आरोप लगाएको छ । उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरुवा गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोमबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले ४ भदौमा ७६ सहसचिवलाई सरुवा गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

Continue Reading

Facebook Comment

21 Comments

You must be logged in to post a comment Login

Leave a Reply

समाचार

नोवेललाई कदर पत्र

Published

on

नोवेललाई कदर पत्र
उद्योग बाणिज्य दिवस २०८० तथा नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं बार्षिक साधारण सभाको अवसरमा नेपाल उद्योग बाणिज्य महासंघद्वारा मिति २०८० चैत्र २८ गते आयोजित कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल (एसोसिएट सदस्य) कदर पत्र प्रदान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य तथा शिक्षासेवा प्रदाय संस्था गर्ने मध्ये सवै भन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको लागि कदर पत्र प्रदान गरिएको हो ।
Continue Reading

समाचार

इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र

Published

on

गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ ।

यसैबीच पछिल्लो समय इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी सङ्गठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ । कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ ।

Continue Reading

समाचार

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति चेन्नईमा भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै  भेट्टायो । लखनउका मार्कुस स्टोइन्सले अविजित १ सय २४ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । उसका कप्तान रितुराज गायकवाडले शतक बनाए । उनले अविजित १ सय ८ रन जोडे ।

त्यस्तै शिवम दुवेले ६६ रन बनाए । जितसँगै लखनउको ८ खेलमा १० अङ्क भएको छ । लखनउ तालिकाको चौथो स्थानमा छ । समान खेलमा ८ अङ्कका साथ  चेन्नई पाँचौँ स्थानमा छ ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजराज टाइटन्स खेल्दैछन् । यो खेल वेलुका पौने ८ बजे दिल्लीमा शुरु हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक