Connect with us
Advertisement

पुडासैनी प्रकरण : अदालतले उठाएको ४ प्रश्न

Published

on

१. आत्महत्या दुरुत्साहन के हो ?

फैसला अनुसार आत्महत्या वा कर्तव्य के हो भन्नेबारे सर्वोच्च अदालतबाट नजिरहरु स्थापित भएका छन् । तर, मुलुकी अपराध संहिताको दफा १८५ ले व्यवस्था गरेको आत्महत्या गर्न दुरुत्साहन दिने कार्य पनि अपराध मानिने नयाँ व्यवस्थापछि यस्ता मुद्दामा सर्वोच्चबाट कुनै नजिर स्थापित भएको छैन ।

त्यसैले अदालतको आदेशमा भारत, बेलायत, अमेरिका लगायतका देशको न्यायिक अभ्यासको चर्चा गरिएको छ । र, भनिएको छ, अरु कसैका कारण वा व्यवहारले कुनै व्यक्तिको जीवनमा बाँच्ने सबै सम्भावनाहरु सकिएको महसुस गरी आत्महत्या गर्ने अन्तिम निर्णयमा पुगेको अवस्थामा त्यस्तो व्यक्ति मर्नुभन्दा लगतै पहिले व्यक्त गरेको मृत्युसम्बन्धी भनाइ मात्र ‘सत्यका लागि कुनै अदालतमा सप लिएर बोलिएको सत्य कथन कम सत्य हुँदैन भन्ने मान्यता’का आधारमा Daying Decleration (मृत्युकालीन घोषणा) भन्ने विश्वासका रुपमा प्रमाण मान्न सकिने बताएको छ ।

२. पुडासैनीको भिडियो मृत्युकालीन घोषणा हो कि हैन ?

पुडासैनी प्रकरणमा प्रहरीले मुख्य प्रमाणका रुपमा उनको मोबाइलमा भेटिएको भिडियोलाई प्रस्तुत गरेको छ, जसमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि, पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई पोलिएको थियो ।

तर, अदालत अहिले नै यो भिडियो पुडासैनीको Daying Decleration हो भन्ने निष्कर्षमा पुग्न सकेको छैन ।

भिडियो रेकर्ड गर्दा पुडासैनी भित्री वस्त्रमा देखिएका थिए भने पाइन्ट शर्ट लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यसैले भिडियोमा व्यक्त गरेको भनाइ नै Words before death of dying person  थियो कि थिएन भनी यकिन गर्न भिडियो रेकर्ड गरेको समय र आत्महत्या गरी देहत्याग गरेको समय थाहा हुनुपर्ने भन्दै जिल्ला अदालतको आदेशमा भनिएको छ, जुन अनुसन्धानका क्रममा गरिएको शव परीक्षणको प्रतिवेदनमा उल्लेख भएको देखिँदैन ।’

Continue Reading

Facebook Comment

23 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आईसीसी महिला टी–२० छनोटमा थाइल्याण्डसँग नेपालको हार

Published

on

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्याण्डले नेपाललाई ८ विकेटले हराएको हो ।

नेपालले जितका लागि दिएको १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

थाइल्याण्डका नथाकन चन्थामले सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै, नन्नापात कोनचारोयकाईले ३२, अफिसरा सुवानचोनराथीले २८, रन बनाइन् । नेपालकी सीता रानामगरले दुई विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।

नेपालकी विन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । यस्तै, सम्झना खड्काले २६, रुवीना क्षेत्रीले १७ तथा पूजा महतोले १२ रन जोडे ।थाइल्याण्डकी थिपात्चा पुथावङले तीन, ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोङ्ग्रातानाले एक–एक विकेट लिए ।प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् ।

Continue Reading

Banner

नेपालले थाइल्यान्डसामु १२३ रनको लक्ष्य प्रस्तुत गर्‍यो

Published

on

आईसीसी महिला टी– २० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा पूरै विकेट गुमाएर १२२ रना बनायो ।

नेपालका लागि विन्दु रावलले ४४, सम्झना खड्काले २६ र उपकप्तान पूजा महतोले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् थाइल्यान्डका लागि थिपाचा पुथावोङले ४ विकेट लिइन् ।

Continue Reading

Banner

आईसीसी टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोली बिदाइ

Published

on

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीलाई बिदाइ गरेको हो। विश्वकपअघि नेपाली टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुई वटा अभ्यास सिरिज खेल्नेछ। श्रीलंका ‘ए’ टोली र मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ सँग अभ्यास सिरिज तय भएसँगै टोली केही समयअघि नै विश्वकप यात्रामा निस्कन लागेको हो। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको उल्लेख गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले टोलीले विश्वकपमा राम्रो खेल प्रदर्शन गर्दै सकारात्मक नतिजा ल्याउने आशा रहेको बताए। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि नेपाली टोलीले विश्वकपमा देशको नाम उजागर गर्ने गरी खेल्ने विश्वास व्यक्त गरे।

आईसीसी टी–२० विश्वकप क्रिकेट फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगितामा नेपाल समूह ‘सी’ मा परेको छ।

सो समूहमा नेपालसहित इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्। नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक