स्थानीय तह
सुन्दरहरैंचा गाईजात्रा विशेष
आज गाईजात्रा पर्व देशभर मनाइँदैछ । विशेषगरी काठमाडौं उपत्यका र नेवार जातिको बढी बसोबास भएको क्षेत्रमा गाईजात्रा मनाउने गरिन्छ । पछिल्लो समय गाईजात्रालाई विकृति र विसंगतिमाथि व्यङ्ग्य प्रस्तुत गर्ने पर्वका रुपमा पनि लिन थालिएको छ । यसपटक कोरोना भाइरसको संक्रमणको त्रासका कारण गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यात्मक कार्यक्रम औपचारिक रुपमा खुला स्थानमा हुन पाएनन् ।
यसै क्रममा यस अनलाइनले पनि सुन्दरहरैंचामा देखिएका विकृति र विसंगतिमाथि प्रहार गर्ने प्रयास गरेको छ ।
मेयर शिवप्रसाद ढकाल
नेकपाको बहुमतका बीचमा सबलाई रिझाई काम गर्नु परेको छ ।
मैले जस्तो समन्वय गरी कुन स्थानीय तहको प्रमुखले काम गरेको छ ?
कार्यपालिका बैठकमा त एक पटक आच्छुआच्छु नै पार्छन् ।
बैठक नसकिँदै हस्ताक्षर गर्न उनीहरु नै कलम अघि सार्छन् ।
ढुक्क छु जबसम्म आफू अनुकूल समाचार लेख्छन् महानगरका पत्रकार ।
यहाँको प्रेसलाई फकाइफुस्ल्याई विराटनगरकासँग गर्छु सधैँ व्यवहार ।
उपमेयर, धनमाया तामाङ
उपमेयर भनेर नाक फुलाउन बाहेक छैन कुनै दम
नेकपाको बहुमत भए नि आफूलाई साथ दिने कम
भ्रष्टाचारलाई पर फ्याँक्ने सोच राख्ने परेँ मान्छे
भन्न थाले मलाई नै पो यही हो भ्रष्टाचारीको भान्छे

लेखा अधिकृत, शेखर ढकाल
बन्धु परे मेयर मेरा उल्टै सिकाउँछन् नीति
यस्तै पारा रहिरहे अझै बिग्रँदै जाला थिति
राम्रै काम गर्दा पनि मन पराउँदैनन् सितिमिति
गन्न थाल्छु म पनि पो अब सरुवा हुने मिति
रोशन ढकाल, वडाध्यक्ष
सुनको भाउ नि बढ्दैछ, बढ्दैछ मेरो दाउ पनि
प्रशासन चलाउन सिक्दैछु, चिन्दैछु कर्मचारी पनि
अब आउने चुनावमा मेयर बन्ने सपना पाल्या छु
त्यही भएर तटस्थ भई आफ्ना पाइला चाल्या छु

तारा ढकाल घिमिरे,
काम छैन आफ्नो केही उपमेयरसँगै डुल्ने हो
कुरा काट्ने काटिरहून्, उद्घाटनतिरै भुल्ने हो
उद्घाटनतिरै जान पाए उतै पाइन्छ बरु सानोतिनो मान
फरक विशेषता पनि छ झोला भिरीभिरी रोप्न सक्छु धान
नवराज चापागाईं, अध्यक्ष उद्योग वाणिज्य संघ
उद्योग वाणिज्य संघ पेवा नै भयो अब अधिवेशन किन गर्नु
सुन्दरदुलारी उवा संघलाई मर्ज गरी आफू किन पछि पर्नु
उद्योगीको नेतामा भन्दा राजनीतितिर बढ्न थाल्यो चाख
एक पटक मेयर भएर फिर्ता गर्नु छ गुमेको आफ्नो साख
लक्ष्मी श्रेष्ठ, प्रधानाध्यापक, सुकुना मावि
शिक्षकको काम होइन अनुशासनमा बस्ने, अरुलाई अनुशासनमा बसाउने हो
विद्यालय वरपर जंकफुड र सूर्तिजन्य पदार्थ नबेच भन्ने हो, आफूले कार्यकक्षमै चपाउने हो
यसै पनि ठूलो स्कुल हो तह लगाउन सबैलाई सक्दिनँ म
१८ घण्टा रजनीगन्धा चपाउँछु छोड्न चाहिँ सक्दिनँ म

भोलेश्वर दुलाल, व्यवसायी
सोझो नठान मलाई मेरो नाम छ भोला भनेर
सातो जाँदा कसले फर्काउला कोला कोला भनेर
मेयरलाई पनि नचाइदिन सक्ने मेरो ह्याउ छ
अर्काे पटकको चुनावमा मेयर हुने दाउ छ
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: चार मुक्तक (गाईजात्रा विशेष) - निष्पक्षखबर