विचार
क्वारेन्टाइनमा बस्दाको अनुभव
म दुबईबाट फर्किएको २२ दिन भयो । त्यहाँबाट नेपाल फर्कनको लागि धेरै समस्याहरु झेल्नुपरेको थियोे । विदेशबाट फर्केकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार म पनि क्वारेन्टाइनमा बसँे । १० दिन क्वारेन्टाइनमा बस्दा छुट्टै अनुभव लिन पाएँ ।
मलाई बिर्तामोडको हेभन वाटर पार्कमा राखिएको थियो । कहाँको क्वारेन्टाइनमा राख्छ, त्यहाँ कस्तो व्यवस्था होला, खानबस्नको कत्तिको सुविधा हुन्छ भन्ने लागेको थियो । बसेको पैसा लिन्छ लिँदैन भन्ने कौतुहलता लागिरहेको थियोे । विभिन्न देशबाट नेपाल फर्किएका त्यहाँ बस्न आएका रहेछन् । भारत, दुबई, जापान, अस्ट्रेलिया, मलेसियालगायतका देशबाट नेपाल फर्किएकाहरु क्वारेन्टाइनमा थिए ।
जे होस् राम्रो क्वारेन्टाइनमा परेँछु भनेर खुशी पनि लागेको थियो । नुहाउन, लुगा धुन तथा अन्य सबै दैनिक नित्यकर्मका लागि गर्नुपर्ने काममा कुनै अप्ठ्यारो थिएन । पहिलो दिनमा चाहिँ दिक्क लाग्यो भने त्यो रात निद्रा नै लागेन । म गर्मी मुलुकबाट आएको थिएँ । नेपालमा भने पानी परिरहेको थियो । धेरै समयपछि झरी देख्दा मनमा आनन्द आइरहेको थियो । क्वारेन्टाइनमा बसेकाहरु कतिले होहल्ला गर्थे । तास खेल्थे । कति चाहिँ क्वारेन्टाइनबाट उम्कन पाइन्छ कि भनेर सोच्थे ।
धन्य आफ्नै स्थानीय तहकै क्वारेन्टाइनमा बस्न पाइयो । घर पनि सबैको नजिकै थियो । क्वारेन्टाइनमै भेट्न परिवारका सदस्यहरु आउँथे । मलाई भेट्न बुबा, आमा बहिनी आउनुभएको थियो । फलफूल, दूध, मासु बोकेर परिवारका सदस्य भेट्न आउँथे । कम्पाउण्डभित्र नै बस्नुपथ्र्याे, बाहिर जान पाइँदैनथ्यो । क्वारेन्टाइनमा धेरै मानिसहरुसँग भेट्न पाइयो । विदेशमा गरेको दुःखसुख साटासाट गर्न पाइयो । हामी स्वस्थ भए पनि क्वारेन्टाइन बस्दा थिचोमिचो गरिएको र दबाबमा बसेजस्तो महसुस भयो ।
दुबईमा १५\१६ वर्ष दुःख गरेका बिर्तामोड निवासी भेषराज लम्सालले पनि आफ्नो अनुभव सुनाएका थिए । मैले पनि क्वारेन्टाइन बस्दाको फाइदा उठाएँ । प्राणायाम गरेँ । योग र ध्यानको अभ्यास गरेँ । त्यहाँ खान बस्न सबै निःशुल्क थियो । समयसमयमा खाना, चिया, नस्ता आउँथ्यो । कहिलेकाहीँ चाहिँ जेलमा बसे जस्तो लाग्थ्यो । लामो समयपछि घर आएको हुनाले मलाई घर जान नै हतार परेको थियो । घर नजिकै छ भनेर मलाई त्यति धेरै छटपटी भएन ।
मलाई भेट्न डेडी आइरहनुहुन्थ्यो । क्वारेन्टाइनमा बस्दा मास्क अनिवार्य लगाउनुपथ्र्याे । धेरै सुतेकाले ढाड नै दुख्थ्यो । कञ्चनजङ्घा नर्सिङ कलेजको बरन्डाबाट हेवन वाटर पार्कको दृश्य अति सुन्दर देखिन्थ्यो । क्वारेन्टाइनमा बसेको ५ दिनमा पीसीआर विधिबाट कोरोना जाँच भयो । त्यसको रिपोर्ट ५ दिनमा आयो । कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र यस्तो लाग्यो कि म कोरोनाबाट मुक्त भएँ । अहिले म घर फर्किसकेको छु ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login