Connect with us
Advertisement

कोरोनाका कारण विदेशमा १९१ जना नेपालीको मृत्यु

Published

on

विराटचोकः कोरोना संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत साता प्राप्त तथ्यांक अनुसार भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीहरुमा थप नयाँ संक्रमण देखिएको छ । संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ ।

अष्ट्रेलियामा रहेका १ सय ४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार गत साता लग्जेम्बर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् । विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान गएको छ ।

एक सातामा विदेशमा २८ कोरोना संक्रमित नेपालीको मृत्यु, भारतमा मात्रै २५ जना

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते

Published

on

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।

हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।

साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।

यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।

Continue Reading

Banner

उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

Published

on

आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।

सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

घटनामा घाइते भएकी ४ वर्षीया बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटपछि उद्धार गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

यस्तै कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए ।

Continue Reading

Banner

नेप्से २६.०७ अङ्कले घट्यो

Published

on

शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज सिद्धार्थ इक्युटी फण्ड र नारायणी विकास बैंकको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि पाँचवटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।

सकारात्मक सर्किट लाग्नेमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनी बाहेक सबै केही आईपीओमार्फत भर्खरै बजारमा कारोबार शुरू भएका कम्पनी हुन् ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब ३२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३ सय ४५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक