शेयर
स्टक डिलरले १ हजार कित्ताभन्दा कम शेयर किन्न नपाउने
काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि २०७७ लागू गर्दै स्टक डिलरले कुनै पनि कम्पनीको शेयर १ हजार कित्ताभन्दा कम परिमाणमा किन्न नपाउने जनाएको छ ।
कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी जति भए पनि न्यूनतम १ हजार कित्ता शेयर किन्नैपर्ने व्यवस्था नेप्सेले लागू गर्ने भएको हो । त्यस्तै, एक पटकमा गर्ने शेयर खरीदबिक्रीको परिमाण चुक्तापूँजी अनुसार हुने बताइएको छ ।
नागरिक स्टक डिलर कम्पनी भदौभित्रमा सञ्चालन हुने भएको छ । स्टक डिलरले ८ अर्ब वा सोभन्दा बढी चुक्तापूँजी भएको कम्पनीको सेयर एक पटकमा ५० हजार कित्तासम्म, ५ अर्ब रुपैयाँभन्दा बढी र ८ अर्ब रुपैयाँभन्दा कम पूँजी भएको कम्पनीको शेयर ४० हजार कित्तासम्म, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्ब रुपैयाँभन्दा कम पूँजी भएको कम्पनीको ३० हजार कित्तासम्म किन्न पाउने भएको छ ।
त्यस्तै, १ अर्ब रुपैयाँभन्दा बढी र २ अर्ब रुपैयाँभन्दा कम चुक्तापूँजी भएको कम्पनीको २५ हजार कित्तासम्म मात्र शेयर किन्न पाउनेछ । ५० करोड रुपैयाँभन्दा बढी र १ अर्ब रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीको २० हजार कित्तासम्म, २० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीको १० हजार कित्तासम्म मात्र शेयर एकपटकमा खरीदबिक्री गर्न पाउने भएको हो ।
स्टक डिलरको काम गर्नेले २० करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न नपाउने भएका छन् । धितोपत्र व्यापारीले व्यापारिक प्रयोजनका लागि सूचीकृत धितोपत्रको कारोबार गर्न गराउन नेप्सेमा कम्तीमा ५० लाख रुपैयाँ नगद वा बैंक ग्यारेण्टी धरौटी राख्नुपर्ने र सो धरौटीको ५० गुणासम्मको सीमाभित्र रही कारोबार गर्न सक्ने भएका छन् ।
कार्यविधि अनुसार कारोबार योग्य कम्पनीको छनोट गर्दा विगत २ वर्षदेखि नाफामा रहेको कम्पनी हुनुपर्ने व्यवस्था छ । यस्तै लगानीकर्ताहरूको संख्या कम्तीमा १० हजार रहेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको र विगत एक वर्षको कारोबार दिन मध्ये कम्तीमा ८० प्रतिशत दिनमा कारोबार भएको हुनुपर्ने उल्लेख छ ।
यी प्रावधानका कारणले गर्दा भर्खर आइपिओ जारी गरेका, २० करोडभन्दा कम चुक्ता पूँजी भएका, कारोबार दिनमा ८० प्रतिशत दिन कारोबार नभएका र घाटामा गएका कम्पनीको शेयर स्टक डिलरले किनेर राख्न नपाउने भएका छन् ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login