नेकपा एमालेको मतगणना कार्य सुरु हुने प्रक्रियामा छ ।
निर्वाचन आयोगका अनुसार, अहिले धमाधम विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । आयोगका अनुसार, ८० मध्ये ७० वटा मेसिनबाट चिप्स निकालिसकिएको छ । अब १० वटाको मात्रै बाँकी छ । त्यसलगत्तै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे ।अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।






















Pingback: मोरङका २ जना कोरोना संक्रमितको अस्पष्ट ठेगाना, कहाँ हो गुलुम भन्ने ठाउँ ? - निष्पक्षखबर