शिक्षा / स्वास्थ्य
मोरङमा १ जनासहित कोरोना संक्रमणबाट देशभर थप ८ जनाको मृत्यु
विराटचोकः कोरोना संक्रमणका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ । तीमध्ये ६ जनाको आज र २ जनाको हिजो मृत्यु भएको हो ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ गंगा चोक निवासी ५५ वर्षीय पुरुषको साउन २८ गते बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २६ गते कोशी अस्पतालमा लगिएको थियो। तर कोशीले थप उपचारका लागि बिपी अस्पतालमा रिफर गरेको मन्त्रालयले जनाएको छ। उनलाई कोरोना भएको भनी हिजो २७ गते पुष्टि भएको थियो ।
काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका बारटेकु निवासी ७८ वर्षीया महिलाको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा साउन २८ गते बिहान निधन भएको छ ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी ७१ वर्षीय पुरुषको साउन २८ गते मेडिसिटी अस्पतालमा निधन भएको छ ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी ३८ वर्षीया महिलाको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ बुटवल कोरोना विशेष अस्पतालमा निधन भएको छ ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको साउन २८ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको छ ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ निवासी ३२ वर्षीय पुरुषको ह्याम्स अस्पताल काठमाडौंमा साउन २७ गते निधन भएको छ ।
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज नगरपालिका वडा नम्बर ९ सिरहा रोड बस्ने ७२ वर्षीय पुरुषको साउन २७ गते निधन भएको छ ।
४८४ जना थपिए कोरोना संक्रमित, ६४ जना डिस्चार्ज, ८ जनाको मृत्यु
Facebook Comment
Banner
आजदेखि फेरि हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना
हिजो सफा रहेको मौसम आजदेखि फेरि बदली हुने भएको छ । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरु, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरु तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग लगायत सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुनको योबेला दिउँसोपछि हावाहुरीसमेत चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । भोलि र पर्सि पनि धेरै ठाउँमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।
जलवायुविज्ञ उज्जवल उपाध्यायले भोलि बेलुकीदेखि पर्सि बिहानसम्म पहाडीमार्गमा यात्रा नगर्न, पूर्वाधार निर्माण तथा उच्चहिमाली भूभागमा पदयात्रा स्थगन गर्न सुझाव दिनुभएको छ ।
Banner
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।
उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।
Banner
समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने
प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् । आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login