शेयर
साढे १६ अंकले घटेको शेयर बजारमा १ अर्ब ७ करोड रुपैयाँको कारोबार
विराटचोकः साताको अन्तिम कारोबार दिन नेप्से सूचक १६ दशमलव ५३ अंकले घटेको छ । बजार खुलेदेखि नै नेप्सेमा गिरावट आएको थियो । कारोबार अवधिको पूरै समय बजार राताम्य देखिँदा व्यापार समूहको सूचकमा मात्रै हरियाली छाएको छ ।
बजार १ दशमलव १६ प्रतिशत अर्थात् १६ दशमलव ५३ प्रतिशतले झरेर १ हजार ४ सय ८ दशमलव ७९ अंकमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १६ प्रतिशतले नै झरेर २ सय ९३ दशमलव ८५ अंकमा आइपुगेको छ ।
बजार घटे पनि कारोबार रकमले साथ दिएको छ । १ सय ९१ ओटा कम्पनीको शेयर किनबेच भएको बजारमा १ अर्ब ७ करोड ४३ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । २१ हजार ७ सय १४ पटक कारोबार हुँदा ३४ लाख ९ हजार ४ सय ६१ कित्ता शेयर किनबेच भएका थिए ।
सबैभन्दा धेरै बंैकिङ समूहमा १ दशमलव ३४ प्रतिशतले गिरावट आएको छ । उत्पादनमूलक समूहमा १ दशमलव १९, लघुवित्त र जीवन बीमा कम्पनीमा समान १ दशमलव १६, निर्जीवन बीमा कम्पनीमा १ दशमलव १४ प्रतिशत तथा जलविद्युत समूहमा १ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । अन्य समूहको सूचकमा १ प्रतिशतभन्दा कम गिरावट आएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स र नबिल बैंक उच्च कारोबार हुने ५ कम्पनीमा परेका छन् ।
बजार घटे पनि दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा नेपाल फाइनान्स लिमिटेड, अजोड इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर कम्पनी परेका छन् ।
Facebook Comment
Banner
भक्तपुर मनोहराको सुकुम्वासी बस्तीका घर टहरा भत्काउन शुरु
भक्तपुर मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्तीमा रहेका घर टहरा भत्काउन थालिएको छ । बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्तीमा डोजर चलाइएको हो ।
अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा डोजर लगाएर खाली गर्दैछ । यसअघि केही बासिन्दा आफैँले छाप्रोको छाना र बाँसका संरचना भएका थिए । हिजो बेलुका त्यहाँ तनावको अवस्था सिर्जना भएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित झण्डै दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरी संरचना भत्काउने काम भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीका बासिन्दालाई घर टहरा आफै भत्काउन बिहान ९ बजेसम्मको समय दिइएको थियो । त्यसपछि काठमाण्डौ महानगरपालिकाको डोजरसहितको टोली पुगेपछि घर टहरा भत्काउन थालिएको हो ।
मनोहरा बस्तीमा अनधिकृत ७ सय ७७ घर टहरा रहेको विवरण छ । यसअघि हिजो बेलुका सात वटा ठूला पक्की घर भत्काइएको थियो । त्यस क्रममा अवरोध र ढुङगामुढा हुँदा केही संख्यामा सुरक्षाकर्मी घाइते भएका थिए ।
हिजो बिहान थापाथलीको बाग्मती नदी किनारका तथा दिउँसो शान्तिनगर र गैरिगाउँ क्षेत्रका अनधिकृत संरचना भत्काइएको थियो ।
Banner
ओमानमाथि नेपाल ‘ए’ को सानदार जित
नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।
ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।
यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।
२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।
त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
Banner
लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।
सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login