Connect with us
Advertisement

नेपालमा ९१ दिनमा १०० जना कोरोना संक्रमितको मृत्यु

Published

on

विराटचोकः नेपालमा पहिलो कोरोना संक्रमित व्यक्ति २०७६ साल माघ ९ गते काठमाडौंमा फेला परेका थिए । त्यसको २ महिनापछि थप संक्रमित भेटिएपछि संक्रमण नफैलियोस् भनेर चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । ३ महिना सरकारले पूर्ण लकडाउन लगाए पनि त्यसपछि आंशिक लकडाउन लगाएको थियो । पछिल्लो समय संक्रमण फैलिँदै जाँदा लकडाउनको अधिकार स्थानीय तहलाई दिइएपछि धेरै स्थानीय तहले पुनः लकडाउन घोषणा गरेका छन् । देशभर २५ हजार ५ सय भन्दा बढी संक्रमित हुँदा सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ जना छ ।

कोरोना संक्रमणका कारण नेपालमा पहिलो मृत्यु २०७७ जेठ ३ गते भएको थियो । सो दिनसम्ममा नेपालमा २ सय ८१ जना संक्रमित पुगेका थिए भने ३६ जना निको भएका थिए । सो दिनसम्ममा २६ हजार ६ सय ९४ स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

त्यसपछिका ९१ दिन अर्थात् साउन ३० गतेसम्ममा १०० जनाको मृत्यु कोरोना संक्रमणका कारण भएको छ । यद्यपि मन्त्रालयले भने ९९ जनाको मृत्यु मात्रै पुष्टि गरेको छ । साउन ३० गते नै मृत्यु भएका पर्साका ६५ वर्षीय पुरुषको मृत्युको बारेमा भने मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको हो ।

जेठ महिनामा १९ जनाको मृत्यु

जेठ महिनामा १९ जनाको मृत्यु भएको थियो । जसमा ३ जना महिला थिए । मृत्यु हुनेमध्ये आधाभन्दा बढीको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको थियो । २ वर्षीया बालिकादेखि ७६ वर्षीय पुरुषको मृत्यु भएको थियो । जेठ ३२ सम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० जना पुगेको थियो । जसमा ४ सय ३६ जना महिला थिए । जम्मा ९ सय ७४ जना उपचारपछि घर फर्किएका थिए । जेठ मसान्तसम्ममा नेपालका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको थियो ।

गुल्मीमा २ जना, अर्घाखाँचीमा २ जना, र बारामा २ जनाको मृत्यु भएको थियो । सिन्धुपाल्चोक, दोलखा, बाजुरा, पाल्पा, चितवन, स्याङ्जा, कैलाली, पर्सा, सुर्खेत, बाँके, दैलेख, ललितपुर र डोल्पामा १\१ जनाको मृत्यु भएको थियो । प्रदेश नम्बर १ बाहेक सबै प्रदेशमा संक्रमृतको मृत्यु भएको थियो । प्रदेश नम्बर ५ मा सबैभन्दा धेरै ५ जनाको ज्यान गएको थियो ।

रौतहटमा ७ सय ९०, कपिलवस्तुमा ६ सय ३३ र दैलेखमा ५ सय ३८ जना संक्रमित फेला परेका थिए । चौथो स्थानमा रहेको सर्लाहीमा ३ सय ९४ जना संक्रमित फेला परेका थिए ।

असारमा ७७ जिल्लामै फैलियो संक्रमण
असारमा मृत्युदर जेठ महिनाकै दरमा रहेको थियो । जेठमा १९ जनाको मृत्यु भएको थियो भने असारमा थप २० जनाको मृत्यु भएपछि असार ३१ गतेसम्ममा मृतकको संख्या ३९ जना थियो । असारसम्ममा सबै जिल्लामा संक्रमण फैलिएको थियो । नेपालमा सबैभन्दा पछि रसुवामा असार १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

असारमा सरकारले आरडीटीलाई भन्दा पीसीआर विधिको परीक्षणलाई प्राथमिकता मात्रै दिएन आरडीटी विधिबाट परीक्षण नै गर्न छोड्यो । फलस्वरुप असार २३ गतेसम्ममा आरडीटी विधिबाट ३ लाख १२ हजार ४ सय २ जनाको परीक्षण गरेकोमा हालसम्म आरडीटी परीक्षणको संख्या ३ लाख १२ हजार ४ सय २ नै छ ।

असार मसान्तसम्ममा २ लाख ९८ हजार ८ सय २९ नमुनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको थियो । संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको थियो भने ११ हजार २ सय ५ जना निको भइसकेकाले ६ हजार १ सय १३ जनामात्रै आइसोलेसनमा रहेका थिए । जेठ महिनामा पौने २ लाख जति क्वारेन्टाइनमा रहेकामा असार मसान्तमा आइपुग्दा यो संख्या २४ हजार ५ सय २७ मा झरेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक