Connect with us
Advertisement

गोठगाउँस्थित शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, अस्पताल र प्रशासन सिल

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल शिक्षण अस्पताल गोठगाउँमा कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल र प्रशासन सिल गरिएको छ ।

ती स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि हुनासाथ आज बिहान बसेको बैठकले अस्पताल र प्रशासनलाई १ हप्ताका लागि सिल गर्ने निर्णय गरेको हो । ‘संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्तिलाई संक्रमण पुष्टि भएपछि सिल गर्ने निर्णय गरिएको हो’, अस्पताल निर्देशक विपेश आचार्यले भने, ‘स्वास्थ्यकर्मीको सम्पर्कमा रहने अस्पताल र प्रशासन सिल गर्ने निर्णय भएको हो ।’ उनको सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गरी रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालन हुने उनले बताए ।

आचार्यको अध्यक्षतामा बसेको अस्पताल प्रशासनको आकस्मिक बैठकमा वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला र वडा नम्बर ८ का अध्यक्ष खेमप्रसाद न्यौपाने पनि उपस्थित थिए ।

Continue Reading

Facebook Comment

1 Comment

Banner

साफ यु–१९ महिला च्याम्पियनसिप : पहिलो जितको लक्ष्यसहित मैदानमा नेपाल

Published

on

साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ। प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोलीले तयारी पूरा गरेको छ।

प्रशिक्षकका अनुसार टोलीले आक्रमण र रक्षात्मक दुवै पक्षमा सुधार गरेको छ। पछिल्ला अभ्यास खेलहरूमा खेलाडीहरूको तालमेल र फिटनेस सन्तोषजनक देखिएको जनाइएको छ। टोली कप्तानले पनि जितका लागि सबै खेलाडी केन्द्रित र आत्मविश्वासी रहेको बताएकी छन्।

प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाली क्षेत्रका बलिया टोलीहरू सहभागी रहेकाले प्रत्येक खेल चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ। तर घरेलु तयारी र टोलीको उत्साहलाई आधार मान्दै नेपाली समर्थकहरू पहिलो जितको आशामा छन्।

नेपालको आजको खेलले प्रतियोगितामा टोलीको यात्रा र सम्भावनाको दिशा तय गर्ने भएकाले खेलप्रेमीहरूको चासो उच्च छ।

Continue Reading

Banner

इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह

Published

on

इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको छ ।

इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ निकालेर नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न आग्रह गरेको हो । मन्त्रायलले इरानबाट आपत्कालीन अवस्थामा बाहिरिन सहज होस् भनेर राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न भनेको छ ।

इरानमा रहेका नेपालीहरूले समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहामा रहेको राजदूतावासलाई सम्पर्क गर्नसक्ने ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख छ ।

Continue Reading

Banner

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुला

Published

on

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक