Connect with us
Advertisement
Advertisement

आज दर खाने दिन

Published

on

विराटचोकः हिन्दूहरुले तीजको पहिलो दिनको रुपमा आज दर खाने पर्व मनाउँदैछन् । दहीमा हरियो काँक्राका टुक्रा हालेर बनेको परिकारलाई दर भनिन्छ । पहिले सबै खेती किसानीमा रहेका बेला त्यसलाई पोसिलो खाना मानी खाने चलन थियो । अहिले भने दरअन्तर्गत दूधबाट बन्ने विभिन्न परिकारका साथै मिठाइ र माछामासु खाने चलन बढ्दै गएको छ ।

तीजमा दाजुभाइले चेलीबेटीलाई घरमा बोलाएर मिठोमसिनो खुवाउने चलन छ । पहिले घरको कामकाजबाट गलेका चेलीलाई माइत ल्याई मिठोमसिनो खुवाउने क्रममा तीज शुरुवात भएको अनुमान पनि गरिन्छ । तीजको मुख्य दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको अघिल्लो रात आडिलो खाना खाने चलन अन्तर्गत दर खाने चलन भएको मानिन्छ ।

तीज मान्ने चलन कहिलेदेखि शुरु भयो भन्ने यकिन नभए पनि यो पर्व पौराणिक कालदेखि नै शुरु भएको मानिन्छ । पार्वतीले पहिलो पटक तीजको व्रत लिएको मान्यता रहेको छ ।

यस पटक भने कोरोना संक्रमणको त्रासका कारण देशभर घोषित तथा अघोषित लकडाउन भएकाले दर खाने पर्व पनि घरका सदस्यबीच मात्रै मनाउनुपर्ने बाध्यता रहेको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

माइतबाट फर्कँदै गर्दा खोलाले बगाएर मृत्यु

Published

on

उदयपुरः उदयपुरको रौतामाई–२ बस्ने ५५ वर्षीया मैयाँ लुङ्गेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ । हिजो राती ८ बजे माइतीघरबाट फर्कने क्रममा उनलाई रसुवा खोलाले बगाएको थियो ।

झण्डै दुई सय मिटरसम्म खोलाले बगाएपछि अड्केको अवस्थामा मैयाँको शव फेला परेको भनी स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली खटिई गई कनुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Continue Reading

Banner

पत्रकार, अधिकृत र इञ्जिनियर, डाक्टर र नर्ससहित धरानमा १३ जना संक्रमित थप

Published

on

धरानः धरानमा पत्रकार, नगरपालिकाका अधिकृतस्तरका कर्मचारी र इञ्जिनियर, डाक्टर र नर्ससहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानमा पहिलो पटक पत्रकार संक्रमित भएका हुन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं १६ का एक इञ्जिनियरलाई पनि संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाका एक अधिकृतलाई पनि संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा धरान–१५ का एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकलाई पनि संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका अनुसार संक्रमितमध्ये एक जना नर्स र एक डाक्टर पनि छन् ।

Continue Reading

Banner

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख

Published

on

विराटचोकः कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । विगत २४ घण्टामा ३ हजार ८ सय ७३ जना संक्रमितको मृत्यु भएसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख २ हजार १ सय ५८ जना पुगेको हो ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार सबैभन्दा धेरै अमेरिकामा २ लाख ९ हजार ४ सय ५३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ब्राजिलमा १ लख ४१ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ भने भारतमा ९५ हजार ५ सय ७४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

मेक्सिकोमा ७६ हजार २ सय ४३, बेलायतमा ४१ हजार ९ सय ८८, इटलीमा ३५ हजार ८ सय ३५, पेरुमा ३२ हजार २ सय ६२, फ्रान्समा ३१ हजार ७ सय २७ र स्पेनमा ३१ हजार २ सय ३२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । अन्य देशमा ३० हजारभन्दा कम संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरुः

कोरोना संक्रमणका कारण विश्वमा ९ लाखको मृत्यु

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख २ हजार

विश्वमा ६ लाख ४ हजार कोरोना संक्रमितको मृत्यु, ५९ हजार ९ सयको अवस्था गम्भीर

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड, मृतकको संख्या ५ लाख

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक