Connect with us
Advertisement

सुनसरी जिल्लामा ७ दिन निषेधाज्ञा थप

Published

on

विराटचोकः सुनसरी जिल्लामा जारी निषेधाज्ञा थप ७ दिन लम्बिने भएको छ । जिल्लालाई भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहान बसेको बैठकले तेस्रो पटक ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

साउन २१ गते राति १२ बजेदेखि घोषणा भएको निषेधित क्षेत्रमा तेस्रो पटक समय थप्दै भदौ १४ गतेसम्म पुर्याइएको हो । कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर संक्रमितको संख्या बढ्न थालेपछि थप सुरक्षा सतर्कता अपनाउन भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले बताए ।

यो अवधिमा अत्यावश्यकीय सेवाहरू बाहेकका सवारी साधन र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैचा ४ बासबारी पानिट्याङ्की टोलले आफ्नो टोललाई नमुना टोल बनाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै

Published

on

मोरङ
सुन्दरहरैचा ४ बासबारी पानिट्याङ्की टोलले आफ्नो टोललाई नमुना टोल बनाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको सोहि कार्यक्रम अनुसार आज टोलमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियोे उक्त कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष कैलाश बस्नेत को उपस्थिति रहेको थियो ।  साथै स्थानिय बुद्धिजीवी समाजसेवी र स्थानीय बासिन्दाहरुको उपस्थितिमा टोल सरसफाइ कार्यक्रम गरिएको छ। टोललाई नमुना टोल बनाएर अगाडि बढाउनका लागि नवनिर्वाचित टोल विकास संस्थाकि अध्यक्ष भिमा राई कार्की ज्यूले महत्त्वपूर्ण भुमिका खेल्नुभएको छ। उहाँ भन्नुहुन्छ “स्वास्थ्य रहनु हामी सबैको कर्तव्य हो टोललाई समृद्ध बनाई यस टोलका बालबालिका देखि वृद्ध सम्म कुनै पनि फोहोरजन्य वस्तुको प्रदुषणबाट गुज्रिएर बस्न नपरोस् भनेर हामीले प्रत्येक महिना टोलका हरेक बाटो नहरहरुमा सरसफाइ कार्यक्रम सुरु गर्न थालेको कुरा जानकारी दिनुभएको छ।”
साथै अन्य धेरै कार्यक्रमहरुलाई अगाडि बढाउदै आईरहेको कुरा पनि उहाँले बताउनुभयो ।

Continue Reading

Banner

टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

Published

on

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा छ । नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाचौँ तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ ।

वेस्ट इन्डिज ‘ए’ ले यसअघि नै श्रृङ्खला ३–१ ले जितिसकेको छ । आजको अन्तिम खेलपछि नेपाली टोली भोलि फ्लोरिडा जानेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो ।

Continue Reading

Banner

आज – २२ बैशाख २०८१ शनिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अचल सम्पत्ति हात पर्ने योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा फाइदा हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफन्त सँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको धन हात पर्ला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने वा चोरी हुने भय पनि छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्न लागेको काम बिग्रनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सरकारी निकायको भय रहला । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक