Connect with us
Advertisement

र्यालीमार्फत् सागको ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने

Published

on

काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवम् १३ औं दक्षिण एशियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भुमा शुक्रबार बिहान ८ बजे ओलम्पियन एवम् नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जीतबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्याली प्रारम्भ हुने खेलाडी सङ्घका अध्यक्ष एवं र्याली संयोजक दीपक श्रेष्ठले जानकारी दिए । टर्च सातै प्रदेशका मुख्य शहरमा पु¥याइने अध्यक्ष श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा सागका कीर्तिमान म्याराथन पूर्व धावक बैकुण्ठ मानन्धरले नेपालमा विगतमा भएका दुई साग भन्दा १३ औं साग भव्य हुने बताए ।

पहिलो दिन र्याली प्रदेश १ को विराटनगर, दोस्रो दिन प्रदेश २ को जनकपुर, तेस्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगञ्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं दिन गण्डकी प्रदेशको पोखरा लगिने भएको छ ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने कार्यक्रम रहेको छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइने भएको छ । नवौं दिन काठमाडौंका विभिन्न स्थान परिक्रमा गराई त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।

र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक बिष्ट, एथलेटिक्सका बैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जीतबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजू र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी सङ्घका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी करातेका दीपक श्रेष्ठ सहभागी हुनेछन् ।

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा

Published

on

सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो

निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।

पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।

Continue Reading

Banner

पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप: उद्घाटनमै मिल्स भेट्रानको प्रभावशाली जित

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिकामा शनिबारदेखि सुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ।

सुनसरीको भरौल भेट्रानसँग भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेका दुवै टोलीबीच दोस्रो हाफमा भने मिल्स भेट्रान हावी बन्यो।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै मिल्स भेट्रान विराटनगरले थप गोल गर्दै भरौल भेट्रान सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गर्‍यो। मिल्स भेट्रानका तेजमान लिम्बूले ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘म्यान अफ दि म्याच’ घोषित गरिएको थियो।

सुन्दरहरैँचा–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए। कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, वडा अध्यक्ष रोशनप्रसाद ढकाल, प्रकाश श्रेष्ठ तथा पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको मुख्य प्रायोजक PLO लुब्रिकेन्ट्स रहेको छ भने सुन्दरहरैँचा नगरपालिकाले प्रवर्द्धन गरेको छ। क्लबका अध्यक्ष राजन योन्जनका अनुसार खेलमैदान व्यवस्थापन, खेलाडीलाई प्रोत्साहन तथा खेलकुद क्षेत्रलाई सक्रिय बनाउन प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिता अन्तर्गत आइतबार दार्जिलिङ भेट्रान र काँकडभिट्टा भेट्रानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ।

Continue Reading

Banner

साफ यु–२० च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल पराजित

Published

on

साफ यु–२० च्याम्पियनसीप सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा रहेको नेशनल स्टेडियममा हिजो भएको खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको हो ।

जीतसँगै बङ्गलादेश लगातार तेस्रो पटक फाइनल पुगेको छ । नेपाल सन् २०२५ को सेमिफाइनलमा पनि बङ्गलादेशसँगै पराजित भएको थियो । हिजो भएको अर्को सेमिफाइनल खेलमा भारतले भुटानलाई ५–० गोलले हराएको छ ।

अब फाइनलमा भारत र बङ्गलादेश खेल्नेछन् । फाइनल खेल भोलि राति हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा श्रीलङ्का र भूटानलाई हराएको थियो भने घरेलु टोली माल्दिभ्ससँग बराबरी खेलेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक