शेयर
अर्थमन्त्रीको बहिर्गमनको हल्लासँगै शेयर बजारमा चमक, २ अर्बको कारोबार
विराटचोकः शेयर बजारका लगानीकर्ताले त्यत्ति नरुचाएका अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको हल्लासँगै शेयर बजारमा हरियाली छाएको छ ।
२ अर्बभन्दा बढीको कारोबार भएको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै शेयर किनबेच भएको छ । सो कम्पनीको २१ करोड ६० लाख ४० हजार ९ सय ७५ रुपैयाँको शेयर किनबेच भएको छ । नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरको ७ प्रतिशतले मूल्य बढेको बजारमा छ्याङ्दी हाइड्रोपावरको सबैभन्दा धेरै २ दशमलव २५ प्रतिशतले शेयरमूल्य घटेको छ । कारोबारमा आएका १२ उपसमूहमध्ये होटल उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।
नेप्से परिसूचक १ दशमलव ५१ प्रतिशत अर्थात् २१ दशमलव २६ अंकले बढेर १ हजार ४ सय ३१ दशमलव ६० अंकमा पुगेको छ । जम्मा १ सय ८२ कम्पनीको ४९ लाख २४ हजार २ सय ८९ कित्ता शेयर किनबेच भएको छ । २७ हजार ५ सय ६६ पटक शेयर किनबेच हुँदा २ अर्ब
१३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँको शेयर किनबेच भएको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण १८ खर्ब ८९ अर्ब कायम भएको छ ।
उत्साहित हुँदै शेयर लगानीकर्ता, २ घण्टामै १ अर्बको कारोबार

Facebook Comment
Banner
नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।
त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।
ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।
Banner
मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री,
गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।
उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।
छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका थिए ।
वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।
हालसम्मको अवस्था हेर्दा सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् । सो वर्षाले डुबान, कटान र पहिरोको जोखिम निम्तने खतरा भएकाले जोखिमयुक्त पहिचान गरिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न भनिएको उनले बताइन् ।
साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरुसँग पनि अध्यावधिक जानकारी र सूचना आदानप्रदान गरिरहेको उनले बताइन् ।
‘विपद् प्राधिकरणसँग हाम्रो रेगुलर कुरा भइरहेको छ र सम्बद्ध निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।
टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह
उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।
महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसैगरी, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम विभागले सोमबार जारी गरेको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ ।
प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।
Banner
त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।
आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login