कोशी प्रदेश
बेलबारीकी कोरोना संक्रमित मृतकको परिवारसँग अस्पताल प्रशासनको भयो सम्पर्क, शव व्यवस्थापनको तयारी हुँदै
विराटचोकः कोरोना संक्रमणका कारण मृत्यु भएकी बेलबारी–५ की महिलाका परिवारसँग अस्पताल प्रशासनको सम्पर्क भएको छ । उनको अन्त्येष्टीको तयारी भइरहेको बताइएको छ ।
वडाध्यक्ष विश्वबन्धु बस्नेतका अनुसार परिवारसँगको सहमतिमा नेपाली सेनाले शवको व्यवस्थापन गर्न लागेको हो । वडा कार्यालय र नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा परिवारसँग अस्पतालको सम्पर्क भइसकेको र शव व्यवस्थापनका लागि अनुमति दिइएको बस्नेतले बताए ।
बस्नेतका अनुसार मृतक महिलालाई कसरी कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन । घरबाहिर नहिँड्ने उनलाई उपचारको लागि अस्पताल जाँदा अस्पतालमै संक्रमण भएको हुन सक्ने अनुमान गरिएको वडाध्यक्ष बस्नेतले बताए ।
मृतक महिला शुरुमा विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारको लागि गएकी थिइन् । उनको मृगौलाको डायलोसिस गर्नुपर्ने भएपछि सो अस्पतालले कोशी अस्पतालमा रेफर गरेको थियो । पछि कोशी अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो ।
वडाध्यक्ष बस्नेतका अनुसार सो वडामा मृतकसहित ३ जनामा कोरोना पुष्टि भएकोमा बाँकी २ जना भने उपचारपछि घर फर्किइसकेका छन् । विराटनगर बस्ने १ जना पुरुष र भारतबाट आएका १ जना पुरुष संक्रमणमुक्त भई घर फर्किसकेका हुन् ।
सम्बन्धित समाचार
बेलबारीकी कोरोना संक्रमितको धरानमा मृत्यु, आफन्तसँग अस्पतालको भएन सम्पर्क
Facebook Comment
Banner
शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने प्रक्षेपण
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदाे तीन दिन देशका विभिन्न भागमा ठूलाे वर्षा, हिमपात र तीव्र गतिकाे हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेकाे मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भाेलि शुक्रवारदेखि मौसममा उल्लेख्य परिवर्तन आउने जानकारी दिएको हो । प्राधिकरणले आउँदाे तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष सतर्कता अपनाउन अपील गरेको छ ।
कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना
प्राधिकरणकाअनुसार भाेलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा ठूलाे वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन प्राधिकरणकाे आग्रह छ ।
लुम्बिनी र पूर्वी नेपालमा तीव्र हावाहुरीको चेतावनी
भाेलि लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम रहेकाे छ । पर्सि शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।
प्राधिकरणको विशेष सुझाव
प्राधिकरणले जोखिमबाट बच्न नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित ठाउँमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू (चुल्हो, ग्यास आदि) बन्द राख्न, गाडी चलाइरहेको भए सुरक्षित ठाउँमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउनसमेत सबैमा अनुरोध गरेको छ ।
– न्यूज एजेन्सी नेपाल
Banner
आजदेखि फेरि हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना
हिजो सफा रहेको मौसम आजदेखि फेरि बदली हुने भएको छ । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरु, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरु तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग लगायत सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुनको योबेला दिउँसोपछि हावाहुरीसमेत चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । भोलि र पर्सि पनि धेरै ठाउँमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।
जलवायुविज्ञ उज्जवल उपाध्यायले भोलि बेलुकीदेखि पर्सि बिहानसम्म पहाडीमार्गमा यात्रा नगर्न, पूर्वाधार निर्माण तथा उच्चहिमाली भूभागमा पदयात्रा स्थगन गर्न सुझाव दिनुभएको छ ।
Banner
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।
उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login