Connect with us
Advertisement

३ अर्ब ४६ करोडको शेयर कारोबार, बढी मूल्य बढ्नेमा जलविद्युत कम्पनी

Published

on

विराटचोकः शेयर बजारमा आज ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बजार १ दशमलव ५३ प्रतिशत अर्थात् २२ दशमलव ३१ अंकले बढेर १ हजार ४ सय ८४ दशमलव ९९ अंकमा पुगेको छ ।

३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ रुपैयाँको कारोबार भएको बजारमा सबै समूहको उपसूचक बढेको छ । १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उच्च मूल्य बढ्नेमा जलविद्युत कम्पनी छन् ।

नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकारी लघुवित्त र एनआरएन इन्स्ट्राफ्याक्चर कम्पनीबाहेक उच्च मूल्य बढ्ने १० कम्पनीमा ७ वटा जलविद्युत समूहका कम्पनी छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण १ खर्ब ९६ अर्ब कायम भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चर्को घाममा छाता ओढेर आन्दोलनमा शिक्षकहरू (तस्वीरहरू)

Published

on

शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी प्रदर्शनमा उत्रिएका शिक्षकहरूले बुधबार २२औँ दिन पनि आन्दोलन जारी राखेका छन् । देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले बुधबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको पाँचवटा लेन सडक कब्जामा लिएर प्रदर्शन गरिरहेका छन् । चर्को घाममा शिक्षकहरू छाता ओढेर प्रदर्शनमा छन् ।

यसअघि छवटै लेन कब्जामा लिने गरेका प्रदर्शनकारीहरूले बुधबार भने एक लेन खुला राखेका छन् । छवटै लेन कब्जा हुँदा सर्वसाधारण मर्कामा परेपछि एक लेन खुला गरिएको हो ।

Teacher-protest_NPL9-1745397019.jpg

Teacher-protest_NPL10-1745397020.jpg

Teacher-protest_NPL11-1745397020.jpg

Teacher-protest_NPL5-1745397019.jpg

Teacher-protest_NPL1-1745397018.jpg

 

Teacher-protest_NPL2-1745397018.jpg

Teacher-protest_NPL8-1745397019.jpg

Teacher-protest_NPL6-1745397019.jpg

d0cb95cb-5982-435b-a09d-d559b387aafb-1745396812.jpeg

e8b3c7b9-ce41-4732-9158-bb06fef768ee-1745396812.jpeg

e9fbe94f-b2da-443e-abff-34e71ca2a07d-1745396812.jpeg

33755d38-530a-4e37-ae0d-09c1464f1be3-1745396811.jpeg

33755d38-530a-4e37-ae0d-09c1464f1be3_1-1745396811.jpeg

c4fed6f5-922a-46dc-96b2-08c918eec3df-1745396811.jpeg

cf8e6dfe-b3b1-4da0-af6f-6f261f613b89-1745396811.jpeg

36d35b9c-3cb6-437a-bf90-2bb9538c51fe-1745396810.jpeg

50c4bddd-cad5-443c-94b6-030e72730638-1745396810.jpeg

2da0fc73-16e1-4e80-94a0-56f9222b8b09-1745396809.jpeg

6ae350d3-f038-429f-a1fa-f4ab7df9a6c9-1745396809.jpeg

9ade0560-35b4-40d0-8ebe-837df05cdcff-1745396809.jpeg

1bb62912-78c0-470c-9600-33d7cecb5dc9-1745396808.jpeg

1f07fb86-a8e3-4396-ac93-012d19088188-1745396808.jpeg

6b163c5d-da7b-4561-a3ac-3cb1a601fb05-1745396809.jpeg

 

Continue Reading

Banner

रुपन्देहीका सुदीप आमासँग घुम्न गएका थिए, आतंकवादी हमलामा परे

Published

on

१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी गराएका छन् ।

नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको गृहमन्त्री लेखकले जानकारी गराएका हुन् ।

‘रुपन्देहीको सन्दिप न्यौपाने आफ्नो आमासहित घुम्न जानु भएको थियो, त्यसक्रममा यस्तो घटना भएको जानकारी आएको छ’, बिहीबार सुरक्षा संवाददाताहरुसँग अन्तरक्रियाका क्रममा उनले भने, ‘यो प्रारम्भिक जानकारी हो ।’

दूतावासमा समेत सम्पर्क गरेर थप विवरण लिने काम भइरहेको उनले बताएका छन् ।

मंगलबार कश्मीरको पर्यटकीय स्थलमा आतंकवादीको हमलामा परी कम्तीमा २६ जनाको मृत्यु भएको थियो ।

जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।

भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।

त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली हानी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।

केही पर्यटकहरू घाइते छन् ।

Continue Reading

Banner

निजामती सेवा ऐनमा माग सम्बोधन नभए काम रोक्ने राजपत्र अनंकित कर्मचारीको चेतावनी

Published

on

१० वैशाख, काठमाडौं । राजपत्र अनंकित कर्मचारीहरुले आफ्ना माग सम्बोधन नभई निजामती सेवा विधेयक संसदीय समितिबाट पास गरेमा सेवा प्रवाह रोक्ने चेतावनी दिएका छन् । राज्य व्यवस्था समितिबाट आज विधेयक पास गर्ने तयारी भइरहेका बेला उनीहरुले सो चेतावनी दिएका हुन् ।

१२ वैशाख २०८२ देखि माग-पत्र टाँसेर काम गर्ने र माग सुनुवाइ नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने राजपत्र अनंकित संरक्षण अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१८/२० वर्षसम्म बढुवा नहुँदा एउटै पदमा काम गर्नुपर्ने बाध्यता, कमजोर सेवाको सुरक्षा, आन्तरिक प्रतिस्पर्धामा समेत विभेद, समायोजनबाट सिर्जित समस्या, अन्तरप्रदेश सरुवाको अभाव/अपारदर्शी सरुवा प्रणाली तथा न्यून सेवा सुविधालगायतका कारण कर्मचारीहरूको मनोबल कमजोर भएको भन्दै विज्ञप्तिमा यी समस्याको समाधान हुनेगरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने उनीहरुको माग छ ।

तीनै तहका कर्मचारीका विभिन्न माग राखी आन्दोलन गर्दै आएको राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले विचाराधीन संघीय निजामती सेवा विधेयकमा पाँच वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० वर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवाको व्यवस्था गर्नुपर्ने माग गरेको छ।

‘सबै तहमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था कायम गरी अन्य पदमा रहेको साविक निजामती सेवा ऐन, २०४९ बमोजिम पदपूर्तिको व्यवस्था कायम गर्दै रा.प. तृतीय श्रेणीको पदपूर्तिमा खुला प्रतियोगिताबाट ५० प्रतिशत, बढुवाबाट ४० प्रतिशत र आन्तरिक/अन्तरतह प्रतियोगिताबाट १० प्रतिशत कायम गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उपसचिव/सहसचिवको प्रतिस्पर्धाका लागि साविकको व्यवस्थाबमोजिम क्रमश ५ वर्ष/७ वर्ष सेवा अवधि कायम गर्नुपर्ने र खुलातर्फको विज्ञापनमा तोकिएको शैक्षिक योग्यता र सेवा अवधि भएका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’

तीनै तह (संघ, प्रदेश र स्थानीय तह) मा स्वचालित र पूर्वानुमानयोग्य सरुवा प्रणाली (प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेशभित्र स्वचालित सरुवा प्रणाली र अन्तरप्रदेश सरुवाको व्यवस्था) लागू गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तीनै तहमा कार्यरत कर्मचारीलाई ‘निजामती कर्मचारी’ को परिभाषामा समेट्नुपर्ने माग पनि कर्मचारीहरूको छ ।

यस्तै समायोजन पुनरावलोकन तथा समायोजित कर्मचारीको प्रदेश र स्थानीय कानुनले प्रदान गरेका पेन्सनसमेतका सेवा-सुविधालाई मान्यता दिनुपर्ने, प्राविधिक कर्मचारीको शैक्षिक योग्यतासम्बनधी समस्या समाधान गर्नुपर्ने, श्रेणीविहीन पदमा तह संख्या थप गरी तहवृद्धि गर्नुपर्ने, करारका कर्मचारीलाई समूचित व्यवस्थापन एवं आवश्यक सेवा सुविधाको व्यवस्था गर्नुपर्ने र क्षतिपूर्तिसहितको नागरिक सेवाको सुनिश्चतता गर्नुपर्नेलगायतका विषय समेट्नु पर्ने उनीहरूको माग छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक