Connect with us
Advertisement

शर्मा अध्यक्ष भएसँगै काठमाडौं मेडिकल कलेजको ओपीडी निःशुल्क

Published

on

काठमाडौंः काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिँदै आएको अस्पतालले बिहीबार (आज) देखि लागू हुने गरी ओपीडी निःशुल्क गर्न लागेको हो ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले सोमबारदेखि सो कलेजको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । डा. शर्माको प्रवेश लगत्तै अस्पतालले बहिरंग सेवाबापतको स्वास्थ्य परीक्षण शुल्क हटाउने निर्णय लिएको हो । बिरामीहरुलाई उपचारमा सहुलियत प्रदान गर्न ओपीडी निःशुल्क गरिएको अस्पतालका अध्यक्ष डा. शर्माले जानकारी दिए ।

काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भइरहेकाले दुवैमा ओपीडी निःशुल्क हुनेछ । सशुल्क उपचार सेवाको शुल्क भने पुरानै कायम भएको छ । सामान्य अवस्थामा सो अस्पतालमा उपचारका लागि दैनिक करिब १ हजार २ सय बिरामी आउने गरेका छन् । कोरोनाका कारण अहिले भने दैनिक करीब २ सय बिरामीको उपचार हुने गरेको बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्म बाटो खुल्यो

Published

on

सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्म बाटो खुलेको छ । पर्यटन विभागकाअनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गतेदेखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।

यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि अहिलेसम्म ३७ आरोही समूहका तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ ।

Continue Reading

Banner

आईपीएलमा कोलकाताले दिल्लीलाई ७ विकेटले हरायाे

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

यो जितपछि कोलकाताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अङ्क भएको छ र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। दिल्लीको भने यो यस सिजनमा छैटौँ हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा रहेको छ।

Continue Reading

Banner

‘अभागी’ डम्बर, पहिले बुवासँग हारे अहिले छोरासँग

Published

on

इलामको क्षेत्र नं २ बाट दुई पटक चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का ‘अभागी’ सावित भएका छन्।

यस अघिको संसदीय चुनावमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङसँग उनी हारेका थिए। उनै संविधानसभा अध्यक्ष नेम्बाङको निधनपछि भएको उपचुनावमा उनकै छोरा सुहाङसँग पनि हारेका छन्।

यसपटकको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जित हासिल गरेर संसदीय यात्राको सुरुवात गरेका हुन्। उनले बुवाको विरासत जोगाउँदै उपचुनावमा विजयी बने।

गएको चुनावमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनाएको गठबन्धनमा पनि १४४ मतको अन्तरले खड्का चुनाव हारेका थिए। अहिले सुहाङसँग पनि हारे। यसपाली त झन् ५ हजार ८३० मतको फराकिलो अन्तरले उनले चुनाव हारेका हुन्।

सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा कांग्रेसका खड्का २१ हजार ९४२ मत पाएका हुन्।

२०७९ मा सुवासले ३० हजार २० मत ल्याएका थिए भने खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक