खेलकुद
के हो प्रस्तावित इन्द्रपुर रंगशालाको विवाद
विराटचोकः प्रस्तावित इन्द्रपुर रंगशाला निर्माण स्थलमा बोर्ड राखिएको विषयमा विवाद देखिएको छ । यस क्षेत्रमा रहेको सगरमाथा युथ क्लबले इन्द्रपुर रंगशाला एवम् खेलग्रामको संरक्षकमा आफ्नो नाम राखेको भन्दै एकता क्लबले विरोध जनाएको क्लबका अध्यक्ष बिक्रम साम्पाङ राइले बताए ।
मोरङको सुन्दरहरैंचा वडा नम्बर ९ मा रहेको रंगशालालाई खेलग्रामको रूपमा विकास गर्नुपर्ने भनी नगरपालिकाको २०७५÷०७६ को बजेट नीति तथा कार्यक्रमको निर्णय नम्बर ५८ मा उल्लेख गरिएको थियो । हरंैचा र इन्द्रपुरमा रहेको खेल मैदानलाई प्यारापिटसहतिको रंगशाला निर्माण गर्न आवश्यक डिपीआर तयार गर्ने भन्ने निर्णय गरिएको थियो । यस्तै यो आर्थिक वर्षमा पनि रंगशाला निर्माण गर्न आवश्यक पहल शुरु गरिनेछ भनी नीति तथा कार्यक्रममा राखिएको छ।
रंगशाला निर्माण गर्ने विषयमा वडा नम्बर ९ का अध्यक्ष राजकुमार कार्कीले नगरमा यस विषयमा कुराहरु उठेको तर कोरोना भाइरसले गर्दा अहिले कुनै विषयमा कुराहरु अघि नबढेको बताए । अध्यक्ष कार्कीले रंगशालामा भएको विवादका विषयमा भने आफूले दुवै पक्षसँग आपसी समन्वय गरिरहेको र यो सामान्य विषय भएको बताए । नगरपालिकाको नाममा जग्गा नहुँदा सबै काम गर्न समस्या हुने भएकाले जग्गा प्राप्तिको विषयमा नगर लागिरहेको उनको भनाइ छ ।
यता, सगरमाथा युथ क्लबका अध्यक्ष रोशन कट्टेलले २०५७÷०५८ सालमा यो क्षेत्रमा खेलको विकासका लागि स्थापना भएको संस्थाले आज समग्र नगरको खेल क्षेत्रलाई अगाडि लानुपर्ने भएको र यस क्षेत्रमा रहेको खेल मैदानको संरक्षणका लागि सबै क्लबसँगको छलफलपछि सहमतिका आधारमा बोर्ड राखिएको बताए ।
‘हामीले नेपाल मुस्लिम युवा समूह, नव सृजना युवा क्लब, झरना युथ क्लब, युथ आइ नेपाल, ज्योति युवा क्लबसँग बसेर छलफल गर्याैँ,’ उनी भन्छन्, ‘पहिलो चरणको बैठकमा एकता युवा क्लबका साथीहरुको पनि उपस्थिति थियो त्यहाँ केही विमति भएर उहाँहरु हिँड्नुभएको हो । विमति भयो भन्दैमा कुनै समूहले राखेको बोर्ड भाँच्ने, फाल्ने कार्यको हाम्रो समूहसहित अन्य ५ वटा क्लबले घोर भत्र्सना गर्दछन् ।’
यो क्षेत्रलाई खेलकुद ग्रामको रुपमा स्थापना गरी सुन्दरहरैंचाको गहनाको रुपमा विकास गर्दै लाने विषयमा सबै राजनीतिक दल तथा अग्रज व्यक्तिहरुको सहमतिमै बोर्ड राख्ने निर्णय भएको अध्यक्ष कट्टेल बताउँछन् ।
एकता युवा क्लबले भने बोर्ड राखेको केही दिनपछि हटाएको थियो । समूहमा गएर उनीहरुले बोर्ड हटाउँदै स्थानीय सरकार यसको संरक्षक हुनुपर्ने माग राख्दै आएकाे र सम्बन्धित वडालाई समेत ध्यानाकर्षण गराएको अध्यक्ष राइले बताए ।
स्थानीय सरकारले भने खेल क्षेत्रको विकास गर्न आवश्यक पर्ने खेलकुद विकास समति नै बनाएको छैन । यसले गर्दा समग्र खेल क्षेत्रको विकास हुन सकिरहेको छैन ।
सगरमाथा युथ क्लबले गरेकाे निर्णय


एकता युवा क्लबले बैठकमा गरेकाे निर्णय

Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login