Connect with us
Advertisement

के हो प्रस्तावित इन्द्रपुर रंगशालाको विवाद

Published

on

विराटचोकः प्रस्तावित इन्द्रपुर रंगशाला निर्माण स्थलमा बोर्ड राखिएको विषयमा विवाद देखिएको छ । यस क्षेत्रमा रहेको सगरमाथा युथ क्लबले इन्द्रपुर रंगशाला एवम् खेलग्रामको संरक्षकमा आफ्नो नाम राखेको भन्दै एकता क्लबले विरोध जनाएको क्लबका अध्यक्ष बिक्रम साम्पाङ राइले बताए ।

मोरङको सुन्दरहरैंचा वडा नम्बर ९ मा रहेको रंगशालालाई खेलग्रामको रूपमा विकास गर्नुपर्ने भनी नगरपालिकाको २०७५÷०७६ को बजेट नीति तथा कार्यक्रमको निर्णय नम्बर ५८ मा उल्लेख गरिएको थियो । हरंैचा र इन्द्रपुरमा रहेको खेल मैदानलाई प्यारापिटसहतिको रंगशाला निर्माण गर्न आवश्यक डिपीआर तयार गर्ने भन्ने निर्णय गरिएको थियो । यस्तै यो आर्थिक वर्षमा पनि रंगशाला निर्माण गर्न आवश्यक पहल शुरु गरिनेछ भनी नीति तथा कार्यक्रममा राखिएको छ।

रंगशाला निर्माण गर्ने विषयमा वडा नम्बर ९ का अध्यक्ष राजकुमार कार्कीले नगरमा यस विषयमा कुराहरु उठेको तर कोरोना भाइरसले गर्दा अहिले कुनै विषयमा कुराहरु अघि नबढेको बताए । अध्यक्ष कार्कीले रंगशालामा भएको विवादका विषयमा भने आफूले दुवै पक्षसँग आपसी समन्वय गरिरहेको र यो सामान्य विषय भएको बताए । नगरपालिकाको नाममा जग्गा नहुँदा सबै काम गर्न समस्या हुने भएकाले जग्गा प्राप्तिको विषयमा नगर लागिरहेको उनको भनाइ छ ।

यता, सगरमाथा युथ क्लबका अध्यक्ष रोशन कट्टेलले २०५७÷०५८ सालमा यो क्षेत्रमा खेलको विकासका लागि स्थापना भएको संस्थाले आज समग्र नगरको खेल क्षेत्रलाई अगाडि लानुपर्ने भएको र यस क्षेत्रमा रहेको खेल मैदानको संरक्षणका लागि सबै क्लबसँगको छलफलपछि सहमतिका आधारमा बोर्ड राखिएको बताए ।

‘हामीले नेपाल मुस्लिम युवा समूह, नव सृजना युवा क्लब, झरना युथ क्लब, युथ आइ नेपाल, ज्योति युवा क्लबसँग बसेर छलफल गर्याैँ,’ उनी भन्छन्, ‘पहिलो चरणको बैठकमा एकता युवा क्लबका साथीहरुको पनि उपस्थिति थियो त्यहाँ केही विमति भएर उहाँहरु हिँड्नुभएको हो । विमति भयो भन्दैमा कुनै समूहले राखेको बोर्ड भाँच्ने, फाल्ने कार्यको हाम्रो समूहसहित अन्य ५ वटा क्लबले घोर भत्र्सना गर्दछन् ।’

यो क्षेत्रलाई खेलकुद ग्रामको रुपमा स्थापना गरी सुन्दरहरैंचाको गहनाको रुपमा विकास गर्दै लाने विषयमा सबै राजनीतिक दल तथा अग्रज व्यक्तिहरुको सहमतिमै बोर्ड राख्ने निर्णय भएको अध्यक्ष कट्टेल बताउँछन् ।

एकता युवा क्लबले भने बोर्ड राखेको केही दिनपछि हटाएको थियो । समूहमा गएर उनीहरुले बोर्ड हटाउँदै स्थानीय सरकार यसको संरक्षक हुनुपर्ने माग राख्दै आएकाे र सम्बन्धित वडालाई समेत ध्यानाकर्षण गराएको अध्यक्ष राइले बताए ।

स्थानीय सरकारले भने खेल क्षेत्रको विकास गर्न आवश्यक पर्ने खेलकुद विकास समति नै बनाएको छैन । यसले गर्दा समग्र खेल क्षेत्रको विकास हुन सकिरहेको छैन ।

सगरमाथा युथ क्लबले गरेकाे निर्णय

एकता युवा क्लबले  बैठकमा  गरेकाे निर्णय 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक