खेलकुद
पोखरा रंगशालामा ग्यालरी ‘सी’ तर्फको सिट जडान सम्पन्न
पोखराः १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणीसहितको प्यारापिटमा सिट जडान गरिएको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि यति बेला फुटबल मैदानको काम समेत धमाधम भइरहेको छ । मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निमार्णाधीन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ ।
मैदानको लागि भारतको कोलकत्ताबाट दुबो ल्याइएको छ भने प्यारापिटका लागि स्टिल मोडुलर ग्राण्ड स्ट्यान्डका सामान फ्रान्सबाट ल्याइएको छ । उक्त प्यारापिट जडानको लागि फ्रान्सबाट २ जना प्राविधिक समेत पोखरा आएका छन् । आजमात्रै ९ ओटा मालवाहक ट्रकहरु भारतको बन्दरगाहबाट सामान लिएर पोखरा आइपुगेका छन् । ती सामानले पूर्वतर्फको प्यारापिट जडानको काम हुने छ ।
पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिटहरु रातो र नीलो रङका छन् । ती सिट नेपालको झण्डासँग मिल्ने गरी बनाइएको बताइएको छ । मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको र करिब १० हजार दर्शक क्षमताको सिट जडान गरिने बताइएको छ ।
सागअन्तर्गत महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेल मैदान, हेम्जामा रहेको गौरीशंकर खेल मैदान, प्रहरी गण तालीम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएका छन् ।
महिला फुटबल मंसीर १७ गतेदेखि २४ गतेसम्म हुने छ । प्रतियोगितामा ४ राष्ट्रको सहभागिता रहनेछ । आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलंकाले खेलमा सहभागिता जनाएका छन् । बंगलादेश, भुटान र पाकिस्तान भने सहभागी नहुने भएका छन् ।
यसैगरी, ट्रयाक एण्ड फिल्डको लागि अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घको प्राविधिक टोली आइतबार पोखरा आइपुग्ने भएको छ ।
Facebook Comment
Banner
कम्ब्याक गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश
साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान अमेरिकामा भएको सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजति गरेर अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा कुनै पनि गोल हुन सकेको थिएन ।
त्यसपछि दोस्रो हाफ सुरु भएपछि ५५औँ मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डले अग्रता कायम गरेको थियो । इङ्ग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए ।
तर, अर्जेन्टिनाले ८५औँ र इन्जुरी समयमा गोल गरेर नतिजा आफ्नो पक्षमा ल्यायो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे ।
अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
Banner
नर्वे २-१ गोलले पराजित, इङ्ग्ल्यान्ड सेमिफाइनलमा
इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेर इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपको गोलमार्फत नर्वेले सुरुवाती अग्रता लिएको थियो । तर, नर्वेको उक्त अग्रतालाई इङ्ग्ल्यान्डले पहिलो हाफमा नै बराबरी गर्यो । पहिल हाफको इन्जुरी समयमा इङ्ग्ल्यान्डका जुड बेलिङ्घम गोल गरे ।
त्यसछि दोस्रो हाफमा कुनै पनि गोल हुन नसकेपछि गोल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सुरुवातमै जुड बेलिङ्घमले गोल गरेर इङ्ग्ल्यान्डलाई २-१ अग्रता दिलाएका थिए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । र, नतिजा इङ्ग्ल्यान्डको पक्षमा पर्यो ।
इङ्ग्ल्यान्डले अब अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
Banner
एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बोस्टनस्थित जिलेट स्टेडियममा बिहीबार राति भएको खेलको ६० औँ मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । जारी प्रतियोगितामा यो उनको आठौँ गोल हो । त्यसको छ मिनेट बित्न नपाउँदै डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो ।
यो जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले अब मंगलबार टेक्सासको आर्लिंगटनमा हुने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकको सामना गर्नेछ ।अफ्रिकी च्याम्पियन मोरोक्कोले फ्रान्सलाई कडा चुनौती दिने अपेक्षा गरिए पनि त्यो सम्भव रहेन। ८३ औँ मिनेटमा एजेटिन ओनाहीको फ्रिकिकलाई फ्रान्सेली गोलरक्षक माइक माइन्नानले बचाउनुअघिसम्म मोरोक्कोले फ्रान्सको पोस्टमा एउटा पनि निसाना बनाउन सकेको थिएन खेलको २८ औँ मिनेटमा एमबाप्पे पेनाल्टीमा चुकेका थिए । नोसैर मज्राउईले डी-बक्सभित्र एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । तर, लामो भिएआर समीक्षापछि प्रहार गरिएको उक्त पेनाल्टीलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरे ।
पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफमा फ्रान्सको लगातारको दबाब सफल भयो । ६० औँ मिनेटमा डी-बक्सको सिमानाबाट एमबाप्पेले दायाँ खुट्टाले हानेको उत्कृष्ट कर्ल सट बोनोलाई छक्याउँदै जाली चुमेको थियो ।
त्यसपछि ६६ औँ मिनेटमा पेरिस सेन्ट-जर्मेनका स्टार डेम्बेलेले मध्यभागबाट बल एक्लै अघि बढाउँदै गोल गरेपछि फ्रान्सले २-० को सहज जित दर्ता गर्यो ।
फ्रान्सले अब सेमिफाइनलमा शुक्रबार लस एन्जलसमा हुने युरोपेली च्याम्पियन स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login