Connect with us
Advertisement

सागमा सबैभन्दा धेरै पौडीमा ३८ स्वर्ण, अन्य कुनकुन खेलमा कति स्वर्णका लागि हुँदैछ प्रतियोगिता

Published

on

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पौडी विधामा सबैभन्दा बढी पदकका लागि प्रतियोगिता हुने भएको छ । सागको प्राविधिक समितिले जनाएअनुसार ३ सय १७ स्वर्ण र त्यत्तिकै सङ्ख्यामा रजत पदकका लागि प्रतिस्पर्धा हुने छ । त्यसैगरी, कास्य पदकको सङ्ख्या भने ४ सय ८१ रहेको छ ।

सागमा पौडीमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । तेक्वान्दोमा २९ तथा भारोत्तोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भीडन्त हुने छ । यसैगरी, जुडोमा १५, फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । साइक्लिङमा ८ तथा ब्याडमिन्टन, टेबलटेनिस र टेनिसमा ७–७ स्वर्ण पदकका लागि भीडन्त हुने छ । ट्रायथलनमा ५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा स्क्वास र गल्फमा ४ स्वर्णका लागि भीडन्त हुने छ ।

यस्तै, बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, कबड्डी, खोखो, भलिबल र बीच भलिबलमा २–२ ओटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

Continue Reading

Facebook Comment

23 Comments

You must be logged in to post a comment Login

Leave a Reply

खेलकुद

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

Published

on

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

Continue Reading

Banner

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ ।

Published

on

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग टूका लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी,करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा लाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।।

Continue Reading

Banner

अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् ।

Published

on

🇦🇷अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् । ❤️

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक