Connect with us
Advertisement

नेपालमा कोरोना संक्रमणको दर बढ्दै, एकै दिन थपिए १४५४ जना संक्रमित

Published

on

विराटचोकः नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको छ । विगत २४ घण्टामा १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन् । नेपालमा संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ । एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै धेरै हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ९ सय ७२ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा ३६ हजार ६ सय ७२ संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ छ ।

८ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा रे ६ हजार ४ सय ३८ जना होम आइसोलेसनमा छन् । थप ५ जनाको मृत्यु भएसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ३ सय २२ जना पुगेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

काठमाडौं महानगरले इमेल र हुलाकबाट पठायो एमालेलाई जरिवाना पत्र

Published

on

काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाइएको छ ।

पार्टी केन्द्रले पत्र बुझ्न नमानेपछि आइतबार नै इमेल र हुलाकमार्फत् एमालेलाई पत्र पठाइएको मेयर बालेन शाहको सचिवालयका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो ।

उक्त जरिवानाको पत्र पुर्‍याउन हिजो (आइतबार) महानगरको टोली आफैं पार्टी कार्यालय पुगेको थियो।यद्यपि, उक्त कार्यक्रमको आयोजक पार्टी केन्द्र नभएको भन्दै पत्र बुझ्न अस्वीकार भएको थियो । ‘हिजो नै इमेल र हुलाकमार्फत हामीले जरिवानाको पत्र पठाएका छौँ,’ ती सदस्यले भने, ‘कुनै रेस्पोन्स आएको छैन ।’एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा आयोजना गरेको थियो ।महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको पत्रमा उल्लेख गरेको छ ।एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् ।

Continue Reading

Banner

रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।

Published

on

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।

आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १५ दिनको अनुमति दिएको हो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो ।

उनीमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप १५ दिन म्याद थप गरिएको हो । आइतबार सरकारकातर्फबाट जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय विपिनराज तिवारी र शान्तिदेवी शर्मा, पीडिततर्फका कानुन व्यवसायी युवराज पराजुलीले बहस गरे ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, मेघराज पोखरेल, हरिप्रसाद सुवेदी र अधिवक्ता नारायणदत्त कँडेल र जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।

Continue Reading

Banner

निगमका पाइलटको हड्ताल, १ सय ४९ यात्रु ८ घण्टादेखि विमानस्थलमा अलपत्र

Published

on

काठमाडौंबाट भारतको मुम्बई जान आइतबार बिहान १० नबज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका १ सय ४९ यात्रु अहिलेसम्म अलपत्र छन् ।

उनीहरु सबैको टिकट नेपाल वायुसेवा निगमको न्यरोबडी जहाजको हो । निगमसँग यतिबेला जहाज अभाव होइन । पाइलटको अभाव हो ।

करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको जनाउँदै नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुले केहि दिनदेखि हड्ताल सुरु गरेका कारण शुक्रबार यता दर्जनौं उडान प्रभावित हुन थालेका छन् ।

‘यात्रुले विमानस्थलमा तोडफोड गर्लान् जस्तो भयो, निगमका कर्मचारी भागभाग भए, अहिले केहीलाई विमानस्थलभित्रैको लाउन्जमा राखिएको छ, केहीलाई रेष्टुरेन्टमा, जहाज उड्छ भनेर आश्वासन दिइएको छ तर कोही छैनन त्यहाँ,’ काठमाडौं विमानस्थलको टर्मिनल कार्यालयका एक अधिकृतले कान्तिपुरसँग भने ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले निगमको विमानस्थलस्थित कार्यालयलाई यात्रु उडान निर्देशन दिइसकेको बताए । ‘पैसा तिरेर गन्तव्यमा जाने यात्रुलाई अलपत्र नपार्नु भनिसकेको छु,’ महाप्रबन्धक निरौलाले भने । उनका अनुसार, शुक्रबार बिहान ९ बजे हङकङ उड्ने जहाजको क्याप्टेनले अन्तिम समयमा बिरामी भएको जानकारी दिएपछि त्यो जहाज ५ घन्टा डिले भएको थियो ।

(source:kantipur online)

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक