Connect with us
Advertisement

कुलमानको पुनः नियुक्तिको माग गर्दै विराटचोकमा साझा संगठनद्वारा जनदबाब

Published

on

विराटचोकः साझा पार्टीको भातृ संगठन साझा युवा संगठनले आज मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा कुलमान फर्काऔँ युवा जनदबाब कार्यक्रम सम्पन्न गरेको छ । साझा युवा संगठनका केन्द्रीय सदस्य तथा १ नं प्रदेशका संयोजक सरोज नेपालको नेतृत्वमा भएको कार्यक्रम ‘मौन जनदबाब’मा भेला भएर युवाहरुले निभेको बत्ती बोकेर सांकेतिक विरोध गरेका हुन् ।

संयोजक नेपालले नेपाली जनताले मन पराएका र लोडसेडिङ अन्त्य गरेका कुलमानलाई सरकारले पुनः कार्यकारी प्रमुखमा नियुक्ति नगरेकाले जनदबाब कार्यक्रम गरेको बताए । यस्तै, जनताले नरुचाएका व्यक्तिलाई सरकारमा लाने चलखेल भएको प्रति युवाहरुले विरोध गरेको उनको भनाइ छ ।

सरकार अध्याराेमा षड्यन्त्र रचेर देखा जनताबाट बचेर देखा,  कुलमान तिमी एक्लाे छैनाैँ जनता तिम्राे साथमा छ, बरु भ्रष्ट मन्त्री नभए हुन्छ तर हामीलाई कुलमान चाहिन्छ, अध्याराे हटाउने कुर्सीमा नअटाउने लेखिएका प्लेकार्ड बाेकेर युवाहरु सडकमा उभिएका थिए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सोमबार पदावधि सकिएको हो । उनले नेपालमा भइरहेको लोडसेडिङको अन्त्य गरेका थिए । अहिले देशभर कुलमानको पुनः नियुक्तिको माग गर्दै जनदबाब कार्यक्रम भइरहेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

Published

on

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ

आज अपराह्न र राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Continue Reading

Banner

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

Published

on

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जनाएका छन्।

विपरीत दिशाबाट आएको प्रदेश १- ००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनाको उपचारका लागि सो अस्पताल लगिएको थियो। चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

मृतकको साथमा चुरोट, केही नेपाली नगद रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाएका थिए।

मृतक तिनै जनाको पहिचान खुल्ने कागजात फेला नपरेको प्रहरीले जनाएको छ।

Continue Reading

Banner

प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो

Published

on

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई हराएको छ  । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ५–० ले हराएको हो । आर्सनलको ३४ खेलमा ७७ अङ्क भएको छ ।

आर्सनल भन्दा दुई खेल कम खेलेको चेल्सी ४७ अङ्कका साथ नवौँ स्थानमा छ । लिगमा लिभरपुल ३३ खेलमा ७४ अङ्कसहित दोस्रो र म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अङ्कसहित तेस्रो स्थानमा छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक