Connect with us
Advertisement
Advertisement

असोजभर यातायात मजदुरहरुलाई लोकलक्ष्मी प्रतिष्ठानले निःशुल्क खाना खुवाउने

Published

on

धरानः सार्वजनिक यातायातमा आश्रित रहेर जीवन चलाइरहेका यातायात मजदुरका लागि आजदेखि धरानमा निःशुल्क खाना खुवाइने भएको छ । लोकलक्ष्मी स्मृति प्रतिष्ठानले धरान उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी सुनसरीको समन्वयमा निःशुल्क खाना खुवाउने भएको हो ।

बुधबार धरान उपमहानगरपालिकाको हलमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा खाना वितरण गरिने मेयर तिलक राईले बताए । मेयर राईका अनुसार खानासहित एक बोतल पानी पनि दिइने छ । लकडाउनका कारण हातमुख जोड्न समस्यामा परेका डेढ सय यातायात मजदुरलाई लक्षित गरेर खाना खुवाउन लागिएको बताइएको छ । उपमेयर मञ्जु भण्डारी सुबवदीले भोकाएका मानिसको लागि खाना भन्दा महत्वपूर्ण अरु वस्तु नहुने भन्दै प्रतिष्ठानले सह्रानीय काम गर्न लागेको बताइन् ।

धरानका समाजसेवी स्वर्गीय लक्ष्मीप्रसाद श्रेष्ठ र लोककुमारी श्रेष्ठको स्मृतिमा स्थापित प्रतिष्ठानले समाजसेवा गर्दै आएको प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद श्रेष्ठले बताए । संस्थाले विशेष गरेर शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आए पनि विषम परिस्थितिमा मजदुरलाई खानाको व्यवस्था गर्न लागिएको उनले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विपिनको ‘महाजात्रा’ ले पहिलो दिनमै कमायो एक करोडभन्दा बढी

Published

on

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ ले देशभर बम्पर ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन एक करोड २३ लाख ग्रस कलेक्सन गरेको फिल्मका निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो फिल्म हो । प्रदर्शनको पहिलो दिन नेपालका अधिका‍ंश शो हाउसफुल भएका छन् भने विदेशमा पनि सोही अवस्था छ । अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ ।

Continue Reading

Banner

आज पहाडी जिल्लामा हर्षाेल्लासका साथ हाेली पर्व मनाइँदै

Published

on

Continue Reading

Banner

आज – ११ चैत्र २०८० आइतवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथी भाइसँग समय बित्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन्, हरेक कार्यमा सतर्क हुनु नै उपयुक्त होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक